निर्णय नं. ७६२ - विहावारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७६२ - विहावारी भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/29 २२६७ निर्णय नं. ७६२ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको फौ.फु.नं. ३६ फैसला भएको मिति : २०३०।५।२९।६ मा निवेदक : जि.स.प्र.मझौवा मौजे झुटकी बस्ने लङ्गवती यादवनी विरूद्ध विपक्षी : ऐ.बस्ने महादेव यादव उत्तिमलाल यादवसमेत मुद्दा : विहावारी (१) विवाह भएको नभई हिन्दु समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न स्वभाविक विश्वासलायक कारण नहुने । यसमा भाइ जुगेश्वर यादव १९८० सालमा जन्मी १९८४ सालमा मरेकोले निजको लङ्गवतीसँग विवाह भएकै होइन भन्ने वादी उतिमलाल महादेव र १९९३ सालमा जुगेश्वरसँग मेरो विवाह भई १९९९ सालमा दुरागमन भएपछि ०१२ सालमामात्र लोग्ने जुगेश्वर मरेका हुन् भन्ने लङ्गवतीको भनाई जिकिर भई विवाह भए नभएको कुरामा विवाद उठेको रहेछ । यो मुद्दाको वादी उतिमलाल महादेवहरूको २०१६ साल कार्तिक २९ गते अंशबण्डा हुँदा अरू अंशियार छैन भनी यिनै लङ्गवतीको भाइ लखनलाल लेखक साक्षी भई बण्डापत्र खडा भएको भन्ने वादी पक्षको जिकिरको हकमा त्यस्तो बोली पारी लखनलालले बण्डापत्र लेखिदिएकै भए पनि लखनलालले लेखेकोबाट लङ्गवतीको हकमा असर पुर्याउन हक जान सक्ने स्थिति नहुँदा त्यसलाई खास प्रमाण मान्न मिलेन । पुरोहित भनेको चुनचुन ठाकुरले मैले विवाह गराएको होइन भनेको भन्ने अर्को जिकिरको हकमा निजको बकपत्र हेर्दा वादीको भाइ जुगेश्वर थियो भन्ने कुरासम्म सुनेको हुँ तर म जन्मेदेखि र थाहा भएदेखि जुगेश्वरलाई देखेको छैन जुगेश्वरको विवाह भए नभएको पनि म जान्दिन दुवै थरको म पुरोहित हुँ तर मैले लङ्गवतीको विवाह गराएको छैन बाबु बाजेले गराएको पनि मलाई थाहा छैन भनी बकेको र निजबाट उमेर कति रहेछ भनी हेर्दा ०२५।९।२०।२ मा बकपत्र गर्दा ३४ बर्षको उमेर लेखाएको रहेछ त्यस उमेरको हिसाबबाट निजको जन्म ९२ सालतिर भएको हुन आउँछ ९२ सालमा जन्मेको निज चुनचुनलाई ९३ सालमा लङ्गवतीको जुगेश्वरसँग विवाह भएको थाहा हुनु अथवा निज पुरोहित भई विवाह गराएको हुनु सम्भावित कुरै भएन खास गरी निज लङ्गवती र जुुगेश्वरको विवाह भएको होइन भन्न निजले नसकी थाहा छैन भन्नेको र निजको बाबु बाजे पुरोहित भई विवाह गराएको निजलाई थाहा हुन पनि नसक्ने हुनाले वास्तवमा निज चुनचुनको बकाईबाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै होइन भन्ने वादीहरूको भनाई जिकिरलाई कुनै मद्दत गर्दैन अरू साक्षीहरूको बकाई हेर्दा वादीको अरू ७ जना साक्षीले लङ्गवती र जुगेश्वरको विवाह भएको होइन भनेको र प्रतिवादी लङ्गवतीका १६ जना साक्षीले लङ्गवती जुगेश्वरको १९९३ सालमा विवाह भई ९९ सालमा दुरागमन भएको र १२ सालमा जुगेश्वर मरेको भन्ने लङ्गवतीको भनाई जिकिर समर्थित हुने गरी बकेको पाइन्छ । दुवै पक्षका ती साक्षीहरूको बकाईको मूल्याङ्कन गरी हेर्दा एक त वादीको भन्दा प्रतिवादीका साक्षीहरूको संख्या दोब्बर भएको, सामान्यत थोरैजनाको भन्दा धेरैजनाले भनेको कुरा नै साँचो मान्नु स्वाभाविक हुने र दोश्रो कुरा प्रतिवादीका ती १६ जना साक्षी मध्ये सुकराती हजामले लङ्गवती र जुगेश्वरको विवाहमा म हजाम भई काम गराएको हुँ भन्ने र अगम यादवले सो विवाहमा म पनि वरियात गएको थिएँ भन्ने किटानसाथ भने बकेकोसमेत बाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै प्रमाणित हुन्छ, उसमा पनि वादीको भनाई जिकिर अनुसार लङ्गवतीक