निर्णय नं. ६६५ - हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६५ - हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०६/२६ २१४४ निर्णय नं. ६६५ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको देवानी फु.नं. १३० फैसला मिति : २०२८।६।२६।३ पुनरावेदक : का.ई.नक्सालको हाल त्रिपुरेश्वर बस्ने क.प.मानशमशेर थापा क्षेत्रीसमेत जवान ३४ को वारेस भई आफ्ना हकमा समेत पद्मसुन्दर श्रेष्ठ विरुद्ध विपक्षी : जि.रौतहट प्र.झाझ दक्षिण मौजे पुनखा बस्ने बालकृष्ण गिरी समेत मुद्दा : हाल आवादीमा पुरानो नम्बरी घुसायो भन्ने (१) हक बेहकको प्रश्नै समावेश नभएमा माल र प्रमुख जिल्ला अधिकारीउपर पुनरावेदन नलाग्ने । सो माल र जिल्ला प्रमुख अधिकारीले गरेको पर्चाबाट पुनरावेदक र प्रमोदप्रसाद समेतका बीचमा जग्गा हकबेहक हुन जाने न्यायिक निर्णय भयो कि भएन भन्ने कुराको विषय नै मुख्य विषय हुन आएको छ र त्यसतर्फ विचार गर्दा पुनरावेदकहरूलाई सो ठाउँको जम्मै जग्गा हाल आवादी गर्न दिनु भन्ने हुकूम प्रमांगीमा उल्लेख भएको छैन । सो ठाउँको ६०० विगाहा आवाद गर्न दर्ता गरिदिनु भन्ने हुकूम प्रमांगी बक्स भई आएको सो बक्स भएका हुकूम प्रमांगीबमोजिम पुनरावेदकसमेतका नाममा दर्ता हुनलाई नाप नक्सा भइरहेको बखत केही अंश पुरानो नम्बरी भनेको जग्गा छुट्याई बाँकी पर्ति जङ्गलबाट पुनरावेदकहरूलाई ६०० विगाहा जग्गा छुट्याई दिने आदेश गरेकोबाट कुनैको बीच हकबेहक छुट्टिनु पर्ने वा हकबेहक भएको भन्ने देखिएन र आवाद गर्न पाएको एरिया ४ किल्लादेखि बाहिरको जग्गा छुट्याई दिए भन्ने पनि पुनरावेदकको जिकिर नदेखिएको हुनालेसमेत हुकूम प्रमांगी भई बक्स पाएको एरियाभित्रको पर्ति जङ्गल जग्गा पुनरावेदकहरूलाई छुट्टयाई दिने गरेको पर्चामा हकबेहकको प्रश्न समावेश भयो भन्न नमिल्ने हुँदा हकबेहकको प्रश्नै समावेश नभएको हुँदा हकबेहकमा तहकिकात गर्न पठाउने भनी २७।९।२९।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री ब्रम्हदत्त तिवारीले गर्नुभएको राय मिलेको देखिएन । माथि लेखिएबमोजिम हकबेहकको प्रश्नै समावेश नभएको हुँदा उपरोक्त कारणहरूबाट पुनरावेदन नलाग्ने भनी गरेको रायसँग उक्त डिभिजन बेञ्चमा मा.न्या.श्री हेरम्बराजले व्यक्त गर्नुभएको राय मनासिव छ । अरु तपसीलबमोजिम गर्नु । (प्रकरण नं. ८) पुनरावेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, विपक्षी तर्फबाट : अधिवक्ता मोतिकाजी स्थापित फैसला न्या.झपटसिंह रावल १. जिल्ला रौतहट पत्रगाको विर्ता माल तालुक बागमती पूर्व ऐ.पश्चिम हरपुरवा कजरिया आवादीदेखि उत्तर वस्तदवालाप्रसादले पाएका जङ्गल पभिंगाको त्यस देखि माथि पुष्कर शमशेरले पाएको मलाहा जङ्गलदेखि दक्षिण यति ४ किल्लाभित्रको जग्गा आवाद गर्न पाउँ भन्ने क.प.मीनबहादुर बिष्ट क्षेत्रीसमेत जवान ४१ को मिति २०११।४।१८।२ को निवेदनपत्रमा व्यहोरा साँचो हो र कृषिको वन सीमाना बाहिरको हो भन्ने लेखिएको चार किल्लाभित्रको जग्गा कसैको सन्धिसर्पन नपरेको भए सवारी क्याम्प छाडी बाँकी रहेको विगाहा ६०० ऐनसवालबमोजिम दर्ता गरिदिनु भन्नेसमेत श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भएको । २. जि.रौ.प्र.चानी पूर्व मौजे हजरिया पञ्चायतको वडा नं.७ मा पर्ने जमीन मौजे हजरिया बैसटिको मेठबन्दीभित्रको ११ सालको हाल आवादी भई हामीले रौ.मालबाट रजिष्ट्रेशन पास गराई फार्छे गरी लिएको नरेन्द्रकुमारसे दक्षिण जिरायतसे पश्चिम चन्द्रकुमारी बाहुनीसे उत्तर यति चौहदीभित्रको