निर्णय नं. ७५२ - तलव भत्तासमेत दिलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५२ - तलव भत्तासमेत दिलाई पाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/04/23 २३४२ निर्णय नं. ७५२ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२९ सालको दे.फु.नं. १०९ फैसला भएको मिति : २०३०।४।२३।३ निवेदक : नेपाल बैंक लिमिटेड, जनरल मैनेजर आनन्दभक्त राजभण्डारी विरूद्ध विपक्षी : का.जि.क्षेत्रपाटी ढल्को बस्ने विष्णुबहादुर श्रेष्ठ मुद्दा : तलव भत्तासमेत दिलाई पाउँ (१) महिनावारी तलव भत्ता लिन खान पाउने गरी नियुक्त भएको व्यक्तिको तलव भत्ताको सम्बन्धमा ज्याला मजुरीको ५ नं.को हदम्याद लाग्ने भन्ने मिल्ने नदेखिने । यसमा नेपाल बैंक लिमिटेड धरान शाखाको एजेन्ट पदमा नियुक्त भई काम गरी राखेको वादीलाई ०१७।१२।२१ को पत्रबाट ०१८।२।१५ देखि सस्पेण्ड र ०१८।३।२६ देखि सेवाबाट मुक्त गरिएकोमा वादीको उजूरी परी निजलाई गैरकानूनी तरिकाले बर्खास्त गरेको बदर हुने ठहराई ०२३।२।१९ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको रहेछ । नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०१९ को परिच्छेद ३ को नियम १२ मा कुनै कर्मचारी सस्पेण्ड भएकोमा लागेको अभियोग प्रमाणित नभई सफाई पाएमा सस्पेण्ड रहेको अवस्थामा चौथाई तलव खाएको भए सो कट्टा गरी र नखाएको भए पुरै तलव भत्ता पाउने छ भन्ने नियम १४ मा कुनै कर्मचारीलाई नोकरीबाट बर्खास्त गरिएको वा तलव वृद्धि स्थगित गरिएको आदेश रद्द भएमा सो आदेश भएको मितिदेखि रद्द भएको अघिल्लो मितिसम्मको पनि पूरा तलव भत्ता निजले पाउनेछ भन्ने व्यवस्था भएकोले सस्पेण्ड भएको मितिदेखिको लिन बाँकी तलव भत्तासमेत पाउने रकममा दावी गर्न पाउने नै देखिन्छ । ज्याला मजुरीको ५ नं.को हदम्याद नाघेपछिको वादीको नालेस हुँदा खारेज हुनुपर्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको हकमा वादीलाई मजदूर सरह ज्याला मजुरी लिई काम गर्ने शर्तमा रहे राखेको भन्ने प्रमाण प्रतिवादीले दिन सकेको छैन कानूनद्वारा स्थायी बैंकमा ठेकिएको कर्मचारीमा महिनावारी तलव भत्ता लिन खान पाउने गरी नियुक्ति भएको व्यक्ति हुनाले यस्तो व्यक्तिको तलव भत्ताको सम्बन्धमा उक्त ज्याला मजुरीको ५ नं.को हदम्याद लाग्ने भन्न मिल्ने देखिएन । (प्रकरण नं. ८) निवेदक तर्फबाट : अधिवक्ता नन्दलाल श्रेष्ठ विपक्षी तर्फबाट : अधिवक्ता सर्वज्ञरत्न तुलाधर उल्लिखित मुद्दा : फैसला न्या. झपटसिंह रावल १. प्रस्तुत मुद्दा डिभिजनबेञ्जबाट ०२९।१।२१।४ मा फैसला भएकोमा दोहर्याई पाउँ भन्ने प्रतिवादी पक्षको निवेदन परी व्यहोरा साँचो भए सर्वोच्च अदालत डिभिजन बेञ्चले छिनेको मुद्दाको मिसिल झिकी सर्वोच्च अदालत फुल बेञ्चबाट दोर्याई हेरी कानूनबमोजिम गरिछिनि दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी विशेष जाहेरी विभाग राजदरवार मार्फत ०२९।४।२२।१ को हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. तथ्य यसप्रकार छ : नेपाल बैंक लिमिटेड धरान शाखाको एजेन्ट भई काम गरिरहेको बखत गैरकानूनी तरिकाले ०१७।१२।२१ को पत्रबाट सस्पेण्ड र ०१८।३।१६ मा सेवाबाट मुक्त गरी दिइएकोले सर्वोच्च अदालतमा उजूर गर्दा बर्खास्त गरेको गैरकानूनी ठहराई ०२३।२।११ मा फैसला भएकोमा अ.सु.पदमा काम लगाउने भएकोले ०२३।११।१२ मा केन्द्रीय कार्यालयमा हाजिर हुनु भन्ने ०२३।११।११ को सूचना पाई हाजिर भई काम गरिरखेको छु हाल अ.सु.पदमा काम गर्दा तलव भत्ता गरी रू.४३२। मात्र पाउने भएको छ