निर्णय नं. ६६३ - लिखित गराइपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६३ - लिखित गराइपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१०/२५ २१९२ निर्णय नं. ६६३ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्बर १०९ फैसला भएको मिति : २०२८।१०।२५।३ निवेदक : वैतडी ढिकमल्ला बस्ने जगन्नाथ मरी मु.स.गर्ने ऐ.बस्ने रघुबरदत्त जैशी विरुद्ध विपक्षी : ऐ.ऐ.कुंजेगडा बस्ने गौरिदत्त जैशी मुद्दा : लिखित गराइपाउँ (१) दैवी परेको पक्का प्रमाण वादीले पुर्‍याउन नसके दावी लाग्न नसक्ने । यसमा निवेदक प्रतिवादी जगन्नाथ मरी मु.स.गर्ने रघुवरदत्त जैशीको वारेस लोकमनि र विपक्षी वादी गौरीदत्तसमेत रोहवरमा रही २८।१०।१४ गते पेश भई निवेदक तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री लवदेव भट्टको र विपक्षी वादी गौरीदत्तकोतर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री ठाकुरप्रसाद खरेलको बहस सुनी आजको निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत केशमा २६।१०।१७।६ को डिभिजन बेञ्चको इन्साफ मिले नमिलेको के रहेछ भन्ने कुराको निर्णय दिनुपर्ने देखियो । १८ साल वैशाख १५।१६ गते के हो भा.रु. ३५४०। प्रतिवादी जगन्नाथले कर्जा लिई तमसुक गरिदिएको भन्ने वादीको लेख भएको सो तमसुकको लिखत साक्षी भनेको गोपालको बकपत्रमा दिनुपर्ने रुपैयाँको प्र.जगन्नाथको तमसुक गरिदिएको भन्ने उल्लेख गरेको देखिन्छ । वादीको साक्षी नरबहादुरको बकाइबाट वादीले नै भन्दा प्र.जगन्नाथले गरिदिएको तमसुक आगलागीमा जलेको भनी सुनेको भन्ने उल्लेख गरेको वादीले तमसुक राखेको इष्टकोट जलेको टुक्रा देखाएको भनी लिखत साक्षी गोपालले बकपत्र गरेको र वादीका लेखबाट सो जलेको इष्टकोटको टुक्रा नदेखाएको वादीले दिनको ५ बजे आगलागी भई तमसुक जलेको भनेको निज वादीकै साक्षी गोजेले दिनको १२ बजे आगलागी भई तमसुक जलेको भन्ने उल्लेख गरेको प्रहरीमा वादीको दरखास्त परी प्रहरी जाँच्न गएकोमा वादीको घरदेखि पूर्वपट्टि छुट्टै खामाहरूमा आगो लागेको निस्सा देखिएको भनी प्रहरीले प्रतिवेदन गरेको अरु सामान जलेको कुनै देखिएको भन्ने उक्त प्रहरी प्रतिवेदनमा उल्लेख नभएको समेत देखिन्छ । दैवी परी अर्को लिखत गरिपाउँ भनी दावी गर्न आउने वादीले लेनदेन व्यवहारको १ नं. बमोजिम अघि लिखत भएको र सो लिखत दैवी परी नोक्सान भएको भन्ने पक्का प्रमाण पुर्‍याई दावी गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार लिखत दैवी परेको दावीले पक्का प्रमाण पुर्‍याएको देखिएन लिलेले लिखत गरी दिनमा सावित भई प्रतिवादी दिएको भनिएको र गगनेले घरसारमै तमसुक गरी दिएको भनिएकाबाटै प्रतिवादी जगन्नाथले तमसुक गरी दिनुपर्छ भन्ने कुरामा पक्का प्रमाण मान्न नमिल्ने भएकाबाट समेत वादी दावीमध्ये प्र.जगन्नाथसँग रू.३५४०। को तमसुक गराइपाउँ भन्ने वादी गौरीदत्तको दावी पुग्न सक्दैन । निज जगन्नाथका तमसुक गराइदिने ठहराएको सम्म वैतडी जिल्ला अदालत र महाकाली अञ्चल अदालतको इन्साफ सदर गरेको २६।१०।१७।६ को डिभिजन बेञ्चको फैसलासँग यो बेञ्च सहमत हुन सकेन । तपसीलको कलममा तपसीलबमोजिम गरी मिसिल नियमबमोजिम बुझाई दिनु । (प्रकरण नं. १४) फैसला न्या.झपटसिंह रावल १. जगन्नाथ जैशीले व्यापार गर्न भनी ०१८ साल वैशाख १५।१६ गते के हो निजले मबाट भा.रु. ३५४०। झिकी निज जगन्नाथ जैशीले मलाई तमसुक गरिदिएको लिलेभाट जैशीले पनि ०१८ साल आषाढ महिनामा भा.रु. ५१०। झिकी तमसुक गरी दिएको गगने जैशीले ०१९ साल जेष्ठ महिनामा भा.रु. ३५०। मबाट कर्जा झिकी तमसुक गरिदिए