निर्णय नं. ७६४ - डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६४ - डाँका भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/19 २२०२ निर्णय नं. ७६४ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२९ सालको फौ.फु.नं. ३१ फैसला भएको मिति : २०३०।५।१९।३ मा निवेदक : मोरङ प्र.हरिचन मौजे विश्वकर्मा घर भई हाल केन्द्रीय कारागार काठमाडौंमा थुनामा रहेको संगीर मिया विरूद्ध विपक्षी : श्री ५ को सरकार मुद्दा : डाँका (१) प्रहरीमा कुटपिट गरी सही गराएको भन्ने भई घा जाँच गराउँदा शरीरमा निल घाउसमेत परेको देखिए प्रहरीमा खुसीराजीले सावित भएको भन्न नमिल्ने । यसमा मुद्दा दोहर्‍याउने अभियुक्त संगीर मियाँ बाहेक अरूका हकमा हाल विवाद नभएकोले निज संगीर मियाँको हकमा निजले कसूर गरे नगरेको के रहेछ भन्ने तर्फ हेर्दा निज प्रहरीमा सावित भए पनि अदालतमा बयान गर्दा प्रहरीहरूले कुटपिट गरी सही गराएको भनी कसूर गरेमा इन्कार रहेको, घा जाँच गराउँदा निजको अंग शरीरमा निल घाउसमेत भए गरेको देखिएकोले प्रहरीमा खुशीराजीले सावित भएको भन्न मिलेन । जाहेरवाला कचालुकी स्वास्नी गाधो राजवंसीले पहिले प्रहरीमा कागज गर्दा निज संगीरसमेतलाई टर्च बत्तिको झल्याक झुलुक उज्यालोबाट वारदात मौकामा प्रष्ट देखे चिनेको भनेकी हकमा निजले पछि अदालतमा बयान गर्दा पचना भन्ने पाहाडचन मिर्गलाल, डल्लू सा तेली ३ जनालाई देखे चिनेको हुँ अरूलाई चिनिन भनेकीबाट निज गाधोले प्रहरी कागजमा संगीरसमेतलाई देखे चिनेको भनेकी कुरा समर्थित हुन आएन पक्राउ गर्न खोज्दा निज संगीर मियाँ आफ्नै घरभित्र भएको पटुवा थुपारेको छेडीं भित्र पस्न लागेको सोही पटुवाका छेडीं भित्र निज पस्न लागेको ठाउँमा चरेसको थाल धागोमा उनेको कम्पनी अठन्नीको माला चाँदीको चुडी साडी थालहरूसमेत भेटिएको भनी प्रहरीहरूले सो मालहरूसमेत बरामद गरी ल्याएको हकमा त्यस्तो मालहरू घरभित्रकै पटुवाको छेडिंभित्र लुकाएको र निज संगीर त्यस्तो दसी लुकाई राखेकै ठाउँमा आफू लुक्न गएकोमा फेला परेको भन्नेसमेत प्रहरी प्रतिवेदन अस्वाभाविक र सन्धिग्ध अवस्थाको देखिन आउँछ । मुख्य ति बरामद भएका मालहरू जाहेरवाला कचलुले पहिले दिएको जाहेरी दर्खास्तमा उल्लेखै नगरेकोमा पछि सनाखत कागज गर्दामात्र पहिले लेखाउन छुट भएको भनी लेखाएको साथै निजको चोरी भएको मालहरू भए चाँदीको कम्पनी अठन्नीको माला बाला जस्तो गहना सारी र दैनिक चलनमा आउने थाल जस्तो भाँडासमेत मौकाको जाहेरी दर्खास्तमा नलेखाई छुटाउनु नपर्ने र ति मालहरू मेरै हो प्रहरीले बाकस तोडी बरामद गरेकोसमेत भनी संगीरले बयान गरेकोमा सो कुरा निजको साक्षीको बकपत्रसमेत बाट समर्थित भइराखेकोले सो मालहरू कचालुको चोरी भए मध्यकै दसी हो भन्न पनि मिलेन वारदात भएको ०२४।११।९ को दिन रात म भारतको घर धर्मगञ्ज भन्ने ठाउँको मेलामा गएको भनी निजसँग बयान गरेको निजका साक्षी शकी राजवंसी, हरपुग मियाँ, रसुल मियाँ, झंगुलालसमेतले निज धर्म मेलामा गएको थियो भनी बकी दिएकोसमेत हुँदा निज संगीर निर्दोष प्रमाणित हुन्छ तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट निज संगीरले सफाई पाउने ठहर्छ निज संगीरको हकमा कसूर ठहराएको शुरु मो.जि.अ.र कोशी अञ्चल अदालतको सदर गरी ०२८।१।९।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु । (प्रकरण नं. १२) निवेदक तर्फबाट : वैतनिक अधिवक्ता सुरेन्द्रबहादुर प्रधान विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर उपाध्याय उल