निर्णय नं. ६७३ - जवरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७३ - जवरजस्ती करणी भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०२/१० ५०२१ निर्णय नं. ६७३ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६ सालको फौ.फु.नं. ६२३ फैसला भएको मिति : २०२८।२।१०।२ मा पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्षी : नारायणसुन्दर श्रेष्ठ समेत मुद्दा : जवरजस्ती करणी (१) कस्तोमा जवरजस्ती करणी गरेको ठहराउन नमिल्ने । पम्फा क्षेत्रीनी जवरजस्तीमा परेकी हो होइन भनी छुट्याउने तरिकामध्ये जनानालाई जवरजस्ती करणी गर्न कसैले खोज्दछ भने जनानाले आफ्नो बेमञ्जुरी प्रकट गर्न सकेसम्म उपाय रचेको हुनुपर्छ । त्यसो गर्दा चाहे लोग्ने मानिसलाई घाउ चोट चिन्ह पुर्याएको होस् चाहे हल्ला गरी अरुलाई गुहार बोलाएको होस् चाहे कुनै केही गरी लोग्ने मानिसको काम बासनालाई अर्कोतिर मोडी निजको इन्द्रिय केही क्षणलाई भए पनि बेकम्मा पारिदिएको होस् । यस मिसिलमा हेर्दा न लोग्ने मानिसलाई कुनै चोट पुर्याएको देखियो न गुहारसमेतको अरु कुनै काम गरेको देखियो । अस्पतालको पत्रबाट पम्फाको हाइमेन च्यातिएको भनी १७।५।०२२ को पत्रमा लेखिएकोले वारदात भएको १७ गते रातदेखि नै प्रहरी साथमा परेको यी व्यक्तिहरूको प्रथम समागममा कुनै छेद भई रगत वा पानीहरू जाँचमा देखिन सकेन । वीर्य वा रज जाँचमा नदेखिएको यस्तो सभा भए गए सो भनिएको छ । त्यसरी कन्या जाली पहिले नै च्यातिएको पनि हुन सक्ने हो, नारायणसुन्दरको पिसाव गर्ने अंगमा छाला खुइलेको एउटै घाउ देखिन्छ । अरु करणी गरेको केही प्रमाण देखिन्न भनी अस्पतालको पत्रमा लेखिएकोले नारायणसुन्दरको शरीरबाट करणी गरेको चिन्ह जाँच गराउन सकेको छैन । निज मुख्य गवाहा पंफा क्षेत्रीनी सुतेको भित्र रेष्टराँमाथि २ तलाको चोटामा कोही मानिस माथि आएको आवाज सुन्ने वित्तिकै उठी भाग्न लाग्नुपर्ने कारण देखाइँदैन । एकजना जनानालाई निजको मञ्जुरीवेगर टुकीको बत्ती निभाई आफ्नो पाइण्ट फुकाल्ने पंफाको अन्डरवेरको इँजार फुकाल्ने चुडाल्ने कामसमेत गरी जवरजस्ती गरेको भनी यो उजूर परेको भए पनि जनानाले बेमञ्जुर गर्दा गर्दै कसैको सहायता नलिई बर्ष १४ पुगेकीलाई एक्लै करणी गर्न सक्यो होला भनी विश्वास गर्न पनि गाह्रो हुन्छ । होटेलभित्रको वारदातमा अरु मद्दतगार पनि बोलाउन सकी निज नारायणसुन्दर श्रेष्ठबाट आफू बच्न सकिन्छ । साथै गएको देवबहादुरले मेरो नारीमा समाती पख म पनि गर्छु भनेकाले निजको हात छुटाई सडकमा निस्केँ भनी उजूर परेको देवबहादुरले करणीको आशय गरेको नठहरिई फैसला भएको कुरामा निजले करणीको आसयले पक्रेको हो भनी प्रस्तुत पुनरावेदनमा जिकिर नगरेकोबाट पंफाले झुट्टा कुरा भनेको प्रमाणित हुन्छ । झुट्टाको साथमा भनेको अर्को कुरा साँचो हो भनी कुन प्रमाणले भन्न सकिएको छ, वारदातमा भित्र रेष्टुराँको चोटा भनिएको भए पनि भित्र रेष्टुराँमा आएको ६ दिनजति मात्र भएको र त्यसअघि पाटनढोकाको गोपाल श्रेष्ठको होटेलमा काम गरेकी थिएँ भनी बयान गरेकी एक होटेलबाट अर्को होटेलमा सरेकी निज पंफाले नयाँ होटेलमा बस्न इच्छा प्रकट नगरेको पनि हुन सक्छ । यस्तो नानाप्रकारको तर्कले जे जे कुरा देखिए पनि वास्तवमा अस्पतालको पत्रबाट पिसाव गर्ने ठाउँमा फोहोर पनि देखिएको भन्ने हुँदा निज जनानालाई कुनै मद्दतवेगर एकैजना लोग्नेमानिसले जबरजस्ती करणी गरेको भनी ठहराउन नमिल्ने हुँदा जवरजस्ती करणी गरेको नठहर्याएको शुरुको सदर गरेको इन्साफ बागमती अञ्चल अदालतको मनासिव ठहर्छ । मिसिल नियमबमोजिम बुझाइदिनु । (प्र