निर्णय नं. ६५९ - जग्गा जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६५९ - जग्गा जालसाजी भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०४/३० ३०१४ निर्णय नं. ६५९ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२७ सालको दे.वि.नं. ७१२ फैसला मिति : ०२८।४।३०।१ निवेदक : पाल्पा पिलुवा खाली वं.गा.पं.अन्तर्गत आँपचौर बस्ने भविस्वरा अर्यालनी समेत विरुद्ध विपक्षी : पाल्पा पूर्वखोला छपदि बस्ने मनिकर्ण अर्यालनी मुद्दा : जग्गा जालसाजी (१) कुनै व्यक्तिको नाम लेखी सहिछाप अर्कै मानिसले गरे–एक कुरामा गरेको सही छाप अर्कै कुरामा उपयोग गरे–त्यस्तो व्यक्ति वा व्यहोरा फरक परेको कीर्ते हुने । (२) कुनै व्यक्तिको नाम वा सहिछाप गरेको नभई केवल उसलाई असर पर्ने कागज खडा गरी त्यो कुराको कागज भए–जालसाजी हुने । (३) रजिष्ट्रेशनको २ नं. बमोजिम पास गर्नुपर्ने लिखत पास नगराएमा प्रमाण लिन नमिल्ने । यसमा निवेदकको वारेस गुरुप्रसाद सिटौलालाई रोहवरमा राखी निज तर्फबाट वहस गर्नु भएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको वहस सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दामा ललीपाटो भन्ने पाखो कित्ता १ समेत ३ कित्ता रैकर जग्गा मेरो एकाघरको सौता भविस्वराले ३ पुस्ताभित्रको हकदार छैन भनी झुट्टा व्यहोरा लेखी २०१९ साल जेष्ठ १ गतेका दिन राजीनामा रजिष्ट्रेशन पास गरे गराएकाले जालसाजी राजीनामा बदर वातिल गराई राजीनामाको थैली अंक ने.रू.५०००। मध्ये २५००। को जग्गा मेरो हक सदर गराई विपक्षहरूलाई कीर्ते कागजका २० नं.का ऐनबमोजिम सजाय गरी पाउँ भनी ०२० साल जेष्ठ ६ गते रोज २ मा यो फिराद दर्ता हुन आएको रहेछ उक्त राजीनामा गर्यो भन्ने जो कुरा हो त्यो देवानी वा फौज्दारी के मुद्दामा लाग्ने ऐनले सजाय हुने हो भनी विचार गर्दा कीर्ते कागजको महल अनुसार जालसाजी ठहरिन गएको जालसाजी ठहरे जति सबै बदर भई जालसाजी गर्नेलाई सजाय हुनेछ तर लेनदेन व्यवहार वा साहू आसामीका ऐनले भने आफ्नो हक नलाग्ने जग्गाको कागज गरेको भए हक नपुग्ने जति मात्र बदर हुने छ कीर्ते कागजका ३ नम्बरको ऐनमा जालसाजीको परिभाषा लेखी, लेखिए बाहेक भन्ने वाक्य रहेको छ । कीर्ते कागजका १ नम्बर अनुसार कुनै व्यक्तिको नाम लेखिन्छ र सही छाप भने अर्कै मानिसले गर्छ तथा एक कुरामा गरेको सहिछाप अर्को कुरामा उपयोग गरिन्छ भने त्यस्तो व्यक्ति वा व्यहोरा फरक पारेको कीर्ते हुन जान्छ, त्यो बाहेक कुनै व्यक्तिको नाम वा सहिछाप गरेको त होइन केवल उसलाई असर पर्ने गरी कुनै कागज खडा गरिन्छ र त्यो झुट्टो कुराको कागज भएको हो भने जालसाजी हुन्छ, जतिसुकै मानिसले गरे पनि झुट्टा कुरा गरेकोमा ऐन ऐनका सजाय तोकिएकै हुनाले यस्तो झुट्टा कुरा गर्नेलाई कीर्ते कागजको ३ नम्बरले जालसाजी गर्ने भनी तोकेको हो, जब नगरेको व्यवहार, नगरेको राजीनामा आदि गरेको हो भनी कागज खडा गर्छन् र त्यसको नतिजा अरुले भोग गर्नुपर्छ भने त्यो व्यवहार जालसाजी हुन जाँदा साहूले लिलाम गराउन खोजेको जग्गा अरुलाई दिएको भनेको वा अंशियारलाई अंश दिनु नपर्ने भनी देखाउने कुनै कागज खडा गरेको यस्ता व्यवहारहरू जालसाजी हुने भई कीर्ते कागजका ऐनभित्र पर्ने हुन्छ । आफ्नो हक नपुग्ने जग्गा राजीनामा गरेकोमा हक नपुग्नेले राजीनामा हुन जाने भई ठगिएको ऐनअनुसार मुद्दा चलेको छैन भने साहू आसामी वा लेनदेन व्यवहारको ऐनअन्तर्गत मुद्दा चल्छ, जालसाजी ठहरे पनि वादीको हकमा मात्र मुद्दा चल्ने र हकमा राजीनामा गरेकोमा पनि वादीको हक मात्र बदर हुने भई दुवै कुराको परिणाम एउटै हुन जाने