निर्णय नं. ६७९ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६७९ - लेनदेन भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/२० ४८८६ निर्णय नं. ६७९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२८ सालको दे.फु.नं. १३३ फैसला भएको मिति : २०२९।१।२०।३ पुनरावेदक : पोखरा नगरपञ्चायत अन्तर्गत बागबजार बस्ने हरिप्रसाद शेरचन विरुद्ध पुनरावेदक : ऐ. ठूलोबगर भीमकाली पाटन बस्ने रुकमिनीदेवी मुद्दा : लेनदेन (१) लेनदेन व्यवहारको ६ नं.–ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभए लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने अर्थ गर्न नमिल्ने । लेनदेन व्यवहारको ६ नं.मा लिखतमा ब्याज नलेखिएकोमा ब्याज पाउँदैन भन्ने उल्लेख भएको कुरालाई आधार लिई वादी दावीको लिखतमा जग्गा भोग गर्न नपाएकोमा ब्याज पनि दिने शर्त नभएकोले ब्याज नपाउने भन्ने मा.न्या.श्री चन्द्रप्रसादले आफ्नो राय व्यक्त गर्नुभएको हकमा रजिष्ट्रेशनको ६ नं.लाई अलग राखी उक्त लेनदेन व्यवहारको ६ नं.लाई मात्र ध्यानमा लिई हेर्ने हो भने पनि वादी दावीको लिखतमा ब्याजको कुरा उल्लेखै नभएको नभई सो जग्गा भोग गरुन्जेल साहूले ब्याज र आसामीले आयस्ता खोज्न पाइने छैन भन्ने उल्लेख गरी साहूले जग्गा भोग गरेकोमा सम्म ब्याज नपाउने शर्त राखेकोले साहूले जग्गा भोग गर्न नपाएकोमा ब्याज पाउने मनसाय राखी उक्त लिखत भए गरेको प्रष्ट हुन्छ । ब्याज नलेखिएको भन्न मिल्ने अवस्थाको लिखत नभएकाले यसमा उक्त लेनदेन व्यवहारको ६ नं.को प्रश्न उठाई ब्याज नपाउने भन्ने अर्थ गर्न मिल्दैन । (प्रकरण नं. १२) (२) लेनदेन व्यवहारको २३ नं.–लिखत रजिष्ट्रेशन पास हुन नसकी कपाली हुने भई साहूले भोग गर्न नपाएको देखिन आएमा लेनदेन व्यवहारको २३ नं.को विवेचना गर्नु प्रासंगिक नहुने । जहाँसम्म लेनदेन व्यवहारको २३ नं.को प्रश्न छ त्यसमा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गयो भने लिखत भए लिखतबमोजम हुन्छ लिखत नभए पनि सावाँ र ऐनबमोजिम ब्याजसमेतमा साहूले दावी गरी लिन पाउँछ भन्ने उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दामा भोग गर्न नपाउने केही कुराले लेखिएको कुरा कच्चा ठहर्न गई साहूले भोग गर्न नपाएको भन्ने नभई लिखतै रजिष्ट्रेशन पास हुन नसकी कपाली हुन गएकोबाट लिखतमा लेखिएको घरजग्गा साहूले भोग गर्न नपाएको देखिन आएकोसमेत हुँदा उक्त लेनदेन व्यवहारको २३ नं.को विवेचना गरिरहनु प्रासंगिक छैन । (प्रकरण नं. १३) पुनरावेदक वादी तर्फबाट : पुनरावेदक प्रतिवादी तर्फबाट : उल्लिखित मुद्दा : (दे.फु.नं. ८३, वादी डिल्लीराज भण्डारी वि. प्रतिवादी नरबहादुर, लेनदेन) फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. व्यापार व्यवसाय गर्न ऋण कर्जा दिनु पर्यो टंकनाथबाट राजीनामा गरी लिई मेरो हक सो जग्गामा वनेको लम्बाई मोहडा हात ११ गज हात १५ को गारो कर्कट टिनको छाना भएको २ तले पक्की घर ऐनबमोजिम भोगबन्धकी लिखत गरी ऐनका म्याद भित्र पास समेत गरी दिन्छु मलाई मोहरू ९५००। नभई व्यापार व्यवसाय गर्न असुविधा भयो भनी निजको एकाघरसँगको लोग्ने पशुपतिभक्त र अन्यायकी रुकमणी श्रेष्ठनी समेतलाई भनेकाले निज रुकमणीको नाउँबाट खरीद भई बनेको घर र सो घरले चर्चेको पिछुवाड जग्गा समेत भोगबन्धकी लिखत गरी दिएमा रू.९५००। हामीले दिने सल्लाह सम्मत्ति भई म अमृतप्रसादले रु. ३८००। र म हरिप्रसादबाट रू.५७००। समेत जम्मा रू.९५००। कर्जा दिई ०२२।५।३० मा हामीलाई भोगबन्धकी लिखत गरी दिनु भएक