निर्णय नं. ६६० - लिखतपास कीर्ते जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६० - लिखतपास कीर्ते जालसाजी भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/२०/०३ २३७० निर्णय नं. ६६० ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२६ सालको देवानी फुल बेञ्च नम्बर ५४ फैसला मिति : २०२८।२०।३ मा निवेदक : सिं.पा.ई.पैरेधाम गाउँ बस्ने लोकबहादुर थापा क्षेत्री विरुद्ध विपक्षी : ऐ.बस्ने कलमबहादुर थापाक्षेत्री मुद्दा : लिखतपास कीर्ते जालसाजी (१) अंक अक्षरहरू सच्याई कीर्ते गरेको लिखत रजिष्ट्रेशन पास हुन नसक्ने । तसर्थ त्यस्तो थैलीको र मितिको साल, महिना अंक अक्षरहरू ठाउँ ठाउँ सच्याई कीर्ते गरेको लिखतलाई कानूनको रीतपूर्वकको मानी डिभिजन बेञ्चको ठहरअनुसार थैली रू.१००१। कायम गरी पास गरिदिने भन्न नमिल्ने हुँदा उल्लिखित रजिष्ट्रेशन पास हुन नसक्ने ठहर्छ । थैलीको अंक रू.१००१। कायम गरिदिने ठहराएको ०२४।७।६।२ को डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन, अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. १५) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्ष वादी तर्फबाट : अधिवक्ता रामगोपाल श्रेष्ठ फैसला प्र.न्या.रत्नबहादुर बिष्ट १. अन्यायवालाले साहू मानबहादुर तिर्नसमेत भनी मसँग मो.रु. १९०१। कर्जा लिई निजका हकभोगको पैरे ढाड गाउँ बस्ने मानबहादुर थापा क्षेत्रीलाई रू.३०१। मा भोगबन्धकी दी निज मानबहादुरले भोग गरेको ५८० नं.को ढाडे खेत भोगचलन गरी खानु भनी २०१२।९।१४।५ मा भोगबन्धकी लेखिदिएको पास गरी नदिएकाले सजाय गरी सो तमसुक पास गराइपाउँ भन्नेसमेत १३।४।१०।४ को कलमबहादुर थापा क्षेत्रीको फिराद । २. २०१२।९।१४।५ मा रू.१९०१। कर्जा लिएको भन्ने वादी दावी विलकुल गलत हो । सो मितिमा वादीसँग मैले कर्जा लिएको छैन । वादी लेखाइमा नै साहू मानबहादुरलाई रू.३०१। मा बन्धकी दिएको भन्ने र सो रुपैयाँ तिरी लगत काटेको भन्नेसमेत लिखत भएकोबाट पनि वादी दावी लगत देखिएको छ सो लिखत देख्न पाएमा नाउँ राख्नेछु भन्नेसमेत लोकबहादुरको प्रतिउत्तर । ३. वादीलाई भोगबन्धकी लेखिदिएको होइन सो रू.१९०१। को लिखत सदर गराउन साहू मानबहादुर र यो वादी मिली जालसाजबाट मानबहादुर धनी भएको रु. ३०१। को तमसुक ०१३।२।११।५ मा दरपिठ गराएको हो । मानबहादुर दरपिठमा लागेको सहिछापसमेत कलमबहादुरले नै कीर्ते खडा गरेको नै हुनुपर्छ । मानबहादुर कलमबहादुर दाजुभाइ भएकोले जालसाजी दरपिठ गराएको हो । सहिछाप भिडाई मिले जालसाजी गराएको र नमिल्ने कीर्ते गरेको हुनुपर्छ भोगबन्धक रू.१९०१। को लिखतका हकमा शिरदेखि ४ हरफमा रू.१९०१ लेखेको दायाँपट्टिको पहिला शुरुको १ अंश अरु व्यहोरा बारको मसीभन्दा केही गाढा कालो भएको र दायाँ पुछारपट्टि १ को अंक सुन्नेदेखि बीचमा अरु कुनै अंक लेख्न हुने अन्तर पारी फरकमा १ को अंक लेखिएको अक्षरले बोलाएकोमा एक हजार नौं सय एक भन्ने लेखिएकोमा जा भन्ने अक्षर सचेको र दाहिनेपट्टि ठाडो ३ धर्को र माथी दोलक र एक सय अक्षर थपी हरफ मिलाई लेखिएको शुरुमा एक हजार एक १००१। लेखेकोमा नौ सय गराई शुरु दोस्रो सुन्नेको अङ्कमा सही गरी सच्याई अक्षर १ को र लाई नौ गरी बनाइएको हरफमा बन्धकी ३०१। को अड्ढमा पनि एकको अड्ढ सच्याएको १६००। लेखेकोमा पहिले ७००। लेखिएकोमा अंक ७ को अगाडि गाढा मसीले १ को अंक थपी ७ को अंकलाई गाढा मसीले ६ को अंक गराई सच्याई १६ को अंक मिलान गर्नलाई पछिको २ सुन्ने समेत सच्याउँदा मसी गाडा भएकोले १६००। अंक लेखिएको ठाउँठाउँ खुर्की प्वाल