निर्णय नं. ६७६ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७६ - जग्गा खिचोला भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/१२/१९ २३१६ निर्णय नं. ६७६ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी सम्वत् २०२८ सालको देवानी फुल बेञ्च नम्वर १६१ फैसला भएको मिति : २०२८।१२।१९।६ निवेदक : का.जि.डिल्लीबजार घर भई हाल विराटनगर बस्ने क.हरिविर खत्री क्षेत्री विरुद्ध विपक्षी : का.जि.कमलपोखरी बस्ने केशरबहादुर के.सी. मुद्दा : जग्गा खिचोला (१) ऐनबमोजिम गर्नु भन्ने एकछापे अगावै उजूर परिराखेको कलममा उक्त एकछापेको कुनै असर पर्न नसक्ने । तत्काल प्रचलित जग्गा मिच्नेको १३ नं.मा झगडा परी सरकारबाट थुनुवा भएको जग्गा मामला नफर्छी आफ्नो हक पुग्ने भए पनि अर्कालाई केही व्यहोराले पनि दिन र लिनेले पनि जानी जानी लिन दिन हुँदैन दिए लिए वात लाग्छ भन्ने व्यवस्था भएको प्रस्तुत मुद्दामा सोअनुसार झगडा परी सरकारबाट थुनुवा भएको जग्गा लिएदिएको भन्ने नभएको र १ छापे बमोजिम रोक्का भएको भन्ने हकमा देवलालको जग्गा रोक्का राख्ने सम्बन्धमा तत्कालीन श्री कम्याण्डर इन्चीफबाट ०४।४।१६ मा एकछापे भएकोमा ०४।४।१७ गते वादीले देवलालबाट बन्धकी लिखत गराई लिएको देखिन्छ, तापनि उक्त १ छापेमा देवलालको यो यो जग्गा रोक्का राख्नु भन्ने किटानी उल्लेख नभई केसरबहादुरको अर्को कारिन्दा मदनबहादुरले देवलालको जग्गा जमीन जायजेथा देखाई उजूर गर्न आएमा निजको हक ठहरेको जग्गा जमीन जायजेथा रोक्का गरी राखिदिनु भन्नेसम्म उल्लेख भएको वास्तवमा उक्त १ छापे बमोजिम २००४ साल आश्विनमा मात्र देवलालको यो यो जग्गा रोक्का राख्नु भनी मोरङ गोश्वाराबाट विराटनगर माललाई लेखिपठाई रोक्का राखेको र सो रोक्का राखेको तत्कालीन प्राइम मिनिष्टर श्री ३ महाराजबाट ०५।९।३०।५ मा मात्र सदर भएको समेत देखिन आएकोले मोरङ गोश्वाराले रोक्का राखेको र सो रोक्का राखेको श्री ३ महाराजबाट सदर भएको उपरोक्त मितिभन्दा अगावै ०४।४।१७ मा झगडा परेको जग्गा वादीले देवलालबाट बन्धकी लिखत गराई लिएदिएकोलाई रोक्का भइसकेपछि लिएदिएको भन्न मिलेन । हुकूमको युक्ति परेको उपरोक्त ०५।९।३०।५ को १ छापेमा उजूर परी रहेको देखिएको जग्गाको हकमा उजूर परिरहेबाट ऐनबमोजिम जो हुन्छ सोहीबमोजिम गर्ने गरी दिनु भन्ने हुकूम बक्सेको भन्ने बोली परेकोले सो अगावै पास गराइपाउँ भन्ने वादीको नालिस परिराखेको कलममा उक्त एकछापेले कुनै असर पुर्याएको अर्थ आउन पनि सक्दैन । (प्रकरण नं. १५) (२) पछिको दर्ता दाखिल खारेजले पहिले नै बन्धकी लिखत गराई लिनेको बन्धकी हकमा असर पुर्याउन नसक्ने । झगडा परेको जग्गा देवलालको नाउँबाट केसरबहादुरको नाउँमा ०८।१२।१५।५ मा दाखिल दर्ता गराएको भन्ने हकमा उक्त दाखिल खारेजको १ नं. फाराममा यो कारणले देवलालको नाउँबाट केसरबहादुरको नाममा दर्ता हुन आएको भन्ने कुनै व्यहोरा जनिएको छैन । सो कुरा पटवारीको रिपोर्ट समेतबाट पनि खुल्न सकेको पाइएन । हुकूमको युक्ति परेको उक्त ०५।९।३०।५ को एकछापेमा जग्गा केसरबहादुरका नाममा दर्ता दाखिल खारेज गरी बहाली दिने कुराको हकमा ऐनसवालको रीत पुगेपछि हुने भन्ने उल्लेख भएको आफ्नो नाममा दाखिल दर्ता हुने ऐनसवालको रीत पुगी दाखिल दर्ता भएको सबूद प्रतिवादी केसरबहादुरबाट कुनै आउन नसकेको समेत हुँदा पहिले रोक्का भई पछि हु.प्र.एकछापे बमोजिम केसरबहादुरका नाममा दर्ता हुन आएको भन्ने कुरालाई समर्थन नगर्ने पछिको उक्त दर्ता दाखिल खारेजले पहिले नै