निर्णय नं. ६८२ - जोताहा हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८२ - जोताहा हक कायम भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०१/१३ २०१४ निर्णय नं. ६८२ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह सम्वत् २०२८ सालको दे.फु.नं. १२८ फैसला मिति : २०२९।१।१३।३ मा पुनरावेदक : का.जि.बालाजु बुढाटार बस्ने सु.वे.जगतबहादुर टण्डन क्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने कृष्णबहादुर भुजेल मुद्दा : जोताहा हक कायम (१) ऐनले लाग्न नसक्ने पुनरावेदन खारेज हुने । यस्तो मोहियानी हकको तेरो मेरो सम्बन्धी कुरामा झगडा परेको मुद्दा भूमिसम्बन्धी ऐन, ०२१ को थप दफा ३१ (क) अन्तर्गत पर्न आउने र त्यस्तो निर्णय उक्त दफा ३१ (क) अनुसार तोकिएको अदालतबाटै गरिने प्रष्टै छ । यो मुद्दा शुरु का.जि.अ.ले ०२५।४।१५।३ मा फैसला गर्दाको बखत प्रचलनमा रहेको ०२४ साल माघ ९ गतेको प्रकाशित श्री ५ को सरकार भूमिसुधार कृषि तथा खाद्य मन्त्रालयको सूचनाले दफा ३१(क) को प्रयोजनको निमित्त अदालतमा जिल्ला अदालतलाई तोकी राखेकोले प्रस्तुत मुद्दा का.जि.अ.ले उक्त सूचनाअनुसार आफूलाई तोकिएको अधिकार क्षेत्र भित्रको मुद्दा छिनेको भन्नमा कुनै शंका छैन यस्तो तोकिएको अदालतमा परेको मुद्दा मामिलामा सो अदालतले तोकिएको नाताले छिनेको तर भूमिसम्बन्धी ऐनको दफा ५५ ले कुनै अदालतमा पुनरावेदन लाग्न नसक्ने हुँदा प्रस्तुत मुद्दामा का.जि.अ.को ०२५।४।१५।३ को फैसलाउपर पुनरावेदन लाग्न सक्ने देखिँदैन । तसर्थ ऐनले लाग्न नसक्ने प्रष्ट देखी राखेको पुनरावेदन खारेज गर्ने गरेको ०२७।१०।५।२ को डिभिजन बेञ्चका मा.न्या.श्री धनेन्द्रबहादुर सिंहले व्यक्त गर्नुभएको राय मनासिव ठहर्छ का.जि.अ.को ०२२।४।१५।३ को फैसलाबमोजिम वादी कृष्णबहादुरलाई प्रतिवादी जगतबहादुरबाट भराई दिने गरेको कोर्टफी रू.१०। दश ०२५।११।२ मा सर्वोच्च अदालतमा धरौट दाखिल गरेको देखिँदा उक्त कोर्टफी भराई पाउँ भन्ने वादीको म्यादभित्र दर्खास्त परेमा सोही धरौट रहेकोबाट भराई दिनु भनी कानूनबमोजिम लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. ८) पुनरावेदक तर्फबाट :  विपक्षी तर्फबाट :  उल्लिखित मुद्दा :  फैसला न्या. झपटसिंह रावल १. हिरालाल धोवीको कित्ता २ को रोपनी ४ मध्ये रोपनी २ जग्गा विपक्षी जगतबहादुरले मोहियामा कमाएको निजबाट मैले मगनीमा लिई बासोबाससमेत गरी ०१५ सालदेखि कमाई कुत तिर्ने गरी आएकोमा ०२२ सालको बाली लगाउन खोज्दा कमाउन दिन्न भनी आफैले बाली लगाएकाले मेरो मोहियानी हक कायम गरिपाउँ भन्नेसमेत वादी । २. सो जग्गा म आफैंले कमाई कूत तिरी आएको हुँ वादीलाई मगनीमा कमाउन दिएको छैन भन्नेसमेत प्रतिवादी । ३. कृष्णबहादुरले दर्ता गराएको बदर नहुने भई यिनै वादी तथा प्रतिवादीहरूको नि.नं.७३१ को मिसिल आजै फैसला भएकोले मोही निष्काशन गर्न खोजेकै ठहर्छ भन्नेसमेत काठमाडौं जिल्ला अदालतको फैसला । ४. काठमाडौं जिल्ला अदालतको फैसला बदर गरी मेरै जोत भोगको जग्गा कायम गरी पाउँ भन्नेसमेत प्रतिवादीको पुनरावेदन । ५. जवरजस्ती मोहिया हक दखल गरिरहेकोले मेरो मोहिया हक दखल गर्न नपाउने गरिपाउँ भन्नेसमेत वादी दावी भएको यो मुद्दा काठमाडौं जिल्ला अदालतले मोही निष्काशन गर्न खोजेको ठहरेकोले भूमिसम्बन्धी ऐन, ०२१ को दफा ३२ को उपदफा (१) को देहाय (ख) बमोजिम प्रतिवादीलाई रू.२०। जरिवाना हुन्छ भन्दै चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावदेन गर्न जानु भनी सुनाई दिने भन्नेसमेत ०२५।४।१५ मा फैसला