निर्णय नं. ६८१ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८१ - डाँका भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०६/२९ २२३२ निर्णय नं. ६८१ ने.का.प. २०२९ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको फौ.फु.नं. ३८ आदेश भएको मिति : ०२८।६।२९।३ पुनरावेदक : जि.प्र.म. बस्ने महन्त रामचन्द्रदास वैष्णव विरुद्ध विपक्षी : ऐ. रजखोर कोइरी टोल बस्ने नेवा साहू तेलीसमेत मुद्दा : डाँका (१) झगडीया झिकाउनेसम्मको आदेशलाई फैसलाको स्तरमा राखी रुलिङ्ग नमिलेको भन्न नमिल्ने । एक डिभिजन बेञ्चले एउटा कुनै कानूनी सिद्धान्त प्रतिपादित गरी छिनेको रुलिङ्गसँग अर्को कुनै डिभिजन बेञ्च सहमत नभएकोमा त्यस्तोलाई डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको मानिने र उपरोक्त नियम ३३ को देहाय (ख) अनुसार फुल बेञ्चमा पेश गर्नुपर्ने हुन्छ, प्रसंगवस ०१९।८।२९।६ को डिभिजन बेञ्चको रुलिङ्गसँग ०२३।२।१३।५ को डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था छ छैन भन्ने कुरा पनि विचारणीय हुन आएको छ । त्यसतर्फ हेर्दा ०१९।८।२९।६ को डिभिजन बेञ्चले चोरीको ऐनबमोजिम डाँकाको वारदात कायम गरी सकेकोमा ०२३।२।१३।५ को डिभिजन बेञ्चले लुटपीटको ऐनबमोजिम लुटपीटको वारदात कायम हुने भनी लुटपीट ठहराई फैसला गरी अन्तिम निर्णय भए गरेको भए उक्त २ डिभिजनबञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने अवस्था आउन सक्ने थियो । तर ०२३।२।१३।५ को डिभिजन बेञ्चले त्यस किसिम लुटपीटको वारदात ठहराई अन्तिम निर्णय भए गरेको नभई वारदातको रुपबाट लुटपीट कायम गर्नुपर्ने मुद्दालाई डाँकाको वारदात कायम गरी निर्णय भएको नमिलेकोबाट अ.बं.२०२ नं. बमोजिम छलफलको निमित्त वादीहरूलाई झिकाउने भन्ने कारवाईको रुपमा एउटा आदेशसम्म दिएको देखिन्छ । उक्त आदेशानुसार छलफलमा झगडीया झिकाई अर्को बेञ्चमा मुद्दा पेश हुँदा छलफलमा झगडीया झिकाउने बेञ्चकै राय कायम राखी फैसला गर्नुपर्ने बाध्यता नभएको र पुनः मुद्दाको सुनुवाई गर्ने बेञ्चले न्यायिक मन लगाई तथ्य र कानूनको विवेचना गरी आफ्नो निष्कर्षअनुसार अर्कै निर्णय दिन पनि सक्ने र सोही निर्णय अन्तिम मानिनेसमेत हुँदा अ.बं.२०२ नं. बमोजिम छलफलमा झगडीया झिकाउने सम्म कारवाईको रुपको ०२३।२।१३।५ को डिभिजन बेञ्चको आदेशलाई मुद्दाको अन्तिम निर्णय मानी १९।८।२९।६ को डिभिजन बेञ्चको फैसलाको स्तरमा राख्न नमिल्ने प्रष्टै छ यस स्थितिमा उक्त २ डिभिजन बेञ्चको रुलिङ्ग नमिलेको भन्न मिल्ने पनि देखिन आउँदैन । (प्र.नं. ७) पुनरावेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे आदेश न्या. धनेन्द्रबहादुर सिंह १. प्रस्तुत मुद्दामा चोरीको १।७।९ नं. को वारदात मिल्न आएकोले वारदात डाँका कायम हुने र अभियुक्त महन्त रामचन्द्र दास मुख्य भई जयकान्त झा, मुसुफमा मीन विलट चौधरी, लक्ष्मी अमातदेव नन्द ठाकुरको नाम नजानेको ठूलो छोरा, मुटाको दाजु दुर्योधन कुर्मी, विन्देश्वरसि, धरखन राउत, सुरेस सिं भक्तबहादुर खत्री, भक्तबहादुरको नाम नजानेको भाइ हर्षबहादुर खत्री, निजको नाम नजानेको भाई मानबहादुर खत्री, राम एकवाल सिं मिथुवा कोइरी, हरिदत्त खाँ थारु, मनका कोइरी समेतले डाँका गरेको ठहर्छ, अरुले सफाई पाउने भन्ने महोत्तरी अपीलका हाकिम सुब्बा इश्वरी जङ्गबहादुर सिहंहका ०१५।३।२६।५ को फैसला र वारदात लुटपीट ठहर्ने भन्ने अ.ना.सु.घनानाथ ख.कुलप्रसादको सोही मितिको राय पर्चा भई छिनिए पछि वादी बलबहादुुर समेतको र प्रतिवादी रामचन्द्र दासको पुनरावेदन परी आएकोमा सुरेस सिंका नाउँको म्या