निर्णय नं. ७५३ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७५३ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/04/12 २०८९ निर्णय नं. ७५३ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२८ सालको दे.फु.नं. ११८ फैसला भएको मिति : २०३०।४।१२।६ निवेदक : पूर्व ४ नं. डिंग्ला साना मजुवा जिमिगाउँ बस्ने मानबहादुर राई विरूद्ध विपक्षी : ऐ.बस्ने माहावीर राईसमेत मुद्दा : जग्गा खिचोला (१) हक छोडी दिएको व्यहोरा परेको कागज रजिष्ट्रेशन गराउनु नै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गरेको नदेखिए कानूनी मान्यता दिन नमिल्ने । सो अपुतालीको भागबण्डा लगाउँदा वादीले रोटे पिङ छेउको जङ्गल कित्ता १ घरबारी कित्ता १ घर १ मात्र लिन मञ्जूरी गरी ०२१।७।२७।५ मा घरायसमा कागज भए गरेको भनी उक्त कागज प्रतिवादीहरूले प्रमाणमा पेस गरेका भए पनि खेततर्फको हकमा साहू ऋण म मानबहादुरले केही नबोक्ने भएकाले र अरू पाखा जग्गा खेतसमेत तिमीहरूले साहू तिरी ३ बण्डा गरी खानु भन्ने अरू जग्गामा हक छाडी दिएको व्यहोरासमेत पारेको त्यस्तो कागज र रजिष्ट्रेशनको १ नं. बमोजिम रजिष्ट्रेशन गराउनै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गराएको नदेखिनाले त्यस्तो कागजलाई कानूनी मान्यता दिन नमिल्ने हुँदा खडुमायाको अपुतालीको घर जग्गा जो जति छ सो सबैमा माथि उल्लेख भएको भागशान्ती सबैको हक लाग्ने देखिन आउँछ । (प्रकरण नं. १४) निवेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२८।२।१४।६ मा हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. तथ्य यसप्रकार छ : जिजू दलमान राईको छोरा जेठा बागमान माइला राजमान कान्छा डिकमान ३ जनामा जेठा बागमानका छोरा माइला हजार सिंको छोरा एक भाइ पद्मबहादुरमात्र भएको माइला राजमानको छोरा गगन सिं, गगन सिंको छोरा जेठो मरेको माइला क्षेत्रबहादुर काइँला माहावीर अन्तरे नरबहादुर कान्छा हर्षबहादुर जेठा बाघमानको छोरा साइँला कर्ण सिंहको छोरा म मानबहादुर १ भाइमात्र भएको कान्छा डिकमानको छोरा सबै मरी छोरी दुई बहिनीमा जेठी छोरी खिनमायाँ बाबु डिकमान जीवित छँदै विवाह गरी मरी सकेको कान्छी छोरी खडुमाया विवाह गर्न नमानी बाबु आमा पाली बाबुको घरमा बसेकीले अंशबण्डाको १६ नं.ले ३५ बर्षको उमेर पुगेपछि भाइ सरह अंश पाउनेमा दाजुभाइ कोही नभएको बाबु आमा मर्दा शेषपछि अपुतालीको २ नं.ले बाबुआमाको अपुताली निजै छोरीले भोग तिरो गरी आएको निज खडुमायाँ मेरो २ पुस्ताको फूपु नाताको भएकीले अन्यायवालाहरूले हेरविचार पालनपोषण नगरेकाले मैले हेरविचार गरी आफ्नै घरमा ल्याई स्याहार संभार पालनपोषण गरेको ०२१।७।१६ गते फूपु परलोक हुँदा काजकृयासमेत मैले नै गरेको भई निजको जेथा मैले नै खान पाउने हुनाले साहू परे नपरेको जग्गा जमीनसमेत मैले नै भोग गरेकोमा हामीले पनि दामासाही पाउनुपर्छ भनी मेरो मञ्जुरी बेगर लिखत खडा गराउने गरे पनि निजहरूको त्यसमा हकदैया नपुग्ने सो लिखत म्यादभित्र पास हुन नसकी बदर भई जग्गामा उनीहरूको दावा नपुगी मैले नै भोगी पोत रकम बुझाई रसिद लिने गरेकोमा सागु रुन्टी भन्ने खेत मुरी ।६ को कित्ता १ सिम भन्ने मुरी ।२ को कित्ता १ जामुने सिरान २ ठाउँ गरी माटो ।१।१५ मध्ये माटो ।१ समेत खेत कित्ता ३ र हले बी