निर्णय नं. ७५६ - जालसाज

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५६ - जालसाज भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/04/16 २२०४ निर्णय नं. ७५६ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको फौ.फु.नं. ४२ फैसला भएको मिति : २०३०।४।१६।३ निवेदक : का.जि.नक्साल भगवती बहाल डेरा गरी बस्ने पराक्रमशमशेर ज.ब.रा. विरूद्ध विपक्षी : का.जि.त्यौड टोल डेरा गरी बस्ने कुन्जबहादुर राणासमेत मुद्दा : जालसाज (१) म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने मुख्य दावी भएको फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहरगर्न नमिल्ने । यसमा दावी बमोजिम फोहरा दरवारको ढोकामा टाँसिदै नटाँसेको म्यादलाई फोहरा दरवारको ढोकामा टाँसेको भनी म्याद तामेली जालसाजी गरे नगरेको के रहेछ भन्ने कुराको निर्णयको लागि हेर्दा प्रतिवादी कुन्जबहादुरको स्वार्थसिद्धीको लागि म्याद तामेल गर्ने अर्दली झमकबहादुर, साक्षी बस्ने नं.पं.स.कृष्णलाल केदारबहादुर चिनीयाकाजिसमेतका अरू प्रतिवादीसमेत मिली जालसाज गर्नपर्ने खास कारण वादीमा लेख्न खुलाउन नसकेको र दावी बमोजिम म्याद तामेली जालसाज गरेकै हो भन्ने कुराको प्रतितलायक सबूद प्रमाण दिन गुजार्न पनि नसकेकोले ठोस सबूद प्रमाणसमेतको अभावमा जालसाज गरेको भन्न ठहराउन मिल्ने देखिएन, जालसाजी भन्ने वादी दावी पुग्न नसक्ने ठहराएतर्फ बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।५।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै छ, म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने वादीको मुख्य दावी भएको यो फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहर गर्न नमिल्ने हुँदा म्याद तामेली रीत बेरीत र अर्को म्याद दिनुपर्ने नपर्नेसमेत विचार गरिरहनु नपर्नेमा उक्त म्याद अ.बं.११० नं. को रीत पुगी तामेल नभएकोले बदर हुने र अ.बं.१७४ नं.खारेज भइसकेको हुँदा अर्को म्याद दिन नपर्नेसमेत भनी बागमती अञ्चल अदालतले ठहर गरेको र ०२८।१।५।१ को डिभिजन बेञ्चले बागमती अञ्चल अदालतको उक्त ठहर कायम राखेको मिलेको देखिएन । म्याद तामेली रीत वेरीतको कुरा यस मुद्दाबाट ठहर गर्न नमिल्ने भएकोले पहिलेको म्याद तामेली वेरीत हुँदा बदर हुने ठहरेको भन्ने कुरालाई लिई बागमती अञ्चल अदालतको ०२६।५।१।५ को फैसलामा आजका मितिले म्यादभित्र का.जि.अ.मा मुद्दा सकार गर्न इच्छा भएमा जानु भनी वादीको वारेसलाई सुनाई दिने भन्ने बढी शब्द उल्लेख गरेको कायमै राख्न नमिल्ने हुँदा ०२८।१।५।१ को डिभिजन बेञ्चले सो बढी शब्द कायम राख्न नमिल्ने ठहराएको मनासिवै छ, डिभिजन बेञ्चको फैसलामा केही परिवर्तनसम्म भएकोले मुद्दा दोहर्‍याएमा निवेदक वादीलाई अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनू । (प्रकरण नं. १०) निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट :  उल्लिखित मुद्दा :  फैसला न्या. विश्वनाथ उपाध्याय १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२ (ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. तथ्य यसप्रकार छ : विपक्षी कुन्जबहादुरले बुबा गोविन्दशमशेरसमेत उपर अंश मुद्दा का.जि.अ.मा चलाएकोमा बुबाको २३।९।११ गते देहावसान भएको कुरा अदालतलाई जानकारी भई उक्त अदालतबाट हकदारको नाउँमा जारी भएको ७ दिने म्याद विपक्षी कुन्ज