निर्णय नं. ६७० - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७० - लेनदेन भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/१२/१२ १९८० निर्णय नं. ६७० ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२६ सालको देवानी पुनरावेदन नम्बर २२९८ फैसला मिति : ०२७।१२।१२।५ पुनरावेदक : का.जि.कालिमाटी बस्ने गोविन्दभक्त श्रेष्ठ विरुद्ध विपक्षी : का.जि.कमलपोखरीको हाल न्यूअलिपुर कलकत्ता बस्ने ज.आनन्द शमशेर ज.व.रा. मुद्दा : लेनदेन (१) तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.—कस्तो व्यक्ति पेटबोलीको परिभाषा भित्र पर्ने ? तत्काल प्रचलित अ.बं.१८१ नं.र प्रचलित १३९ नं.मा रहेको व्यवस्थाले वादी प्रतिवादीका पेटबोलीबाट मानिस बुझ्न हुने र त्यसलाई प्रतिवादी सरह देखिए प्रमाणसमेत खुलाई बयान लिनुपर्ने व्यवस्था भएको छ पेटबोलीको मानिस भने कस्तो हुन्छ भनी पहिल्याउँदा वादी वा प्रतिवादीले जोमाथि दायित्व देखाएका छन्, त्यो बाट जम्मै वा केही दायित्व हस्तान्तरणबाट पाएको व्यक्ति देखिन आउनेछ । प्रतिवादीले आफू माथि रहेको दायित्व अरु माथि सबै वा केही सरेको भनी देखाएको भए मुख्य प्रतिवादी माथि दायित्वको भार रहेको हो भनी प्रमाणित गरेपछि मात्र निजबाट दायित्व सबै वा केही सरेको हो होइन भनी भन्न सकिन्छ । लखबन्धकको आसामी वा बण्डापत्र गरेको अंशियार यसको उदाहरण हो जसबाट एकको गोलभित्र अर्को पर्न गएको हुनुपर्छ र पेटबोलीको मानिस हुन्छ । यदि दायित्व भएको व्यक्तिउपर फिराद परेको छैन भने फेरि अर्को प्रतिवादी अदालतले खडा गरेको मौका वादीलाई हुँदैन । कालान्तरमा दावी लाग्दैन । त्यसरी पेटबोलीबाट बुझेका व्यक्तिहरू सबूद वा प्रतिवादी हुन सक्छन् । वादीकै पेटबोलीबाट बुझेको भए पनि वादी हुन सक्दैन । (प्रकरण नं. १०) पुनरावेदक तर्फबाट : विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : फैसला न्या. हेरम्बराज १. मिति २००८।३।२५ गतेको रू.३९४६ र मिति २००८।५।१६ गतेको रू.७८६७ को प्रतिवादीको छोराले (क) युधिष्ठिर शमशेर जवराले गरिदिएको लिखितहरूको जम्मै रुपैयाँ सावाँ ब्याजसमेत आफ्नैतर्फबाट तिर्ने गरी मञ्जुर गरी मिति २०१५।६।१६ मा लिखित गरिदिनुभएको सावाँ ब्याजसमेत रू.२२८।०९।७३ र मुद्दा फैसला हुँदासम्मको कूतसमेत प्रतिवादीबाट दिलाई भराइपाउँ भन्नेसमेतको गोविन्दभक्तको फिरादपत्र । २. मैले नै तिर्ने लिखित गरी दिएको छैन साहू आसामीका ७ नं. बमोजिम बाबुको लिखत नभई छोराले गरेको व्यवहारमा बाबुले खुसीले तिरी दिएको जतिमात्र लिन पाउँछ भन्ने प्रष्टै छ । कर लगाई मउपर दावा नालिस लाग्न नपर्ने वादी दावीबाट फुर्सद पाउँ भन्नेसमेतको आनन्द शमशेरको प्रतिउत्तरपत्र । ३. यो चिठ्ठीमा आनन्द शमशेरले लेखेको सद्दे हो वादी दावाबमोजिम रुपैयाँ मैले तिर्नु नपर्ने भन्नेसमेत वारेस मदन सिंह महत्त क्षेत्रीको बयान । ४. लिखतमा सो रुपैयाँपछि उनका अंश हुँदा उनको अंश भागबाट कट्टा हुने गरी मैले नै तपाईलाई दिनेछु भन्ने उल्लेख भएबाट छोराको लिखित सकार गर्नुभएको देखिने अब अंश लिइसकेपछिमात्र वादीले दावी गर्नुपर्ने हो कि भन्न अंश भइसकेपछि मात्र दिउँला भन्ने लिखित भई पछि उनको अंश हुँदा उनको अंशभागबाट कट्टा हुने गरी मैले नै दिलाउँला भन्ने लिखतमा लेखिएको भई अंश भएपछि मात्र पाउने भन्ने उल्लेख भएको रहेछ भन्न नभई प्रतिवादीबाट पाउँदैन भन्न मनासिव नभएकाले लिखितबमोजिमको ने.रु. १९५१८।१६ प्रतिवादीबाट वादीले भरिपाउने । लिखित भए लेखिएको ब्याज दिउँला भन्ने नलेखिएकाले ब्याज पाउँ भन्ने वादी दावी पुग्द