निर्णय नं. ४७९७ - परमादेशयुक्त उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७९७ - परमादेशयुक्त उत्प्रेषण भाग: ३५ साल: २०५० महिना: पौस अंक: ९ फैसला मिति :२०५०/०५/०४ २३३२ निर्णय नं. ४७९७ ने.का.प. २०५० (ग) अङ्क ९ एक न्यायाधीशको इजलास माननीय न्यायाधीश श्री अरबिन्द नाथ आचार्य सम्वत २०५० सालका रिट नं. ३३११ आदेश मिति: २०५०।५।४ निवेदक : सुनसरी जिल्ला धरान नगरपालिका वडा नं. १० घर भै हाल का. जि. का. नं. पा. वडा नं. ३ महाराजगन्ज बस्ने नन्दा गुरुङ्ग । विरुद्ध विपक्षी : ऐ.ऐ. घर भै हाल ल.पु.जि.ल. पु.न.वा.वडा नं.६ बस्ने गोबिन्द गुरुङ्ग समेत । विषय : परमादेशयुक्त उत्प्रेषण । (१) मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ “क” मा सम्बन्ध विच्छेद सम्बन्धी परेको निवेदनमा सम्बन्धित गाउँ बिकास समिति वा नगरपालिकाले आफ्नो राय समेत संलग्न गरी सम्बन्ध विच्छेद गर्ने अधिकार भएका अदालतमा पठाउन पर्ने ब्यवस्था भएको र प्रस्तुत सम्बन्धमा काठमाण्डौं नगरपालिकाबाट मिति २०४९।९।२४।६ मा प्रतिवादीले पटक पटक गरी तीन पटकसम्म पेशी तारेख गुजारेको र पटक पटक दिएको मौका समेत गुजारी निस्क्रीय भइ बसेको हुँदा कानूनतः अन्य आबश्यक कारवाहीका लागि सम्बन्ध बिच्छेद गर्नु पर्ने मनासिब देखी सिफारिश गरिन्छ भन्ने निर्णय गरेको देखिन्छ । काठमाण्डौं नगरपालिकाबाट फैसला भनी उल्लेख भएको र साथै चित्त नबुझे ३५ दिन भित्र पुनरावेदन अदालतमा पुनरावेदन गर्न जानु भनी सुनाइ दिने भन्ने उक्त निर्णयमा उल्लेख भएको भए पनि बस्तुत सो निर्णय सिफारिश एवं रायसम्म भएको र सम्बन्धविच्छेदको सम्बन्धमा अख्तियार भएको अदालतबाट मात्र ठहर हुने र अदालतले ठहर गर्दा उक्त राय एवं सिफारिशमा उल्लेख भएका आधार समेत उपर विचार गरी अन्तिम निर्णय गर्ने अवस्था रहेको परिप्रेक्षमा उक्त सिफारिशको आधार तर्फ हाल यस अदालतबाट रिट क्षेत्रबाट हेर्न मिल्ने देखिन गरेको सम्बन्धमा पनि नगरपालिकाबाट भएको राय उपर पुनरावेदन लाग्ने स्पष्ट ब्यवस्था भएको पनि देखिन नआएको यस स्थितिमा निवेदन माग बमोजिम रिट जारी गर्न मिल्ने अवस्था नहुँदा र विपक्षीहरुबाट लिखित जवाफ मगाइरहन पनि आवश्यक नदेखिदा रिट निवेदान खारेज हुने । (प्र.नं.६) आदेश न्या. अरबिन्दनाथ आचार्य १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) बमोजिम पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त ब्यहोरा यस प्रकार छ । २. प्रत्यर्थी मध्येका गोविन्द गुरुङ्ग मेरो पति हुनु हुन्छ । मबाट एक छोराको जायजन्म भएको छ । यसै अवस्थामा निज पतिले मसंग सम्बन्ध बिच्छेद गरी पाउँ भनी प्रत्यर्थी नगरपालिका समक्ष निवेदन दिनु भएकोमा मलाई सम्बन्ध वच्छेद गर्न मन्जूर छैन भन्ने समेत ब्यहोराको प्रतिवाद गरेकी थिएँ । प्रत्यर्थी नगरपालिका वाट २०४९।९।१० को पेशी तोकी दिएकोमा म बिरामी भै हाजिर हुन नसकेको हुँदा कानूनले थामी पाउने म्यादै भित्र मिति ०४९।९।२१ मा निवेदन दिंदा थाम्ने म्याद बाँकी भए नियमानुसार थामी दिनु भन्ने आदेश भएकोमा फांटवालाले मलाई तारेखमा नराखी ०४९।१०।१२ मा नि. स. भनी विपक्षीलाई मात्र तारेखमा राखेकोल म्याद तारेख थाम्न पाउने कानूनको समानताको हकमा कुठाराघात गर्ने सम्भावना भएबाट मिति ०४९।१०।४ मा प्रत्यर्थी पुनरावेदन अदालत पाटनमा निषेधाज्ञाको निवेदन दायर गरेकी थिएँ । जसमा मिति ०४९।१०।७ मा निर्विबाद समानताको हकमा असर परेको भन्ने कुरा निवेदनबाट देखिन नआएको भनी निवेदन खारेज गरियो जस उपर सम्मानीत अदालत समक्ष पुनरावेदन दायर गरी विचाराधीन रहेको छ । ३. प्रत्यर्थी नगरपालिकाले मेरो गूज्रेको थाम्न पाउने म्याद थाम्दै नथामी उल्टो पटक पटक गरी तीन