निर्णय नं. ६६१ - जालसाजी लिखत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६१ - जालसाजी लिखत भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/३०/०६ २४८४ निर्णय नं. ६६१ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२६ सालको फौजदारी फुल बेञ्च नम्वर २६ फैसला भएको मिति : २०२८।३०।६ मा निवेदक : पूर्व ४ नम्वर थुंसाना मझुवा खेवाछा बस्ने जगन्नाथ उपाध्याय भट्टराई विरुद्ध विपक्षी : पूर्व ४ नं.खेवाछा बस्ने कुलबहादुर थापा क्षेत्रीसमेत मुद्दा : जालसाजी लिखत (१) अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने बारेको अंक नमिलेको कारणले सम्म वेप्रमाणिक लिखत भन्न नमिल्ने । दुवै पक्षले पेश गरेको पात्रोबाट उक्त राजीनामामा लेखिएको मितिमा बारको अंक नमिलेको भन्ने जुन तर्क उठाइएको छ त्यसको हकमा बारको अंक लेख्दा भूलबाट फरक लेखिन गएको पनि हुन सक्छ । अन्य कारणबाट लिखत सद्दे साँचो हुन आउँछ भने एउटा बारको अंक नमिलेकोसम्म कारणले वेप्रमाणिक लिखत भन्न मिल्दैन । (प्र.नं. १९) निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त विपक्षी वादी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल उल्लिखित मुद्दा :  फैसला न्या.वासुदेव शर्मा १. थुम साना मझुवा खेवाछा बस्ने वज्रसिंकी बुहारी हकमाया घलेनीले बाबु लोग्ने जीतबहादुरबाट रू.३७०। खाई लोग्ने मरी मेरो हक भएको भनी वज्रसिंघले दर्ता हाल मोही करे माटो मुरी ।५ मध्ये ।२।१० टिपचोर भन्ने खेत ८२।३।१६।१ मा करे घले र हर्कमायाको छोरा बलबहादुर घलेसमेत फडकेमा बसी राजीनामा गरिदिएको र रनसिं दर्ता माटो मुरी ।१।१०। उकास परी बाबा लोग्नेका पालादेखि भोगी आएको जग्गा हकै नपुग्ने बलबहादुरसँग रू.१०००। मा जगन्नाथले ०१७।९।४ मा जालसाज राजीनामा गराई ऐ.६ गते पास गराई लिएको बदर गरी हाम्रै सदर थामी पाउँ भन्ने ०१९।७।७।३ को बालकुमारी कुलबहादुर, प्रेमबहादुर थापासमेतको वादी । २. साना मझुवा खेवाछा देखि १० कोष फरकका हामीलाई कुनै कुरा थाहा छैन साहू आसामीले लेखिदेउ भनेकाले लेखी साक्षी बसिदिएका हौं । जालसाजी गरेको होइन भन्ने ०१९।९।३।३ को पूर्णप्रसाद उपाध्याय, जीतनारायण श्रेष्ठ, हे.कं.धर्मराज राईसमेतको प्रतिवादी । ३. वादीका बाबु, लोग्नेलाई घरको मुख्य व्यवहार गर्ने मेरा एकाघरकी आमा हर्कमायाले ८२।३।१६ मा राजीनामा गरिदिएको माटो मुरी ।५ मध्ये ।२।१० को जग्गा वेगल हो जगन्नाथलाई ०१७।९।४ मा रू.१०००। मा राजीनामा पास गरिदिएको जग्गा वेगल हो वादीको बाबुलाई राजीनामा गरिदिएको जग्गा जालसाजबाट जगन्नाथलाई राजीनामा गरिदिएको होइन भन्ने ०१९।१०।१६।३ को बलबहादुर घले दीपबहादुर तामाङसमेतको प्रतिवादी । ४. वादी दावीबमोजिम हर्कमायाले जीतबहादुरलाई गरिदिएको ८२।३।१६ गतेको राजीनामामा बलबहादुर साक्षी बसेको छैन । वादी दावीको जग्गा बडा बाबु करे घले र बाबु रणसिंहको अंश हुँदा करेको भाग छोरो अ‍ैमानले धर्मानन्दलाई बन्धकी दिएको रणसिंहको भाग ।२।१० का रण सिंह दर्ता १।१० को पोत जीतबहादुरले बुझी रणसिंहलाई रसिद दिएको छ । ८२ सालमा हर्कमायाबाट जग्गा राजीनामा गराई लिएको भए ८८।८९ सालको पोत रणसिंबाट र ९७ सालको पोत धर्मानन्दबाट जीतबहादुरले बुझ्नु नपर्नेमा पनि ८९ सालको जीतबहादुरको रसिदबाट त्यस समयसम्म रणसिं नै खडा देखिएको ८२ सालमा रणसिंहकी श्रीमती हर्कमायाबाट कसरी राजीनामा भयो हर्कमायाको राजीनामा गराई लिएको औ गैरी भन्ने वादी दावी झुट्टा हो भन्ने ०१९।११।१४।३ को बलबहादुर घलेको वारेस भई आफ्नो हकमा समेत जगन्नाथ उ