निर्णय नं. ६७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७७ - उत्प्रेषणको आदेश जारी गरी पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०४/२७ २२८८ निर्णय नं. ६७७ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह सम्वत् २०२५ सालको रिट नम्बर ३३३ आदेश भएको मिति : ०२८।४।२७।५ मा निवेदक : जि. कपिलबस्तु तप्पे शिवराज पौडेल मौजे गोरामारी बस्ने गोविन्दनाथ कुर्मी समेत विरुद्ध विपक्षी : श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालयका सचिव समेत विषय : उत्प्रेषणको आदेश जारी गरी पाउँ (१) स्थानीय प्रशासन ऐन, ०२२ को दफा ५ श्री ५ को सरकारको पूर्व स्वीकृति नभई अञ्चलाधीशलाई प्राप्त अधिकार सहायक अञ्चलाधीशलाई प्रत्यायोजन हुन नसक्ने । माथि उल्लेख भएको आधारमा विचार गर्दा स्थानीय प्रशासन ऐन, २०२२ को दफा ५ मा उल्लेख भएअनुसार श्री ५ को सरकारको पूर्व स्वीकृति नभई अञ्चलाधीशलाई प्राप्त भएको अधिकार सहायक अञ्लचाधीशलाई प्रत्यायोजन हुन नसक्ने हुँदा सहायक अञ्चलाधीशले मिति २०२५।३।१९।३ मा गरेको निर्णय अधिकार प्राप्त गरी गरेका नदेखिँदा अनधिकृत भई सो निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर हुने ठहर्छ । जानकारी निमित्त यो आदेशको प्रतिलिपि एक महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फाईल बुझाई दिनु । (प्र.नं. ११) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता देवनाथप्रसाद बर्मा विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता सोभाकर उपाध्याय फैसला न्या. सुरेन्द्रप्रसाद सिंह १ विपक्षीका छागुर पासिले म निवेदक र भाइ सोमनाथ र दिदी सरस्वती कुर्मिनी समेतको नाउँमा भारतीयले नेपाल अधिराज्यको जग्गा जमीन दर्ता गराई रैतीले कमाई आएको जग्गा आफ्नो बहिनी सरस्वती कुर्मिनीको नाउँमा सपोर्ट समेत गरी दिएकोले रैतीले कमाएको जग्गा रैतीलाई दिलाई अरु जग्गा कानूनबमोजिम सरकार लगाई पाउँ भन्ने इत्यादि व्यहोराको उजूर दिएको र यसै विषयमा नेपाल नागरिक ऐन, २०२० को दफा ६ र नागरिक नियम, २२ को नियम ७ बमोजिम सम्बन्धित अधिकारीबाट निज सरस्वती कुर्मिनिसमेत विदेशी नागरिक वा नेपाली नागरिक भन्ने ठहर गरी पठाउनु भन्ने अथ मन्त्रालय मालपोत विभागको प.सं.०२३।२४ मिति ०२३।१।२३ को पत्र प्राप्त हुन आएकोल श्री सहायक अञ्चलाधीशज्यूले सोही आधारमा २०२५।३।९।३ मा म निवेदकलाई विदेशी नागरिक ठहराई पर्चा खडा गरी दिनु भएकोले सो पर्चा उपर नेपाल नागरिकता ऐन, २०२० को दफा १२।१ मुताविक श्री ५ को सरकारमा दोहर्याई पाउँ भनी पेश गरेको आवेदनपत्र जाहेर हुँदा त्यस्ता व्यक्तिहरूलाई नेपाली नागरिक ठहराउन मनासिव नपर्ने भन्ने २०२५।५।२६ मा श्री ५ को सरकारको निर्णय भई आएको म निवेदकको बाजे उमादत्त सम्वत् १९६० भन्दा पनि अघिदेखि नेपाल अधिराज्यभित्र मौजे गोरा मारी वीरपुरसमेत अरु मौजाको जिमिदारी हासिल गरी वीरपुरमा घर बनाई घरद्वार गरी बसी राखेको हामी दाजु भाइ दिदी समेतको जन्म यही अधिराज्यभित्र मावली तप्पे विजुवा मौजे ठूलो सिरहामा भएकोले सरजमिन मौजे गोरा मारिमा भएको हुँदा धेरै जनाले हाम्रो जन्मको विषयमा यकिन भन्न नसकेपनि थाहा पाउने २ जनाले किटानी भनी दिएको पनि छ । मौजे गोरा मारिमा गराइएको सरजमिनको आधारमा जसमा १२ जवान वीरपुरका र गोरा मारिका ९ जवान भएको मध्ये मौजे भारी मौजाका सरन लानिया समेतका ६ जवान मेरो अघिको झगडीया समेत भएकोले म निवेदकको जन्म विदेशको हो भनी भनिदिएकोबाट मलाई विदेशी ठहराएको छ फेला पारेको १९६०, १९६१, १९६३ सालको रैती हरिभजन कुर्मीबाट पोत बुझी बाजे उमादत्तले गरी दिनु भएको रसिदहरूबा