निर्णय नं. ६६६ - लिलाम बदर गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६६ - लिलाम बदर गरिपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/११/२४ २३७३ निर्णय नं. ६६६ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नं. ९८ फैसला भएको मिति : ०२८।११।२४।३ निवेदक : पूर्व १ नं.का.प.इ.बनेपा दक्षुटोल बस्ने सरस्वती प्रधाननी विरुद्ध विपक्षी : पूर्व १ नं.का.प.इ.बनेपा साँगाटोल बस्ने मोतिलाल कायस्थ मुद्दा : लिलाम बदर गरिपाउँ (१) आफ्नो हक देखाई उजूर गर्नेले सबूत प्रमाण लिई अदालतमा आफै कारवाही गराउनु पर्ने । विपक्षी मोतिलालले हरिबहादुरबाट भरी पाउनुपर्ने विगोमा अचल घरजग्गा लिलाम गरी भराइपाउँ भनी दरखास्त गर्दा मेरो र नावालक नावालिकाहरूको हक लाग्ने घरजग्गा देखाई दरखास्त गरेछ र का.प.जि.अ.बाट लिलाम गर्ने सूचना टाँस हुँदा मैले उजूरसमेत गरेकी थिएँ । केही वास्ता नगरी लिलाम गरिदियो कानूनबमोजिम भएन भन्नेसमेत निवेदिकाले चढाएको ०२३।५।२१।३ को निवेदनपत्र जाहेर हुँदा यस्तो व्यहोरा साँचो भया, कानूनबमोजिम भएको छ, छैन बुझी कानूनबमोजिम गर्नु भन्ने बागमती अञ्चल अदालतका नाउँमा ०२३।५।२४।६ मा हुकूम प्रमांगी बक्स भई आएबाट प्रस्तुत मुद्दाको कारवाहीको सुरुवात भएको देखिन्छ । लिलाम गर्ने सूचना टाँस हुँदैका बखत लिलाम नहोस भनी गरेको उजूरीबाट केही कारवाही गरिदिएन भन्ने निवेदिकाको उजूरीको हकमा सो लिलामसम्बन्धी मिसिल हेर्दा निवेदिकाले हुलाकद्वारा २२।१।११।२ मा रजिष्टरी गरी निवेदन पठाएको सो निवेदनमा नावालक नावालिकाहरूको हक छ भन्ने कुरो उल्लेख नगरेको, अष्टमायाबाट बकस पाई मेरो हक भएको घरजग्गा भन्ने सम्म उल्लेख गरेकोमा अष्टमायाले आफ्नो शेषपछि बकस दिन नपाउने देखिएको र निवेदन दिने निवेदीका पनि अदालतमा हाजिर हुन नआएकी हुनाले लिलाम रोक्का गर्न नपर्ने भनी ०२२।१०।१७।१ मा काभ्रेपलाञ्चोक जिल्ला अदालतले आदेश गरी लिलाम गरेको देखिन्छ । आफ्नो हक देखाई उजूर गर्ने निवेदिकाले कारवाहीको लागि सबूदप्रमाण लिई अदालतमा आफै वा वारेसद्वारा उपस्थित भई कारवाही गराउनुपर्ने अ.बं.९० नं.ले सरकार वादी हुने मुद्दामा मात्र उजूरवालालाई अदालतले म्याद जारी गरी झिकाई कारवाही गर्ने व्यवस्था भएको प्रस्तुत मुद्दा सरकार वादी नभएकाले अदालतबाट म्याद जारी गरी झिकाउन नमिल्ने, खुदै उजूरवाला उपस्थित भई कारवाही गराउनुपर्ने सो नगरेपछि अदालतबाट अरु कारवाही गर्न नहुने भई का.प.जि.अ.ले कानूनबमोजिम कारवाही गराई टुड्ड्याई लिलाम गरेको देखिन्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : अधिवक्ता वासुदेवप्रसाद ढुंगाना विपक्षी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे उल्लिखित मुद्दा :  फैसला न्या. झपटसिंह रावल १. विपक्षी मोतिलालले मुद्दा परी विपक्षी भइसकेको हरिबहादुरसँगको लेना रुपैयाँमा भरिभराउ माग्न दर्खास्तसमेत दिएको रहेछ । हरिबहादुरको हक लाग्ने भनी मसमेतको हक लाग्ने घरजग्गा लिलाम गरिपाउँ भनी दिएको दर्खास्तअनुसार सूचना जारी हुँदा मेरो उजूरीको कुनै वास्ता नगरी ०२२।१०।१७ गते लिलाम विक्री गरी दिएछन् । लिलाम विक्री गर्नुभन्दा अगावै मुलुकी ऐन दण्डसजायको २६ नं.समेतले १२ वर्षमुनिका अंश छाडी विवाह नभएको छोरीहरूको विवाह खर्च पर सारी मात्र लिलाम विक्री गर्नुपर्ने सो कानूनको कुनै मर्यादा पालन नगरी लिलाम विक्री गरी दिएको न्याय र कानूनसंगत नहुँदा सर्वोच्च अदालतमा समेत निवेदन दिएकोमा कानूनबमोजिम गर्नुभन्ने आदेश भ