निर्णय नं. ६६२ - बन्धकी निखनाइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६२ - बन्धकी निखनाइपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/२१ ३३८२ निर्णय नं. ६६२ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्वर ११७ फैसला भएको मिति : ०२८।८।२१।३ निवेदक : सिन्धुपाल्चोक चौतारा बजार बस्ने बयानबहादुर प्रधान विरुद्ध विपक्षी : ऐ.डाँडाथोक बस्ने मंसिरमाया तामाङ्गनी मुद्दा : बन्धकी निखनाइपाउँ (क) एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार–राजीनामा, दान बकस, मालपोत बाँकीमा सकारिनु । (ख) रीतपूर्वकको राजीनामा लिखत पेश हुन नआए शंका उठाउन उपयुक्त नदेखिने । उक्त शंकाको विवेचना गरी हेर्दा एउटाको हक दर्ताको जग्गा अर्काको हक गराउने कानूनी आधार राजीनामा वा दान बकस अथवा मालपोत बाँकीमा सकारिनु बाहेक अरु कुनै आधार हुन सक्दैन । ०१७ सालको दर्तामा ५२ साल दर्ताकै सरह बन्धकी जनाएको पुरानै व्यहोरा कच गरी राखेको साविक जग्गावालाको हक छुटेको भन्ने नजनाएको र मैते भोटेले मेरो बाजे गजकेशर प्रधानलाई गरिदिएको भनी पेश गरेको १९५८ साल पुष वदी ९ रोज ६ को राजीनामा लिखतमा कारणीको सही नभई गुणन चिन्हसम्म लगाएको पाइयो । साविक मुलुकी ऐन कागज जाँचको २० नं.अनुसार १९४५ साल वैशाख वदि ३० रोज ६ देखि अघिकोमा सम्म सहिछाप नपरेको र कारणीले आफ्नो हस्ताक्षरले नलेखेको भए पनि पाटन भादगाउँमा श्रीवत्स लेखेको बाकु रहेछ भने सो कागज सदर हुने सो बाहेक अरुमा १९६१ साल वैशाख १ गतेदेखि अघिकोमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी चार थोकमा एक थोक पनि गरी सहिछाप नपरेको कागजबाट नालिस उजूर सुनिन नसक्ने हुनाले त्यस्तो कागज प्रमाणमा लिन नमिल्ने र अरु कानूनबमोजिम रीतपूर्वकको राजीनामा लिखत निवेदक प्रतिवादीले पेश गर्न नसकेको समेत हुँदा दर्ताको कच व्यहोरामा बन्धकी भन्ने प्रष्टै जनिइराखेको रीतपूर्वक राजीनामा लिखत पेश हुन नआएको यस्तो अवस्थामा निवेदक प्रतिवादीको हकमा उपरोक्त शंका उठाउनु उपयुक्त देखिन्न । (प्र.नं. १५) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. मेरा बाबु मैते भोटेले अघि १९३२ साल श्रावण ८ गते रोज २ मा भोगबन्धकी थैली मोहरू ५०। मा चौतारा बजार बस्ने नारानकृष्ण प्रधानलाई भोगबन्धक दिएको रहेछ । १९५२ सालको सरपट महाजाँचमा ब्याज मारिखानु भन्ने ३२ साल श्रावण ८ गते रोज २ का तमसुकबमोजिम मोहरू ५०। को ब्याजमा निज मैते भोटेको किपट नारायणकृष्ण प्रधानलाई भोगबन्धकी गएको हाल निज साहूले खाएको जग्गाका दामासाहीले हाल तिरोभरोसमेत चढाई रुपैयाँ तिरेपछि साहूले छाडिदिनु पर्ने १११३ नं.खेत १११२ नं.का खेतदेखि अन्दाजी ७ गज पश्चिम दक्षिण देखिने बीचमा पाखाबारीमै जोरिएको सो पाखोबारीदेखि पश्चिम जोरिएको काँल्ले खेत सिं ।१५ को खेत नारायणकृष्णलाई बन्धकी दिएकोमा पूर्व बलबहादुर श्रेष्ठको खेत पश्चिम ऐ.कै बारी उत्तर भीर पाखो दक्षिण शमशेरबहादुरको खेत यति ४ किल्लाभित्रको धानको बीऊ पाथी ।९ जाने काँल्ले खेत भोगबन्धकी खाने साहू नारायणकृष्ण मरेपछि निजको छोरा उत्तरध्वजलाई थैली बुझाउन जाँदा सो जग्गा मेरो बाबु नारायणकृष्णले भोगबन्धकी दिएको शेखनारायणलाई लख बन्धकी दिएको हुँदा हाल निज शेखनारायणको छोरा बयानबहादुरले खाइआएको छ भनी भनेबाट निजलाई २०१९ साल चैत १ गते रोज ५ का दिन थैली बुझाउन जाँदा बुझि नदिएको हुनाले बाबु मैते भोटे ९१ सालमा परलोक भई बाबुको अरु छोराहरू र हकदार