निर्णय नं. ६७८ - उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७८ - उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०७/१२ २२३२ निर्णय नं. ६७८ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको रिट नम्बर ११०५ आदेश भएको मिति : ०२८।७।१२।६ निवेदक : जि.रौतहट प्र.झाझ उत्तर पञ्चायत भलोहिया घर भई हाल रौतहट गौर कारागारमा थुनामा रहेको राम सिंहसन पाण्डेको वा.लोरपोछन झनब्राम्हण विरुद्ध विपक्षी : भूमि प्रशासन कार्यालय रौतहट (गौर) का भू.प्र.श्री बाबुराम पौडेल विषय : उत्प्रेषण वा अन्य उपयुक्त आदेश जारी गरी पाउँ (१) भूमिसम्बन्धी नियम, २०२१ को नियम ३३।३४ अन्तर्गत लिएको ऋणलाई असुल गर्ने सम्बन्धमा नियम ३५ को उपनियम (५) अनुसार हुनुपर्ने–भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५१ (घ) प्रयोग गरी गरेको निर्णय बदर हुने । अतः भूमिसम्बन्धी नियम, २०२१ को नियम ३३,३४ अन्तर्गत लिएको ऋणलाई असुल गर्ने सम्बन्धमा नियम ३५ को उपनियम (५) अनुसार हुनुपर्ने कुरामा भूमिसम्बन्धी ऐन, ०२१ को दफा ५१(घ) प्रयोग गरी गरेको निर्णयमा कानूनी त्रुटि भएको देखिँदा ऋण लिएको सम्बन्धमा भूमिप्रशासन कार्यालय रौतहट (गौर) बाट ०२७।११।१३।५ मा गरेको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको प्रतिलिपि जानकारीको निमित्त विपक्षीकहाँ पठाउनलाई महान्यायाधीवक्ताको कार्यालयमा पठाई नियमबमोजिम गरी फायल बुझाइदिनु । (प्रकरण नं. १६) निवेदक तर्फबाट : अधिवक्ता सुशीलकुमार सिन्हा, अधिवक्ता ठाकुरप्रसाद खरेल, विपक्षी तर्फबाट : का.मु.अतिरिक्त सरकारी अधिवक्ता भैरवप्रसाद लम्साल फैसला न्या.वासुदेव शर्मा १. निवेदक मलोहिया पञ्चायतमा ऋणपत्रको कागज गरी जग्गा धितो लेखी तमसुक गरी ०२५ सालमा कानूनबमोजिम ऋण जिन्सी मन ९८ अन्ठानब्बे लिएको र ०२३ सालमा मेरो श्रीमतीले २५ मन र भाइबुहारी रुपराम देवीले १९ उन्नाइस मन ऋणपत्र गरी ऋण लिएकोमा विपक्षी भूमिप्रशासकले मलाई विनापूर्जि सिपाहीद्वारा पक्राउ गरी बयान गराई जिन्सी धान मन १४६।५।५ को मोल रू.५८२०। तत्कालै बुझाउनुपर्छ नबुझाए जेल पठाइदिन्छु भनेको तर तत्काल बुझाउन नसकेकोमा जम्मा धान मन १४६।५।५ एक सय छयालीस मन पाँच सेर पाँच छटाक आफूले खाई मासी हिनामिना गरेको भनी अभियोग लगाई ऋण रकमलाई बचत हिनामिनाको संज्ञा दिई क्षेत्राधिकार सिर्जना गरी अधिकार नाघी जिन्सीलाई विगोमा परिणत गरी रू.५८२०। असुल गर्ने र विगोबमोजिम रू.५८२०। जरिवाना गर्ने जरिवानाको रकम तुरुन्त नबुझाए दण्ड सजायको नं.३८ (३) बमोजिम मिति २०२७।११।१३ देखि ०२९।११।२२ तक कैद गर्ने गरी मिति ०२७।११।१३ मा विपक्षी भू.प्रशासकले निर्णय गर्नुभएबमोजिम जरिवानाको रकम बुझाउन नसकेबाट म निर्दोषलाई कारागारमा पठाउनु भई गौर जेल थुनामा परिरहेको छु । छुटकारा निमित्त अर्को उपचारको बाटो नहुँदा यस सम्मानित सर्वोच्च अदालतमा यो रिट निवेदन प्रस्तुत गर्न बाध्य भएको छु । निवेदक र निवेदकको श्रीमती राधा प्यारी देवी भिन्न भएको भाइबुहारी श्रीमती रुपसागर देवीसमेतले लिएको ऋण भूमिसम्बन्धी ऐनको परिच्छेद ९ को व्यवस्थानुसार छ र रेकर्डमा रहेको कुरा विपक्षी भू.प्र.ज्यूको निर्णयको अध्ययनबाट प्रष्ट हुँदाहुँदै निवेदकले हिनामिना गरेको दोष लाग्नै नसक्ने प्रष्ट छ । उठेको वचतलाई समितिले ऋण लगाएको छ भने त्यस्तो अवस्थामा निवेदकले हिनामिना गरेको भन्नु सरासर गलत तर्क भएको छ । अनिवार्य वचत रकमबाट जम्मा भएको रकममात्र समिति (तत्कालिन वार्ड समिति) ले क