निर्णय नं. ७६१ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६१ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/02/23 २०६१ निर्णय नं. ७६१ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको दे.फू.नं. १७३ फैसला भएको मिति : ०३०।२।२३।३ मा निवेदक : कपिलवस्तु तप्पे धनौरा गा.पं.गौरीहवा वार्ड नं. ३ मौजे दलदलहा बस्ने गैनमति मरी मुद्दा सकार गर्ने राजकुमार कुर्मि विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने मगरु कहार मुद्दा : जग्गा खिचोला (१) पहिलेको रसिद नभएको कारणले उखडा ठहराउन नमिल्ने नदेखिने रसिदसमेतको लिखित सवूद नभएकोमा सर्जमिन भनाइकै आधारमा उखडा कमाएको हो होइन भन्ने निर्णय दिनु कानूनसंगत हुने । प्रतिवादीले ०२१ साल भन्दा पहिलेको रसिद पेस गर्न नसकेकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने तर्कका हकमा उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ परिभाषा (घ) मा बोल कबोलसम्मबाट कमाएकोलाई पनि उखडा मानिने व्यवस्था भएको र उखडा हो होइन भन्ने विवाद उठेकोमा कबुलियत रसिद नभएकोमा कसरी त्यसको निराकरण गर्ने भन्ने सम्बन्धमा यस्तै कबुलियत रसिद नभएको पनि हुन सक्ने अवस्थालाई ध्यानमा राखी सोही उखडा सम्बन्धी ऐन, ०२१ को संशोधित दफा ८ को उपदफा (१) मा आवश्यकतानुसार सर्जमिन गराउन सक्ने पनि व्यवस्था भइराखेकोले पहिलेको रसिद नभएको भन्नेसम्म कारणले उखडा ठहराउन नमिल्ने देखिँदैन । यस्तो रसिदसमेतको लिखत सबूत नभएकोमा उक्त ऐन अनुसार बुझिएका सर्जमिन भनाइकै आधारमा उखडामा कमाएको हो होइन भन्ने कुराको न्यायिक निर्णय दिनु कानूनसंगत हुन्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुञ्जविहारीप्रसाद सिंह विपक्षी तर्फबाट : अधिवक्ता सुधानाथ पन्त फैसला न्या. सुरेन्द्रप्रसाद सिंह १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुमको प्रमांगी बक्स भई दोहरिएकोबाट यस बेञ्च समक्ष पेस हुन आएको छ । २. तथ्य यसप्रकार छ : विपक्षीले मेरो दलदलहा मौजाको कित्ता ७ को जग्गा विगाहा १।।।.।।।४ उखडामा जोतेको भनी विवरण पेस गरेकोले विरोध गर्न आएको छु विपक्षीलाई मैले कुनै शर्तमा जग्गा कमाउन दिएको छैन निजको विवरण झुठ्ठा हो जग्गा म आफैंले सिर गरी आएको छु भन्नेसमेत गैनमतिको विरोधपत्र । ३. मेरो विवरण फारामको जग्गा यिनै जग्गाधनीबाट उखडामा कमाउन दिएको हो यति बर्ष भयो भन्ने थाहा छैन २१।२२ सालको पोत मालमा धरौट राखेको छु अरू कागजी प्रमाण छैन । गाउँ सरजमीन बुझी पाउँ भन्नेसमेत मगरुको बयान । ४. उखडामा कमाएको कबुलियत जग्गाधनीलाई पोत बुझाएको निस्सा प्रतिवादीले पेस दाखिल गर्न नसकेको पोत धरौट राखेको भनी पेस गरेको माल र गाउँ पञ्चायतको रसिदको नक्कलहरूबाट मालपोेत जतिको रकम धरौट राखेको देखिएको सरकारी मालपोतमात्र बुझ्ने गरी जग्गा उखडामा कमाउन दिए होला भन्ने विश्वासलायक देखिएन भूमिसुधार डोरमा जोताहाको लगत वादीले भराएको र जोताहा अस्थायी निस्सा वादीले पाएकोबाट भूमिसम्बन्धी नियमहरूको नियम ९ ले मोहियानी अर्थात् जग्गा कमाउने जग्गाधनीको हक अकाट्य भएकोले त्यस्तो वादीको जोत भोगको जग्गा प्रतिवादीले उखडामा कमाएको भन्न नमिल्ने हुँदा प्रतिवादी मगरुले उखडा भनी झुठ्ठा विवरण दाखिल गरेको ठहर्छ भन्नेसमेत कपिलवस्तु जिल्ला अदालतको ०२६।७।२८।५ को फैसला । ५. सो उपर चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन । ६. रसिद प्रमा