निर्णय नं. ७५७ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७५७ - लेनदेन भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/04/26 २८७९ निर्णय नं. ७५७ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२९ सालको दे.फु.नं. ११७ फैसला भएको मिति : २०३०।४।२६।६ निवेदक : का.जि.पकनाजोल बस्ने शुदर्शन पन्त विरूद्ध विपक्षी : का.जि.ठमेल भगवान बहाल बस्ने मायादेवी खत्री क्षेत्रिनी मुद्दा : लेनदेन (१) ल्याप्चे सहिछाप आफ्नो हो भन्ने स्विकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जँचाई रहन पर्ने प्रयोजन नहुने । यसमा वादी दावीको तमसुकमा लागेको ल्याप्चे सहिछापको रेखा प्रष्ट नभएकोबाट कागज जाँचको ५ नं.ले नालेस खारेज हुने भनी बागमती अञ्चल अदालत र सोही सदर गरी ०२८।३।२४ को डिभिजन बेञ्चले छिनेकोले सर्वप्रथम त्यसतर्फ नै विचार गर्नु पर्ने हुन आएको छ, सो तमसुकमा लागेको ल्याप्चे सहिछाप मेरो हैन कीर्ते हो भन्ने प्रतिवादीको भनाई नभई ल्याप्चे सहिछाप आफ्नो हो भन्ने कुरा प्रतिवादीले स्वीकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जाँच गराई रहनुपर्ने प्रयोजन थिएन । उक्त तमसुकमा लागेको ल्याप्चे सहिछाप बुझिने नबुझिने के कस्तो रहेछ भन्नेतर्फ हेर्दा उक्त ल्याप्चे सहिछाप कत्ति पनि नबुझिने भन्ने विशेषज्ञको भनाई नभई राम्रो प्रष्ट नभएको भन्नेसम्म भनाई भएको र सक्कल तमसुक हेर्दा त्यसमा लागेको ल्याप्चे सहिछाप ऐन बमोजिम शंख चक्रको रेखा नै प्रष्ट नदेखिने र नबुझिने नभई लिखत शिरमा लागेको बायाँ ल्याप्चे बुझिने नै देखिएको हुनाले कागज जाँचको ५ नं. बमोजिम उक्त तमसुकबाट नालेसै नलाग्ने भन्न मिल्ने देखिएन, आफ्नो लोग्ने जगतबहादुरसमेत मिली जालसाज गरी राती सुतेको टायममा सहिछाप गराएको भन्ने प्रतिवादीको मुख्य जिकिर भएको हकमा यिनै प्रतिवादी वादी मायादेवीको र निजको लोग्ने जगतबहादुरको यो भन्दा पहिले परेको अंश मानाचामल मुद्दामा जगतबहादुरले स्वास्नी नै होइन भनेमा यिनै प्रतिवादी मायादेवीले ०२०।४।३।५ मा का.दे.ई.अ.मा बयान गर्दा सुदर्शन पन्तलाई मैले ०१५।३।३ मा रू.१०२५। को भोगबन्धकी लिखत गरी दिएकोमा लोग्ने जगतबहादुर अन्त साक्षी बसेका छन् बुझी पाउँ भनी लेखेकी र उक्त मुद्दामा सोही तमसुकसमेतको प्रमाण लगाई प्रतिवादी मायादेवी जगतबहादुरकी स्वास्नी ठहरी ०२६।३।२०।६ मा बागमती अञ्चल अदालतबाट समेत फैसला भएको देखिएकोले पहिले प्रतिवादी मायादेवी आफैंले स्वीकार गरी सकेकी उक्त लेनदेनको तमसुकको सहिछाप जालसाज गरी राती सुतेको टायममा गराएको भन्ने यो मुद्दामा जिकिर लिएको कुरा साँचो मान्न नमिल्ने हुँदा वादी दावी बमोजिम कर्जा लिई प्रतिवादी मायादेवीले तमसुक गरी दिएको देखिन आउँछ । वादीमा ब्याजसमेत दावी गरेकोले ब्याज पाउने नपाउने के रहेछ भन्ने तर्फ हेर्दा यस्तो रजिष्ट्रेशन पास हुन नसक्ने तमसुकको सम्बन्धमा रजिष्ट्रेशनको ६ नं.मा लिखत बमोजिमको सम्पत्ति भोग गर्न नपाएकोमा भोग गर्न नपाए जतिको ब्याजसमेत साहूले कपाली सरह भराई लिन पाउने व्यवस्था भइराखेकै पाइन्छ, भोगबन्धकी लेखिएको घर वादीले भोग गरेको भन्ने प्रतिवादीकै भनाई छैन भोग गर्न नपाएकोमा ब्याजसमेत बुझाउँला भन्ने शर्त तमसुकमा प्रष्ट रूपले उल्लेख नभएकोले लेनदेन व्यवहारको ६ नं.अनुसार ब्याज नपाउने हो कि भन्नालाई रजिष्ट्रेशनको ६ नं. लाई अलग राखी लेनदेन व्यवहारको ५ नं. लाई ध्यानमा राखी हेर्ने हो भने पनि उक्त तमसुकमा व्याजको कुरा उल्लेख नभएको नभई साहूले धितो चलन गर्ने साहूले रूपैयाँ