निर्णय नं. ६६७ - हकसफा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६७ - हकसफा भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/११/१३ २२६६ निर्णय नं. ६६७ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नं. १११ फैसला भएको मिति : २०२८।११।१३।६ मा निवेदक : अं.कोशी जि.धनकुटा पाताले बस्ने मदनबहादुर कार्की क्षेत्री विरुद्ध विपक्षी : धनकुटा खाल्सा चुङ्माङ बस्ने केवलराम तिमिल्सीनासमेत मुद्दा : हकसफा (१) माल तथा प्रमुख जिल्ला अधिकारीले निखन्न पाउने हक कसको ? थाहापाएको मिति कुन ? भन्ने छानविन गरी न्यायिक निर्णय गर्न नमिल्ने, नालेश गर्न सुनाउनुपर्ने । सर्वप्रथम प्रस्तुत केशमा हकवाला हुँदा हकसफा गरिपाउँ भन्ने निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुर दुवैको छुट्टाछुट्टै मालमा दरखास्त परेको बाट हकवालाले निखन्ने विषयमा लेनदेन व्यवहारको ११ नं.को कानूनी व्यवस्थाअनुसार निखन्न पाउने हकवाला ती तीनमध्ये कुन कायम भई कसले हक निखन्न पाउने हुन आउँछ भन्ने कुराको निर्णय गर्नुपर्ने प्रश्न उपस्थित हुन आउँछ र त्यस प्रश्नमा निवेदक मदनबहादुर विपक्षी चन्द्रबहादुरको बीचमा निखन्न पाउने कानूनी व्यवस्थाअनुसारको हकवाला म हुँ भन्ने कुराको परस्पर दावा गर्ने र प्रतिवाद गर्ने मौका पनि पाउनुपर्ने देखिन आउँछ । यस्तो विवाद उत्पन्न भएकोमा हक निखन्न पाउने हक कसको छ भनी ठहराई न्यायिक निर्णय गर्नुपर्ने स्थितिको विवाद खडा भएको प्रस्तुत केशमा विपक्षी चन्द्रबहादुर भन्दा नजिकको हकदार मदनबहादुर भनी निखन्न पाउने ठहराई मालले निर्णय गर्न पाउने र थाहापाएको मितिको प्रश्नसमेत समावेश गरी मदनबहादुरले दिएको दरर्खास्तबमोजिम थाहापाएको मितिको प्रश्नमा समेत रजिष्ट्रेशनको ३५ नं.अनुसार सबूद बुझी न्यायिक निर्णय गर्नपाउनेसमेत माल कार्यालयलाई अधिकार प्राप्त भएको देखिँदैन । मालबाटै ऐनबमोजिम नालिस गर्नु भन्ने सुनाउनुपर्ने थियो । (प्रकरण नं. १८) फैसला न्या.श्री धनेन्द्रबहादुर सिंह १. भतिजो गोविन्दबहादुरले केवलरामलाई रू.६००० मा ०२३।१०।१९ मा जग्गा विगाहा २।।१।४।। राजीनामा गरिदिएको ०२४।४।१५ मा नक्कल लिँदा थाहा पाएँ । म हकदार र साँध जोडिएको समेत हुँदा सो थैली धरौट राख्न ल्याएको छु हकसफा गराइपाउँ भन्ने चन्द्रबहादुरको ०२४।४।१८ को दरखास्त । २. चन्द्रबहादुरले राखेको थैली बुझी जग्गा छाडिदन मञ्जुर छु । चन्द्रबहादुर गोविन्दबहादुरको के नाताका हुन् मलाई थाहा छैन भन्ने केवलरामको ०२४।५।२ को बयान । ३. गोविन्दबहादुर सहोदर भाइ हो । निजले रू.६००० मा ०२३।१०।१९ मा विगाहा २।।१।४।। केवलरामलाई राजीनामा गरिदिएको ०२४।४।१८ मा थाहापाएकोले अहिले धरौट राख्न ल्याएको छु हकसफा गराइपाउँ भन्ने मदनबहादुरको ०१४।५।१८ को दरखास्त । ४. भाइ गोविन्दबहादुरले जग्गा विगाहा २।।१।४।। रू.६४०० मा ०२३।१०।१९ मा इन्द्रप्रसादलाई राजीनामा गरिदिएछ । ०२४।४।१८ गते थाहा पाएकोले थैली धरौट राख्न ल्याएको छु निखनाइपाउँ भन्ने चन्द्रबहादुरको ०२४।५।१८ को दरखास्त । ५. गोविन्दबहादुरले इन्द्रप्रसादलाई रू.६४०० मा ०२३।१०।१९ मा राजीनामा दिएको जग्गा विगाहा २।।१।४।। गोविन्दबहादुर मेरो भतिजो हुँदा थैली धरौट राख्न ल्याएको छु निखनाइपाउँ भन्नेसमेत चन्द्रबहादुरको ०२४।४।१८ को दरखास्त । ६. उक्त दरखास्त मिसिल थान ४ एकैसामेल राखी पेश गर्नु भनी मोरङ माल कार्यालयको ०२४।७।१० को आदेश । ७. दाता गोविन्दबहादुर मदनबहादुरको सहोदर दाजुभाइ भई