निर्णय नं. ७६० - कर्म थकाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६० - कर्म थकाली भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/29 २०२५ निर्णय नं. ७६० ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२९ सालको दे.फु.नं. १६४ फैसला भएको मिति : २०३०।५।२९।६ मा निवेदक : का.जि.इन्द्रचोक चोखाछेंगल्ली बस्ने बोधानन्द राजोपाध्या, दिनेशानन्द राजोपाध्यासमेत विरूद्ध विपक्षी : का.जि. बाङ्गेमुढा बस्ने रमेशानन्द राजोपाध्या मुद्दा : कर्म थकाली (क) हुकुम प्रमांगीमा कानूनबमोजिम गर्नु भन्ने शर्त राखी निर्णय गर्नु भन्ने उल्लेख भएकोमा निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुने । (ख) नाता सम्बन्ध कायम गर्ने फौज्दारी विषयको कुरा र कर्म थकालीको हक दुई पक्ष बीच न्यायिक निर्णय गर्नु पर्ने प्रश्न उपस्थित हुन आएको अध्यक्ष गुठी संस्थानको अधिकारक्षेत्र भित्र नपर्ने । यसमा पुर्खाले इन्द्रचोक चोखाछें गल्लीमा इष्टदेवताको आगम स्थापना गरी राखेको हाम्रो कुलमा चलेको सनातन रीतिथिति शास्त्रलेसमेत थकालीद्वारा हरेक कार्य हुनुपर्ने म विपक्षीहरू सबैको काका हुनाले कुल घरको कर्म थकाली भएबाट मद्वारा नै चल्ने चलाउने गरी आएकोमा विपक्षीहरूले रोकी धर्मकृति चलाउनमा बाधा पुर्‍याई थितिरीतिमा खलल पारे भन्नेसमेत रमेशानन्दले चढाएको विन्तिपत्रमा गुठीको कुरा भएकोले गुठी संस्थानको अध्यक्षले बुझी कानूनबमोजिम निर्णय गरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट ०२३।२।१९ मा हुकुम प्रमांगी बक्स भई सो हुकुम प्रमांगीबाट अधिकार प्राप्त भएको भनी अध्यक्ष गुठी संस्थानबाट ०२४।५।१८।२ मा हकबेहक समेतको निर्णय गर्नु भएकोमा गुठी संस्थानका अध्यक्षले हेर्न नहुने मुद्दा हेरी निर्णय गर्नु भएकोले चित्त बुझेन भन्नेसमेत प्रतिवादी पक्षको निवेदन परेको र उक्त निवेदनपत्रसमेतको व्यहोरा जाहेर हुँदा गुठी संस्थानले हेर्न पाउने नपाउने के रहेछ बुझी रुल नियमबमोजिम निर्णय गरी दिन भन्ने यस अदालतको नाउँमा ०२५।१०।२९।३ मा हुकुमको प्रमांगी बक्स भई आई ०२८।१।१३।२ को डिभिजन बेञ्चले बक्स भएका हुकुम प्रमांगी बमोजिम निर्णय गर्ने अधिकार अध्यक्ष गुठी संस्थानलाई भएकै देखिएकोसमेत भनी निर्णय गरे उपर दोहर्‍याई यस बेञ्चमा पेस हुन आएको रहेछ । प्रस्तुत मुद्दा अध्यक्ष गुठी संस्थानले निर्णय दिन पाउने अधिकारक्षेत्र भए नभएको के हो भन्ने कुरामा नै हाल मुख्य विवाद भएकाले त्यसतर्फ हेर्दा बक्स भएको ०२३।२।१९ को हुकुम प्रमांगीबाट अध्यक्ष गुठी संस्थानलाई बुझ्ने अधिकार प्राप्त भएको भए पनि निर्णय दिने कुराको हकमा उक्त प्रमांगीमा कानूनबमोजिम भन्ने शर्त राखी कानूनबमोजिम निर्णय गरी दिनु भन्ने उल्लेख भएकोले निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुन्छ । अध्यक्ष गुठी संस्थानको निर्णय दिन पाउने अधिकारक्षेत्र भए नभएको के रहेछ भन्ने हकमा सो कुल घरको कर्म थकाली भन्ने वादी रमेशानन्दको दावी भएकोमा वादी हाम्रो भैयादै होइनन् निजसँग हाम्रो नाता नै छैन भन्नेसमेत प्रतिवादीहरूले जिकिर लिई मुख्य नाता सम्बन्धको कुरामा आपत्ति उठाएको भएपछि कहिले वादी रमेशानन्द प्रतिवादीहरूको काका नाता पर्ने एकै बंशका हुन् होइन भन्ने नाता कायम गर्ने सम्बन्धी फौज्दारी विषयको कुराको र त्यसपछि सो आगम देवताको पूजाआजासमेत कर्म थकालीको हक वादीको भए नभएकोसमेत कानूनबमोजिम दुई पक्षका बीच हकबेहक सम्बन्धी न्यायिक ठहर