निर्णय नं. ६८० - गुठी धर्मलोप
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८० - गुठी धर्मलोप भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/३० २४६९ निर्णय नं. ६८० ने.का.प. २०२९ फुलेबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्या सम्वत् २०२७ सालको दे.फु.नं. ११० फैसला भएको मिति : २०२९।१।३०।६ निवेदक : जि.महोत्तरी मौजे पोखरिभिंडा बलवा बस्ने बरुणदास बैष्णव विरुद्ध विपक्षी : ऐ. बस्ने बलिराम दास वैष्णवसमेत मुद्दा : गुठी धर्मलोप (१) कानूनको अभावमा सिंगल बेञ्चको फैसला नजीर लिई अधिकार क्षेत्र भएको कायम गर्न नमिल्ने । यिनै वादी बरुणदास र प्रतिवादी बलीरामदास समेतको जग्गा खरीद बिक्री धर्मलोप मुद्दा महोत्तरी गुठी मालबाट हेरे छिनेकोमा अपील तह चल्दै आई ०१५।९।१८।६ मा सर्वोच्च अदालत पूर्व दौडाहा सिंगल बेञ्चबाट अन्तिम निर्णय भएको देखिएकोले सोही सरह यो मुद्दा माल गोश्वाराको अधिकार क्षेत्र नभएको भनी खारेज गर्न नमिल्ने भन्ने तर्क उठाइएको हकमा कानूनको अभावमा सिंगल बेञ्चको फैसलाको नजीर लिई त्यसबाट माल गोश्वाराको अधिकार क्षेत्र भएको कायम गर्न मिल्दैन । (प्र.नं. १७) (२) अ.बं.३५ नं.–आफ्नो अधिकार क्षेत्र नभएको मुद्दा हेरे छिनेको बदर हुने । आय र कर अदालतले आफ्नो अधिकार क्षेत्र नभएको भनी सारी पठाएको पुनरावेदन सर्वोच्च अदालतले हेरी निर्णय दिन नमिल्ने भन्ने यस बेञ्चका सहयोगी मा.न्या.श्री विश्वनाथले राय व्यक्त गर्नु भएको हकमा यस्तै प्रश्न उठी फुल बेञ्चसम्म आएको दे.फु.नं. ११२ वादी नारायणदास प्रतिवादी ले.ज.माधव शमशेरको जिमिदारी जिरायत मुद्दामा आय र कर अदालतले पठाएको पुनरावेदन सर्वोच्च अदालतले हेरी निर्णय दिन हुने सिद्धान्त प्रतिपादित भई ०२८।८।३।६ का फुल बेञ्चबाट निर्णय भइसकेको हुँदा र पक्षले पनि यो प्रश्न नं. उपस्थित नगरेकाले उक्त प्रश्न यो मुद्दामा उठाउनु अप्रासंगीक हुन्छ । तसर्थः आफ्नो अधिकारक्षेत्र नभएको मुद्दा हेरे छिनेको अ.बं.३५ नं.ले बदर हुने हुँदा सो अनुसार माल गोश्वाराले हेरेछिनेको खारेज हुने ठहराई ०२५।१०।१७।५ को डिभिजन बेञ्चले छिनेको मनासिवै छ । कोर्टफी राखेकोले मुद्दा दोहर्याईएमा अरु सजाय गर्नु परेन नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. १९,२०) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्ष तर्फबाट : अधिवक्ता लवदेव भट्ट उल्लिखित मुद्दा : (दे.फु.नं. १२, वादी नारयाणदास वि.प्रतिवादी ले.ज.माधव शमशेर ज.ब.रा.जिमिदारी जिरायत) फैसला न्या. धनेन्द्रबहादुर सिंह १. पुर्खाले कुटी बनाई श्री ठाकुरजी स्थापना गरी धेरै जग्गा जमिन जोडी नित्य निमित्त पूजा धर्म सदावर्त चलाई पछि बाबा गुरु मनिरामदासको तालुकमा रहन आउँदा केही जग्गा सट्टापट्टा गर्नु भएकोमा वहाँको चेलो गुरु बलिरामदासको उजूरी परी तह सँगै फैसला हुँदा सट्टापट्टा गरी हटाएको सदर गर्ने अब जग्गा कुटी स्थानबाट हटाउन नपाउने गरी ८९।७।२८ मा तोक सदर भई शेषपछि बलिराम दासका पालामा असल जग्गा हटाई कमसल जग्गा जोडी संख्या पुर्याउने गरी धर्मलोप गरेमा मेरो उजूरीबाट गुठीका १५ नं. बमोजिम सदर नहुने स्थानको जग्गा स्थान तालुक गराइदिने गरी ०१३।९।१० मा भएको म.गु.मालको फैसला उपर अपील परेकोमा अपील नपरेको हकमा म.गु.मालको इन्साफ सदर अरुको हकमा गुठीका २४ नं.को म्याद नघाई उजूर गरेको सं.अ.सिंगल बेञ्चबाट ०१५।८।१८ मा फैसला भएको सोही मुद्दामा साहू उतिम राउत ग्वारले लिएको जग्गाको मोल बुझी जग्गा स्थानलाई फिर्ता गर्ने गरी ०१३।९।१० मा म.गु.माल