निर्णय नं. ७६७ - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६७ - जग्गा खिचोला भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/22 २०९७ निर्णय नं. ७६७ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री वृषबहादुर थापा सम्वत् २०२८ सालको दे.फु.नं. १३६ फैसला भएको मिति : २०३०।५।२२।६ मा निवेदक : पु.१ नं.सिन्धुपाल्चोक सिपाटार बस्ने भवनाथ लम्साल विरूद्ध विपक्ष : ऐ.ऐ.बस्ने राजमान तामाङ्गसमेत मुद्दा : जग्गा खिचोला (१) राजीनामा लिखतको अभावमा रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन नसक्ने । यसमा खिचोलामा दावी परेको झगडा परेको जग्गा मेरा बाबु गोपीलालले प्रतिवादीको बाजे दिनर्धे भोटेसँग रू.४५। मा राजीनामा लिई हक भएको भन्ने वादी र राजीनामा दिएको होइन वादीको बाबु गोपीलाललाई मेरो बाबु नुर्बुले रू.१५। मा बन्धकसम्म दिएको हो भन्ने प्रतिवादीको भनाई भई विवाद उठेको रहेछ प्रतिवादीको बाजे दिनर्धे भोटेले गरिदिएको भनी वादीले पेश गरेको १९५५ साल मिति जेष्ठ बदी ५ रोज ३ को राजीनामा लिखत हेर्दा त्यसमा लेखक साक्षी बाहेक कारणीसमेतको सहिछाप नभएको गुणन चिन्हसम्म लगाएको देखियो साविक मुलूकी ऐन कागज जाँचको २० नं.मा १९६१ साल बैशाख १ गतेदेखि अघिको लिखतमा सही वा नाउँ लेखी वा छाप वा ल्याप्चे सही नपरे छाप लगाई वा यी ४ थोकमा १ थोक पनि गरी सहिछाप नपरेको, कागजबाट नालिश उजूर सुनिन नसक्ने व्यवस्था भएकोले राजीनामा भनेको उक्त लिखतलाई प्रमाणमा लिन नमिल्ने र राजीनामा लिए दिएको कानूनको रीत पुगेको अरू लिखत सबूद वादीबाट पेस दाखिल हुन सकेको पाइएन । राजीनामा भएको हो कि होइन भनी निश्चित गर्ने एउटा मुख्य प्रमाण दर्ता पनि हो झगडा परेको जग्गा किपट खारेज भई १९८६ सालमा रैकरमा दर्ता हुँदा वादी तर्फबाट आफ्नो नाममा दर्ता गराउन नसकी प्रतिवादीकै बाजे दिनर्धेका नाममा दर्ता भई राखेको दर्ता उतारबाट देखिन आएको छ वादीतर्फबाटै भोग तिरो गरेको पहिले देखिको रसिद पेस हुन आएको र कुनै रसिदमा वादीलाई मोही जनाएको भन्ने हकमा भोगबन्धकीमा लिएकोमा पनि जग्गामा भोग तिरो साहुको हुने हुनाले कानूनबमोजिम रीत पुगेको राजीनामा लिखतको अभावमा त्यस्तो रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन सक्ने होइन त्यसकारण वादीको भनाई अनुसार राजीनामा भएको कायम मान्न मिलेन राजीनामा कायम नभएपछि प्रतिवादीको भनाई अनुसार भोगबन्धकी कायम मान्न पर्ने हुन आएको छ । राजीनामा कायम नभएकोले जग्गामा खिचोला गरेको भन्ने दावी पनि कायम नहुने हो कि भन्न भोगबन्धकीमा दिएको जग्गा बन्धकी थैली साहूलाई बुझाई ननिखनेसम्म जग्गा साहूकै भोग कब्जामा रहने र आसामीले जवरजस्ती गरी लिन नपाउनेमा बन्धकी थैली बुझाई निखनी लिइसकेको छु भन्न प्रतिवादीले नसकेको र ऋण निश्चितमा भूमिसुधारमा उजूर गरी ऋण साधन गराएको भन्ने जिकिरको हकमा प्रमाणमा आइराखेको ऋण निश्चितको मिसिलबाट ८९ नं.किताको ऋण निश्चित भएको देखिएको यो झगडा परेको १०२ नं.कित्ताको ऋण निश्चित भएको देखिन नआएकोले जग्गामा खिचोला नगरेको भन्न ठहराउन मिल्ने देखिएन तसर्थ उपरोक्त उल्लेख भए बमोजिम कारणहरूबाट झगडा परेको जग्गा राजीनामा लिएको कायम हुन नसक्ने भोगबन्धकी कायम हुने र भोगबन्धकी कायम भए पनि त्यस्तो भोगबन्धकीमा दिएको जग्गा बन्धकी थैली बुझाई ननिखनेसम्म भोग चलन गर्न पाउने हक वादीकै कायम रहनेमा प्रतिवादीले खिचोला गर्न गएको समेत ठहर्छ । जग्गा भोगबन्धकीमा वादीले नै भोग चलन गरी आएको भएपछि जग्गाको तिरो भरो वादीले