निर्णय नं. ६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७१ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१२/२२ २११६ निर्णय नं. ६७१ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको रि.फु.नं. २५ आदेश मिति : ०२८।१२।२२।३ निवेदक : पू.१ नं. सिन्धुपाल्चोक जिल्ला चौतार बस्ने भक्तिमाया कछपति विरुद्ध विपक्षी : श्री भूमिसुधार अधिकारी जिल्ला भू.सु.का.काभ्रेपलाञ्चोक, भ.पु.जि.साँगा नासिका गा.पं. वडा नं.५ साँगा मुदेटोल बस्ने हरिबहादुर कर्माचार्य, विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) सम्पत्ति भोग गर्न पाएको छैन भनी साहूले जिकिर लिँदैमा लिखतको प्रकृतिसम्बन्धी विवाद भूमिसम्बन्धी ऐनको दफा ४५(घ) भित्र नपर्ने भन्न नमिल्ने त्यस्तोमा ऋण निश्चित गर्न भूमिसुधार अधिकारीलाई अधिकार हुने । यस सम्बन्धमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ४५ लाई हेर्दा सो दफाअन्तर्गत ऋणको रकम निश्चित गर्न अधिकारीले आवश्यक छानविन र जाँचबुझ गरी ऋणको बाँकी सावाँ र ब्याजको वास्तविक अंश निश्चित गर्नुपर्ने व्यवस्था भएको पाइन्छ । उक्त दफा ४५ खण्ड (घ) ले भोगबन्धकी ऋणका सम्बन्धमा साहूले के–कति आयस्ता खाए पाएको छ भन्ने यकिन गरी थैलीको १० प्रतिशतभन्दा बढी आयस्ता खाए पाएको भए सावाँमा कट्टा गरी ऋण निश्चित गर्नुपर्ने व्यवस्था गरेको देखिन्छ । यस कानूनी व्यवस्थाबाट ऋण निश्चित गर्ने अधिकारीले भोगबन्धकी ऋणको रकम निश्चित गर्दा साहूले के कति आयस्ता खाएपाएको छ भन्ने कुरा नै मुख्य रुपमा निरुपण गर्नुपर्ने हुन आउँछ । साहूले के–कति आयस्ता खाएपाएको छ भन्ने कुराको छानविन वा जाँचबुझ गर्दा साहूले कति पनि आयस्ता खान नपाएको भन्ने कुरा पनि देखिन सक्दछ र त्यस्तो देखिएमा सोहीअनुसार ऋणको रकम निश्चित गर्नुपर्ने हुन्छ । भोगबन्धकी जग्गा म्यादभित्र चलन गर्न नपाएकोले भोगबन्धकी थैली कपाली हुन गएको छ भन्ने साहूले जिकिर लिँदैमा त्यस कुराको छानविन वा जाँचबुझ हुन नसक्ने वा गर्न नमिल्ने भन्ने कुरा उक्त कानूनी व्यवस्थाबाट देखिन आउँदैन । साहूको त्यस्तो जिकिरबाट लिखतको प्रकृतिमै विवाद उठ्ने हुँदा तत्सम्बन्धी ऋणको रकम उक्त दफा ४५ अन्तर्गत निश्चित गर्न मिल्दैन भन्ने २०२८।८।२३ को डिभिजन बेञ्चको राय छ तर यथार्थमा त्यस्तो विवादलाई लिखतको प्रकृतिसम्बन्धी विवाद भन्न मिल्दैन । त्यस्तो विवादको मुख्य विषय भोगबन्धकी सम्पत्ति साहूले भोगचलन गर्न पाएको छ वा छैन भन्ने नै हुन्छ । साहूले भोगबन्धकी सम्पत्ति भोगचलन पाएको छ वा छैन र छ भने के कति आयस्ता खाएपाएको छ भन्ने कुरा दफा ४५ अन्तर्गत ऋण निश्चित गर्ने सिलसिलामा निरुपण गर्नुपर्ने मुख्य विषयवस्तु हुने भएकोले सम्पत्ति भोग गर्न पाएको छैन भनेर साहूले जिकिर लिँदैमा त्यसलाई लिखतको प्रकृतिसम्बन्धी विवाद भनी दफा ४५ अन्तर्गतको अधिकारक्षेत्र भित्र पर्दैन भन्न मिल्दैन साहूले त्यस्तो जिकिर लिए पनि त्यस कुराको छानविनसमेत गरी ऋणको रकम निश्चित गर्न दफा ४५ अन्तर्गत भूमिसुधार अधिकारीलाई अधिकार हुन्छ । (प्रकरण नं. ८) (२) जिल्ला अदालतमा नालेश परी विचाराधीन रहिसकेपछि भूमिसुधार अधिकारीले निर्णय गर्नु कानूनसंगत नदेखिने । तर प्रस्तुत मुद्दामा माथि उल्लेख भएका कुराहरूको आधारमा मात्र भूमिसम्बन्धी अधिकारीको कारवाही र निर्णयको वैधताको निर्णय हुने अवस्था छैन । यसमा अर्को एउटा