निर्णय नं. ६६४ - ...
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६४ - ... भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/११/१७ २५६६ निर्णय नं. ६६४ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२६ सालको फौजदारी फुल बेञ्च नम्वर २३ फैसला भएको मिति : २०२८।११।१७।३ निवेदक : प.३ नं.जिल्लै कास्की मौजे उपल्लो हेला बस्ने नरमदा पौडेल्नी विरुद्ध विपक्षी : ऐ.ऐ. बस्ने जि.मु.मनपति जैशी (क) अघिदेखि नै बुढी औंलाको रेखा नबुझिने भए लेनदेन गर्दा व्यहोरा जनाई अर्को औंलाको प्रष्ट बुझिने सहिछाप गराउनुपर्ने कानूनी कर्तव्य । (ख) ल्याप्चे सहिछाप नबुझिएका राजीनामा प्रमाणयुक्त मान्न नमिल्ने । उक्त वादी प्रतिवादीका दावी जिकिरबाट विवादग्रस्त जग्गा वादी मनपति पौडयालको उक्त १००। र १००। देखि मुनिका १६ थान राजीनामाबाट हक ठहर्ने हो वा प्रतिवादी नरमदाले पास गरिदिएका राजीनामाबमोजिम प्रतिवादी सानु देवीलालको हक ठहर्ने के हो भन्ने कुराको नै निर्णय दिनुपर्ने हुन आयो । यस कुराको निर्णयतर्फ विचार गर्दा विवाद उठेको जग्गाको स्वामित्व दर्तावाला कर्नाखरकी बुहारी प्रतिवादी नरमदाको भई निजसमेतका राजीनामाबाट मेरो हक भएको भन्ने वादी मनपति, नरमदाले नै पास गरी राजीनामा दिएको भन्ने प्र.सानुदेवीलाल र मैले प्र.सानु देवीलाललाई नै राजीनामा पास गरिदिएको भन्ने नरमदाले उल्लेख गरेको छ । वादी मनपति पौडेलले एउटै कित्ता जग्गा एउटै व्यक्तिबाट राजीनामा लिएको भनी धेरैजसो एउटै साल महिनाको १,२ दिन मात्र फरक पारेकोसमेत धेरै थान घरसारमा राजीनामा लिएको भन्ने वादीको भनाई छ सो राजीनामाहरूमा भक्तुले हरिकलाका नाउँमा गरिदिएको भनेका राजीनामा थान २ नरमदाले वादी मनपतिका नाममा गरिदिएको भनेका राजीनामा थान ११ को कारणीमा लागेको ल्याप्चे सहिछाप नबुझिने र देउरुपाले २००० साल जेष्ठ १ गतेमा र ऐ.जेष्ठ ४ गतेमा गरिदिएको भनेको २ थान राजीनामा निजको अरु प्रष्ट ल्याप्चे सहिछाप लिएमा भिडाउन सुविधा हुने मनपतिलाई लछिमाले गरिदिएको भनेको २००२ साल माघ २३ गतेको राजीनामाको ल्याप्चे सहिछाप निज लछिमाको सहिछापसँग मिल्ने भनी रेखा विशेषज्ञले पटक–पटक राय व्यक्त गरेको पाइन्छ । लछिमाले गरिदिएको भनेको राजीनामाको हकमा प्र.नरमदाका ससुराका नाममा दर्ता भएका जग्गा निज ससुरा मरी नरमदाको हक भएको लछिमा, नरमदाकी अंशियार नभई नन्द भन्ने देखिएकी लछिमाले बकस पाएको जग्गा दण्डपाणिसमेत लाई पास राजीनामा दिइसकेकी छु, मनपतिलाई मैले राजीनामा दिएको छैन, सो लिखतको जग्गामा मेरो हकै छैन भनी लछिमाले बयान गरेको देखिएकाले राजीनामा किने भनेकी लछिमाले आफ्नो हक भन्न नसकेको जग्गा निजका लिखतबाट वादीको हक पुग्छ भन्न नमिल्ने भएकाले सो लछिमाको लिखत पनि प्रमाण लाग्ने भएन । माथि लेखिएका कारणीको ल्याप्चे सहिछाप नबुझिने भनी रेखा विशेषज्ञले राय व्यक्त, गरिएका राजीनामा थान १३ का हकमा भक्तु मरिसकेको नरमदाको अदालतबाट लिइएको ल्याप्चे सहिछापमा पनि रेखा नबुझिने भन्ने देखिन आउँछ, नरमदाको अघिदेखि नै बुढीऔंलाको रेखा नबुझिने थियो भने लेनदेन गर्दा सो व्यहोरा जनाई अर्को औंलाको प्रष्ट बुझ्ने सहिछाप गराई लिनुपर्ने वादी मनपतिको कानूनी कर्तव्य थियो । सो बमोजिम गराई लिन नसकेपछि त्यस्तो कारणीको ल्याप्चे सहिछाप नबुझिएका लिखतबाट प्रतिवादी नरमदाको सम्पत्तिमा हक छुट्छ र वादी मनपति पौडेलको हक पुग्छ भन्न मिल्दैन र सो ल्याप्चे सहिछाप नबुझिएको राजीनामा थान १३ तत्कालिन कागज जाँचको २०,२०