निर्णय नं. ६६९ - ...
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६६९ - ... भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/०६ १९०९ निर्णय नं. ६६९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२७ सालको दे.फु.नं. १०० फैसला भएको मिति : ०२९।१।६।३ निवेदक : जि.रौ.प्र.झाझ दक्षिण मौजे मिर्जा हथिओल बस्ने बृजनन्दन सिंह राजपुत विरुद्ध विपक्षी : जि.रौ.प्र.झाझ दक्षिण मौजे मिर्जा हथिओल बस्ने हरिनारायण सिंह समेत (१) रीतपूर्वकको उजूरी नै नभएको कारवाईबाट हक बेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउने भन्नेतर्फ विचारै गर्नुनपर्ने । यस्तै अरु अरु कुनै मुद्दामा माल गोश्वाराले आफ्नो अधिकार क्षेत्रभित्र नपर्ने मुद्दा हेरे छिनेको बदर गरी जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी अदालतमा पठाइदिने डिभिजन बेञ्चबाट निर्णय भइराखेको र यो मुद्दामा भने माल गोश्वाराले हेरे छिनेको सम्म बदर गरी यसै मुद्दाबाट निर्णय गरी दिन अदालतमा पठाउने कुरा केही नबोलिएकोले एकैरुप भएन माल गोश्वाराले हेरे छिनेको बदर भएमा अरु सरह यस मुद्दामा पनि यसै मुद्दाबाट जो बुझ्नुपर्ने बुझी निर्णय गरिदिनु भनी सम्बन्धित जिल्ला अदालतमा पठाइनुपर्छ भन्ने जिकिरका हकमा पहिले नै निवेदक आफैले जिरायतको खोजी गरी मेरो जिरायत कायम गरिपाउँ भन्नेतर्फ कानूनबमोजिम रीतपूर्वक उजूर गरेको नभई आर्थिक ऐन, २०१६ बमोजिम लाग्ने कर असूल गर्न आफ्नो भोगमा रहेको जग्गाको लगत दिन आउनु भनी रौतहट मालले २ पटक सूचना जारी गरेपछि मात्र उक्त मालमा गई जग्गाको फाँटवारी खुलाई दरखास्त दिँदा मेरो जमिदारी तालुक रहेको जिरायत जग्गा विगाहा ३२द्र१।४ मध्ये विगाहा २८द्र३ रामदेव सिंह राजपुतसमेतले के व्यहोराले आफ्नो नाममा दर्ता गरेको र भोग गरेको छ अड्डाबाट निर्णय गरी जिमिदारी तालुकमा कायम गरिपाउँ भनी उल्लेख गरेकोसम्म देखिएको त्यस्तो जग्गाको कर तिर्ने सम्बन्धमा जग्गाको फाँट दिँदा उल्लेख गरेकोसम्म कुरालाई कानूनबमोजिमको रीतपूर्वकको उजूरी मान्न नमिल्ने हुनाले रीतपूर्वकको उजूरी नै नभएको यस्तो कारवाईबाट हकबेहकको निर्णय गराउन अदालतमा पठाउने नपठाउनेतर्फ कुनै विचार गरिरहनु परेन । (प्रकरण नं. १८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्षी तर्फबाट : वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी उल्लिखित मुद्दा : फैसला न्या.झपटसिंह रावल १. आर्थिक ऐन, २०१६ बमोजिम लाग्ने कर असूल गर्न आफ्नो जग्गाको लगत र लाग्ने कर दाखिल गर्नु भन्ने सूचना भएकोमा आजसम्म लगत र करसमेत दाखिल गर्न नल्याएकोले आफ्नो भोग भएको जग्गाको लगत १७ साल जेष्ठ मसान्तसम्ममा १६–१७ आर्थिक सालको कर मालपोत बुझाउन म्यादमा बुझाउने काम गर्नु भन्ने ७ दिने म्याद तामेल भएकोले मेरो नाउँमा दर्ता भएको जि.रौतहट प्र.झ.झ. दक्षिण मौजे विर्ता हथिलमौजे १ मौजा सेटवा १ जि.प्रगन्ना जताहा मौजे वलरावासरी जवदी १ समेत मौजाको जिमिदारी ९४ सालका बालीदेखि लिलाममा लिई ९६ साल चैत ७ जिमिदारी र तालुक जिरायत विगाहा ३२ऽ१।४ समेतको बाहाली पाई रामसेवकलाई ९६ सालकै बालीदेखि भोगबन्धकी दिई १६ सालदेखि जिमिदारी निखनी लिएको जिमिदारी तालुक रहेको सोमध्ये जग्गा विगाहा २८ऽ३। रामदेव सिंहसमेतका नाममा दर्ता गरेको र निजहरूले भोग गरेको छ । अड्डाबाट निर्णय गरी जिमिदारी तालुकमा कायम गरी सो जग्गाको र मेरा नाउँमा जिमिदारी तालुक बाहेक रहेको नम्वरी जग्गाको फाँट दाखिल गरेको छु । जिमिदारी तालुकको जग्गासमेतको निर्णय गरी मलाई ल