निर्णय नं. ६७४ - करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७४ - करणी भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०२/१७ २४३२ निर्णय नं. ६७४ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२८ सालको फौ.फु.नं. २६ फैसला मिति : ०२९।२।१७।३ निवेदक : प.३ नं.कास्की लाहाचोक बस्ने भीमबहादुर शाही ठकुरी विरुद्ध विपक्षी : ऐ.माचोक बस्ने चन्द्रकुमारी ठकुर्नी मुद्दा : करणी (१) मौकैमा उजूर नगरी आफ्नो छोरा होइन भन्ने गराउन नसकी चुप लागी बसेकोमा, साक्षीकोमात्र आधार लिई अन्य प्रमाणको अभावमा छोरा नठहराउनु न्यायसंगत नहुने । खास गरी आफ्नो स्वास्नी अर्कोसँग पोईल गएकी कायम भई छोरा जातक यसको भन्ने ठेगाना लागी सकेको अवस्थामा आफू जमामर्द बन्न जारी खतमा सजाय नगराई त्यसै छाड्न सकिने कुरा हो । माईत गई बसेकी स्वास्नीले छोरो जातक जन्माएकी छ र सो छोरो आफ्नो होइन भन्ने मौकैमा त्यसको ठेगाना नलगाएपछि आफूलाई बाबु भनी अंशसमेतमा दावी गर्न आउने समेत बचाउको लागि सो छोरो जातकको ठेगाना लगाउन र आफ्नो गहना धनमाल समेतमा कानूनबमोजिम मौकैमा उजूर नगरी चुप लागि बस्न पर्ने अवस्था देखिन पनि आउँदैन । वादीका साक्षीहरूले प्रतिवादी भिमबहादुरकै छोरा जातक हो भनी बकपत्र गरेको ती साक्षीहरूले घुस खाई झुट्टा बकेको हुँदा सजाय गरी बकपत्र बदर गरीपाउँ भन्ने दावी लिई प्रतिवादीले छुट्टै नालिस दिएकोमा घुस खाई झुट्टा बकेको नठहरी फैसला भएको देखिन्छ । मेरो पक्षका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको छन् । त्यतिका साक्षीको बकाईलाई साँचो नमानी वादीका ४ जना साक्षीको बकाईको आधारमा मेरा पक्षकै छोरा जातक ठहराउन नमिल्ने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताको अर्को बहस जिकिर हकमा मुख्य प्रतिवादीले मौकैमा कानूनबमोजिम उजूर गरी आफ्नो छोरा जातक होइन भन्ने कार्य गराउन नसकी छोरा ७ वर्षको हुँदासम्म चुप लागी बसेको कुरामा प्रतिवादीका ४६ जना साक्षीले भिमबहादुरको छोरो जातक होइन भनी बकेको भन्नेसम्म आधारमा अन्य प्रमाणको अभावमा प्रतिवादीको छोरा जातक नठहराउनु न्यायसंगत हुँदैन । वादीेले अंशमा नालिस गरी सकेपछि मात्र मेरो छोरा जातक होइन भिनाजु करवीरसँग पोइल गइसकेकी स्वास्नी हो भनी प्रतिवादीले जिकिर उठाउनुको खास कारण पछि चित्त नमिली माईत गई बसेकी स्वास्नी र निजबाट जन्मेको छोरो समेतलाई अंश नदिई पन्छाउने नियत गरेको, करणी धनमाल समेतमा मौकामा आफूले उजूर नगरेकोबाट प्रतित हुन्छ । (प्रकरण नं. ११) पुनरावेदक तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल विपक्षी तर्फबाट : उल्लिखित मुद्दा : फैसला न्या.वासुदेव शर्मा १. विवाहिता लोग्ने अन्यायवाला भिमबहादुर शाहीबाट मलाई ०४ सालमा छोरा समेत जन्मेपछि निज लोग्नेले सौताहरूको चुक्लीबाट मलाई र छोरालाईसमेत अपहेलना गर्दै ल्याई खान लाउन घरमा बस्न समेत नदिएकोले निज खसमबाट अंश दिलाई पाउँ भनी मैले नालिस दिँदा निज खसमका सत्यमा रहेकी मलाई गहना पनि दिएको छैन ९९ साल मार्गदेखि भिनाजु करवीरसँग करणीमा विग्रेकी भनी झुट्टा करणीको दोष लगाई प्रतिवादी दिनु भएकोले नालिस दिन आएकी छु, १२ वर्षसम्म जारी धनमाल नालिस गर्न नसक्नु भएबाट पोइल गएकी भन्ने जिकिर झुट्टा देखिएको छ । त्यसो हुँदा करवीरसँगको झुट्टा करणीको दोष लगाई निजै भिमबहादुरको करणी वीजले जन्मेको छोरालाई पनि करवीरकै करणी वीजले जन्मेको हो भनी वगावाद गरी प्रतिवादी दिएमा ऐनबमोजिम सजाय गरी पाउँ भन्नेसमेत वादी चन्द्र