निर्णय नं. ७६३ - बहाल बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६३ - बहाल बुझाई पाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/01 २२६५ निर्णय नं. ७६३ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री मीनबहादुर थापा सम्वत् २०२९ सालको दे.फु.नं. १४४ फैसला भएको मिति : २०३०।५।१।६ मा निवेदक : ल.पु.नि.ग्याछेटोल बस्ने मङ्गलकुमारीको मुद्दा सकार गर्ने तुल्सीमान अमात्य विरूद्ध विपक्षी : ऐ.बस्ने जोगबहादर अमात्य मुद्दा : बहाल बुझाई पाउँ (१) लिई शब्दले भइसकेको क्रियालाई बुझाउने । उक्त मिलापत्र हेर्दा मिल्ने शर्तको मङ्गलकुमारीको व्यहोरामा झगडा परेको मेरो पसल कवल २ मेरो हक कायम गरी सो पसलको साल १ को बहाल रू.३० का दरले प्र.मध्येको जोगबहादुरसँग लिई मिलापत्र भएको मितिदेखि १० बर्षसम्म निजलाई बहालमा पसलमा राख्ने भन्ने उल्लेख भएको पाइन्छ, उक्त मिलापत्रमा १० बर्षको बहाल एकैपटक पहिले नै दिने लिने भन्ने प्रष्ट शब्दमा उल्लेख नभएकोले एकपटक बुझ्न कर नलाग्ने हो कि भन्ने तर्क उठ्न सक्छ, यदि उक्त मिलापत्रमा साल १ को बहाल रू.३० का दरले भन्ने वाक्यांशको अगाडि लिने गरी भन्ने शब्द प्रयोग भएको भए उक्त तर्कको पुष्टी हुन सक्ने पनि थियो, तर “लिने गरी” भन्ने शब्द प्रयोग नभई लिई भन्ने शब्दको प्रयोग भएको र लिई शब्दले भइसकेको क्रियालाई बुझाउँछ । उक्त मिलापत्रमा साल १ को बहाल रू.३०। का दरले लिई भन्ने कुरा पहिले र १० बर्षसम्म बहालमा पसलमा राख्ने भन्ने कुरा पछि उल्लेख भएको उक्त मिलापत्रको शर्तबारे साल १ को रू.३०। का दरले हुने बहाल पहिले लिनु पर्ने र सो बहाल लिई १० बर्षसम्म प्रतिवादीलाई पसलमा राख्नु पर्ने दायित्वको सिर्जना गरेको प्रष्ट हुन्छ । त्यसकारण उक्त मिलापत्रले १० बर्षको बहाल एकैपटक पहिले नै बुझ्न कर नलाग्ने भन्ने अर्थ गर्न मिल्ने देखिँदैन । (प्रकरण नं. ११) (२) बहालमा बस्नेले घर पसलको धनीको विरूद्ध नैतिक पतन देखिने फौज्दारी अभियोग गरेको ठहरेमा घर बनाउनेको ८ नं. बमोजिम उठाउन पाउने हकमा पहिले नै पेश्की बहाल लिइसकेको कारणले कुनै असर पुराउन नसक्ने । १० बर्षको बहाल एकैपटक बुझ्नु पर्ने भएमा घर बनाउनेको ८ नं.अनुसार धनी आफैंलाई बस्न चाहियो वा बहालमा बस्नेले घर पसलको धनीका विरूद्ध नैतिक पतन देखिने कुनै फौज्दारी अपराध गरेमा लिखत भए पनि उठाउन पाउने हक र सुविधाबाट बञ्चित हुनुपर्ने भन्ने तर्क उठाइएको हकमा साधारणतया घरायसमा भएको कुनै लिखतसम्मको आधारमा बहालमा बस्न दिए लिएको नभइराखेकोमा पछि अदालतमा मुद्दा परी हकबेहकको समेत प्रश्न उठी वादीको हक कायम गरी साल १ को रू.३०। का दरले बहाल लिई १० बर्षसम्म पसलमा राख्ने शर्त गरी अवधि तोकी ०२४।११।३०।४ मा मिलापत्र भए गरेको यस्तोमा १० बर्षको अवधि नपुगी घर पसलको धनी आफैंलाई बस्न चाहिएको भनी उक्त घर बनाउनेको ८ नं.अनुसार बीचमा उठाउन पाउने प्रश्नै उठ्न नसक्ने र यदि बहालमा बस्नेले घर पसलको धनीका विरूद्ध नैतिक पतन देखिने कुनै फौज्दारी अभियोग गरेको ठहरेमा उक्त घर बनाउनेको ८ नं. बमोजिम उठाउन पाउने हकमा पहिले नै पेश्की बहाल लिइसकेको कारणलेमात्र कुनै असर पुर्‍याउन नसक्नेसमेत हुँदा उपरोक्त तर्कसँग सहमत हुन मिलेन । (प्रकरण नं. १२) निवेदक तर्फबाट : अधिवक्ता कालीराज जोशी विपक्षी तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला न्या. मीनबहादुर थापा १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने श्री