निर्णय नं. ७६९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७६९ - अंश भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/05 २३४९ निर्णय नं. ७६९ ने.का.प २०३० फुल बेञ्च माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२८ सालको देवानी फु.नं. १६२ फैसला भएको मिति : २०३०।६।५।६ मा निवेदक : जि.रूपन्देही तप्पे हाटी मौजे कानपारा बस्ने हरेराम थारू विरूद्ध विपक्षी : ऐ. तप्पे खुटहट मौजे नन्दवा बस्ने झब्बु पश्चिम थारू मुद्दा : अंश (१) सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने त्यतिको कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको पक्का सबूद भएमात्र मान्नुपर्ने । हरेरामको बाबु रामऔतार कानपारा मौजामा बसाइँ सरी गएको भनी वादीले लेखेको हरेराम कानपारामा गई बसेको भन्ने कुरालाई प्रतिवादी बदलुले पनि मानेकै र हरेरामले बयान गर्दा बाबुराम औतार ७६।७७ सालमा के हो कानपारा गई बसेका भनी लेखेकाले हरेरामको बाबु रामऔतार मानु छुट्टी बसेको भन्ने कुरामा वादी प्रतिवादी र पेटबोलीबाट बुझिएको हरेरामको मुख मिलेकाले रामऔतार र हरेरामको कानपाराको जग्गा बण्डा गर्नु नहुने भनी तर्क उठेकोमा सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने पनि त्यतिकै कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको मितिमा २ थरको मुख मिलेको वा मानो छुट्टिएको हो भन्न मिल्ने पक्का सबूद लिखत भएमात्र मानु छुट्टिएको हो भनी मान्नु पर्नेमा त्यस्तो प्रमाण केही देखिएन प्र.बदलुले आफ्नो प्रतिवादीमा हरेराम कानपारामा खेती गरी सगोलमा बसी आएको, पछि ०६ सालमा अंशबण्डा हुँदा हरेरामका भागमा जग्गा विगाहा ९–४–३ परेकोमा पानी लाग्ने भएकाले कानपाराको जग्गा विगाहा ८।।.।।।३ भई घटी भए पनि कानपाराको जग्गा खान्छु पनि पालितर्फको जग्गा अरू भाइलाई छोडिदिएको पनि र अञ्चल अदालतमा दिएका पुनरावेदनमा हरेरामसँग हाम्रो मानो छुट्टिएको नभई सगोल सराकतकै आर्जनको कानपाराको नम्बरी जग्गामा बसी आएको हाम्रो सगोलको जग्गा हो भन्ने जिकिर लिएको कानपाराको जग्गा पनि अंशबण्डा हुने हो भने फिरादीले पनि पुनरावेदनमा जिकिर लिएको हरेराम वा निजको बाबु रामऔतार हामीसँग यो साल महिना मितिदेखि मानु छुट्टिई बसेको हो भनी फिरादीले पनि मिति किटान गरी नभनेकाले ७७ साल चैत्रमै मानु छुट्टिएको मिति कायम गर्न मिल्ने आधार केही पाइएन ७७ सालमै मानु छुट्टिई कानपारामा बसेको भए त्यसपछि ८७ र ९१–९२ सालमा प्र.बदलुका बाबुले खरीद गरी दर्ता भए भनेका जग्गामा हरेरामले कसरी अंश भाग पाउने सो जग्गामासमेत अंश भाग पाउने ठहराई भएको निर्णय उपर पनि निजले कुनै खण्डन नगरी त्यसतर्फ पनि मौन रहेकाले यस स्थितिमा हरेरामका निजका बाबुको र फिरादीसमेतको मानो छुट्टिएको मिति फिराद दर्ता भएको अघिल्लो दिन लाई नै कायम गर्नु पर्ने हुन आएको छ । (प्रकरण नं. १५) निवेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्ष तर्फबाट : अधिवक्ता प्रेमकृष्ण पाठक फैसला न्या. जयदेव भट्ट १. प्रस्तुत मुद्दा न्यायिक समितिको सिफारिसमा नेपालको संविधान धारा ७२(ख) अनुसार मुद्दा दोहर्‍याई दिनु भन्ने श्री ५महाराजाधिराजबाट बक्स भई आएको २०२८।३।३१।५ को हुकुम प्रमाड्डी बमोजिम दोहरिएकोबाट यस बेञ्च समक्ष पेश हुन आएको छ । २. मुद्दाको विवरण यसप्रकार छ : मेरो जिजु बाजेको ३ भाइ छोरामा जेठा जगदेउ,