निर्णय नं. ६७५ - जग्गा निखनाइ पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७५ - जग्गा निखनाइ पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/१०/०३ २३०४ निर्णय नं. ६७५ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह सम्वत् २०२७ सालको देवानी फुल बेञ्च नम्वर १०५ फैसला भएको मिति : ०२९।२।१०।३ मा निवेदक : पूर्व १ नं.सि.का.ई.थुमलिस्ती मौगाति गाउँ बस्ने भक्तलाल नेवार विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने खड्गबहादुर नेवार मुद्दा : जग्गा निखनाइ पाउँ (१) चोरी भएको भन्ने एउटा हुलिया दर्खास्त दिँदैमा कायम हुन नसक्ने, राजीनामा लिखत चोरी भएको भए नालिस दिई अर्को राजीनामा गराइलिन पर्ने । राजीनामा भन्ने प्रतिवादीको मुख्य जिकिर भएकोमा राजीनामा लिखत पेश दाखिल गर्न नसकी १७ साल चैत ४ गते चोरी भएको भनी ०१७।१२।७।२ मा हुलिया दर्खास्त दिएको प्रमाणमा आएको देखियो, चोरी भएको भन्ने कुरामा एउटा हुलिया दर्खास्तसम्म दिँदैमा चोरी भएको कायम हुन नसक्ने दर्ता आफ्नो नाममा भई नसकेको जग्गामा आफ्नो हक देखाउने मुख्य राजीनामा लिखत चोरी भएको भए चोरी भएको पक्का प्रमाण पुर्याई अर्को राजीनामा गराइपाउँ भनी तत्काल प्रचलित साहू आसामीको १ नं. बमोजिम नालिस दिई अर्को राजीनामा गराई लिन सक्नुपर्ने सोअनुसार भए गरेको देखिन आएन । (प्रकरण नं. १२) (२) बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न नमिल्ने । राजीनामा पेश हुन नसके पनि झगडा परेको जग्गाको धेरै बर्ष अघिदेखिको तिरो तिरेको रसिद मेरो पक्षबाटै पेश हुन आएको त्यसमा मेरो पक्ष खड्गबहादुरलाई नै रैती भनी निजकै हकभोगको जग्गा भन्ने जनाएको ऐनको म्यादभित्र उजूर गरी वादीले आफ्नो हक कायम गराउन नसकेको समेत हुनाले भोग तिरोको रसिदबाटै पनि मेरो पक्षको हक कायम हुने भन्ने प्रतिवादीतर्फका विद्वान अधिवक्ताले वहसमा जिकिर लिनुभएको हकमा बन्धकीमा साहूले भोग गरेको जग्गाको तिरोभरो साहूबाटै हुने भई सो नाताले तिरो तिरेको रसिदमा उपरोक्त उल्लेख भएबमोजिम जनिन सक्छ । बन्धकी भन्ने दावी परेकोमा तिरो तिरेको रसिदको आधारले मात्र जग्गामा साहूको हक पुग्ने भन्न मिल्दैन । (प्रकरण नं. १५) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. सोमती जिरेलनीले मेरो बज्यू सेतीकुमारीसँग रू.३२। लिई माटो ।३।१३।३ को खेत १९६२।१।२५।४ मा राजीनामा गरी लिएको बज्यूका शेषपछि मेरो बाबु मोतिलालले भोग चलन गरिआएको जि.जयबहादुर जिम्माको लगतमा ११ नं.माटो ।५ नं.१२ मा माटो ।।५ नं.१३ मा माटो ।३।८।६ समेत जम्मा माटो ।३।१८।६ राजीनामामा सीमाना नखुले पनि हालको सीमाना पूर्व तवेल तामाङको बारी पश्चिम मेरै वेगल दर्ताको खेत, उत्तर वाजे फौ.जं.को दर्ता पैरो लागेको साँध दक्षिण विष्णुहरिको खेत र दंवीरको बारी यतिभित्रको कुसमखेत ९० सालमा विपक्षीसँग बाबुले २५। लिई बन्धकमा दिएको थैली बुझी जग्गा छाडिदेउ भन्दा नबुझेबाट मालमा धरौट राखेकोमा राजीनामा भनी बुझ्न बेमञ्जुर गरेबाट १९।८।४ मा सि.पा.मालले गरेको पर्चाअनुसार नालिस गर्न आएको छु धरौट निजलाई बुझ्न लगाई खेतहरू निखन्न पाउँ भन्नेसमेत वादी । २. वादी दावीको किल्लाभित्रको कुसम खेत वादीको बाबु मोतिलाल नेवारसँग रू.७०। मा ९१।९।१३ गतेमा राजीनामा गरी लिई खेततर्फ माटो ।३।८।७ र वादीतर्फ छुट्टै ती.रु ।१८ समेत तालुक वर्खास हुँदा तहसीलदारमा तिरो बुझाई सो किल्लाभित्रको बारीमा घरसमेत बनाई बसेको छु । मेरो राजीनामामा समेत लेख धनमालहरू घर चोरीमा परेब