निर्णय नं. ६६८ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६६८ - अंश भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/०६ २१०० निर्णय नं. ६६८ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह सम्वत् २०२६ सालको दे.फु.नं. ८४ फैसला भएको मिति : २०२९।१।६।६ निवेदक : जि.रुपन्देही तप्पे हाटी मौजे पपनी बस्ने विश्वनाथ मिश्र समेत विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने शंकरप्रसाद मिश्र मुद्दा : अंश (१) तायदाती लिने अवस्थाको अंश मुद्दा नभएमा त्यस तहबाट हदमाथि नहुने । जहाँसम्म अंशसम्बन्धी मुद्दा हदमाथि भन्ने लुम्बिनी अञ्चल अदालतको फैसलामा उल्लेख छ त्यसको सम्बन्धमा न्यायप्रशासन (विविध व्यवस्था) संशोधन ऐन, ०२१ को दफा २ ले संशोधित मूल ऐनको दफा ८ को उपदफा (२) को खण्ड (क) मा तायदाती नआएको अंश मुद्दा भन्ने उल्लेख छ । प्रस्तुत मुद्दामा प्रतिवादीहरूबाट तायदाती लिई अंश दिलाइपाउँ भन्ने वादीको दावी नभई यो यो कित्ता जग्गाको आधी मेरो अंश छुट्याई दिलाइपाउँ भनी नालिस भई जग्गाको फाँट खुलाई दावी गरेको देखिनाले तायदाती लिने अवस्थाको यो मुद्दै नहुँदा त्यस तहबाट हदमाथि हुने त कुरै भएन । (प्रकरण नं. १७) फैसला प्र.न्या.रत्नबहादुर बिष्ट १. पुरुखा रमेश्वरको २ छोरामध्ये जेठा मेरो बाजे कोदे कान्छा विपक्षीका बाबु ससुरा जगमोहन कोदैका छोरा मेरो बाबु जगदेव बाजेहरू सगोलमा बस्दा आर्जन गरेको जग्गासमेत परिवारका नाममा दर्ता गराई भोगचलन गरिआएकोमा २००० सालमा बाजेहरू भिन्द हुँदा मौजे पनतीको बिगाहा २४।ऽ।।।३ र वेतौलियाको ६ऽ१।। समेतमा आधी आधी आफ्ना आफ्ना नाउँमा दर्ता गराई र बाँकी वेतौलियाको विपक्षीका नाममा दर्ता रहेको जिमदारी हिस्सा ३।।। को जग्गा विगाहा ११।।।२,२ वेतौलियाको मेरा बाबु राजदेवका नामको जिं हिस्सा द्र।। को विगाहा २द्र२ र वसन्तपुरको नम्वरी विगाहा ।।।१ऽ३ समेत सगोलैबाट आवाद गरी उपजासम्म खाने बन्देज अनुसार खाइआएकोमा बाबुबाजेसमेत परलोक हुनुभएकोले र ०१९ सालको बाली विपक्षीहरूले नदिएकाले आफ्ना आफ्ना नाउँमा जग्गा दर्ता गराई अंश छुट्याइपाउँ भन्नेसमेत वादी । २. ९२ सालमा छुट्टी भिन्न भएका हुँ पत्नीको २४ऽ१।।।४ र वेतौलियाको विगाहा ।।१.२ समेतमा २ भगको १ भाग कोदै देवराजले र १ भाग जगमोहन विश्वनाथले र मौजे वेतौलियाको नम्वरी विगाहा ६ऽ१।। मध्ये २ऽ४।।।२ हाम्रा बाबु ससुरा जगमोहनले बाँकी ३।।।१।।३ कोदैले र वसन्तपुरको नम्वरी ।।।१ऽ३ र वेतौलियाको सिर विगाहा ११।।।१।।२ जिं हिस्सा ३।। जगमोहन विश्वनाथले र वेतौलियाको जिं ऽ।। हिस्साको सिर विगाहा २ऽ१।।४ कोदै देवराजले समेत भोग गर्ने गरी बण्डापत्र भएको छ सो बण्डामा चित्त नबुझेको भए अंशबण्डाका ५१ नं.का म्यादभित्र बाबुबाजे जीवित छँदै उजूर हुनुपर्ने त्यसो हुँदा बण्डा लिनुदिनु पर्ने बाँकी छैन वादी दावी झुठ्ठा हो भन्नेसमेत प्रतिवादी । ३. अंशियार भएकोमा मुख मिलेको अंशको जम्मा जग्गा विगाहा ४५ऽ२।१ देखिन आएको सो जग्गामध्ये धेरैजसो जग्गा बण्डाचुण्डा गरी मानु छुट्टी ९२ सालदेखि नै भिन्न भई बसेको देखिन आएको वादीले दावी गरेको १४।।।ऽ। जग्गा बण्डा भएका प्रमाण प्रतिवादीले दाखिल गर्न नसकेका अंशबण्डाका ३२ नं.ले दावी नलाग्ने भन्नालाई रीतपूर्वकको अंशबण्डा भएको नदेखिएकोले अंशबण्डाको ३५ नं.म्यादभित्र यो दावी दायर भएकोले वादी दावीमा लेखिएको जग्गा विगाहा १४।।।ऽ। मध्ये आधि ७।२।.।२ जग्गा वादीले पाउने ठहर्छ भन्ने रुपन्देही जिल्ला अदालत भैरहवाको ०२२।१।२१।२ को फैसला । ४.