निर्णय नं. ६५८ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५८ - ज्यान भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१२/२२ २२५५ निर्णय नं. ६५८ ने.का.प. २०२९ सिगंल बेञ्च माननीय न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिहंह आदेश मिति ०२८।१२।२२।४ निवेदक : रामबहादुर राजलवट विरुद्ध विपक्ष : लक्ष्मीप्रसाद समेत मुद्दा : ज्यान (१) उजूरवालाले गैरसरकारी वकिल राखी वहस गराउन पाउँने । (प्रकरण नं. १) आदेश न्या.श्री इश्वरी जङ्गबहादुर सिहं १. वादी श्री ५ को सरकार प्र.लक्ष्मीप्रसाद समेत भएको ज्यान मुद्दामा म जाहेरवालाले गैरसरकारी वकिल राखी वहस गराउन पाउँ भन्नेसमेत रामबहादुर राजलवटले चढाएको निवेदनपत्र सर्वोच्च अदालत सिंगल बेञ्चमा पेश हुँदा यसमा कानूनले मिल्ने भए वकिल राखी बहस गर्न दिने र नमिल्ने भए कारण खोली प्रतिवेदन पठाउनु भन्ने ०२८।११।३।३ का आदेशनुसार शुरु अदालतबाट कानूनले मिल्ने भनी वकालतनामा लिई पैरवी गराउन बाधा परेकाले वकालतनामा लिई दिनु भन्ने किटानी आदेश भएमा इन्साफको तहमा छानविन गर्न सुविधै पर्ने व्यहोरा समेत जाहेर गरेका छौं भन्नेसमेत सुनसरी जिल्ला अदालतले प्रस्तुत गरेको प्रतिवेदन २७९ नं.मा दर्ता भई हुन आएको पेश भयो । यसमा आफूले वकिल राख्न पाउँ भन्ने उजूरवालाकै जिकिर देखिनाले वकिल राख्छन् भने उजूरवालाको तर्फबाट गैरसरकारी वकिल राखी बहस गर्न दिई कानूनबमोजिम गर्न आदेश भएको सूचना निवेदकलाई दिनु होला भनी यो आदेश सहितको प्रतिवेदन सुनसरी जिल्ला अदालतमा पठाई दिनु । इति सम्वत् २०२८ साल चैत्र २३ गते रोज ४ शुभम् । भर्खरै प्रकाशित नजिरहरू ११५२० - जबरजस्ती करणी फैसला मिति : २०८१/०१/०४ | मुद्दा नं : ०७४-CR-०१७१ ११५१९ - गोली हानी मारेको कर्तव्य ज्यान फैसला मिति : २०८०/१२/२१ | मुद्दा नं : ०७५-CR-२१८९ ११५१८ - उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ फैसला मिति : २०८१/०३/१९ | मुद्दा नं : ०७९-WO-०९९१ ११५१७ - उत्प्रेषणसमेत फैसला मिति : २०८०/१०/०४ | मुद्दा नं : ०७५-WO-००३४ ११५१६ - सम्पत्ति शुद्धीकरण फैसला मिति : २०८०/११/०२ | मुद्दा नं : ०७८-CR-०२३६ धेरै हेरिएका नजिरहरु निर्णय नं: # ९३४६ - मानव बेचबिखन, बालविवाह, जबर्जस्ती करणी फैसला मिति : २०७१/१०/१९ | मुद्दा नं : ०६७-CR-१२८८ निर्णय नं: # ९३१७ - हालैदेखिको बकसपत्र लिखत बदर फैसला मिति : २०७१/०७/१९ | मुद्दा नं : ०६७-CI-०९०३ निर्णय नं: # ९२७४ - लागु औषध (नरफिन) फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : २०६७-CR-०९९२ निर्णय नं: # ९२७३ - मानाचामल फैसला मिति : २०७१/०५/०५ | मुद्दा नं : ०६८-CI-०२१६ निर्णय नं: # ९३१९ - उत्प्रेषण फैसला मिति : 2070/10/20 | मुद्दा नं : ०६९–WS–००३५