निर्णय नं. ७७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/02/08 १९८८ निर्णय नं. ७७० ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री मीनबहादुर थापा माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् : २०२९ सालको रिट नम्बर ८७० आदेश भएको मिति : २०३०।२।८।२ मा निवेदक : जिल्ला धनुषा नं.पं.जनकपुर धाम वडा नं.४ बस्ने रामशरण शाहु कलवार विरूद्ध विपक्षी : जनकपुर चुरोट काखाना प्रा.लि.का का. मु.महाप्रबन्धक राजनारायण सिंह थापासमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) “अत्यन्त जरुरी कारण परेमा” भन्ने अपवाद आत्मिक आधारमा प्रयोग गर्न नसकिने, त्यसको कुनै वस्तुनिष्ट आधार हुनुपर्ने, र सो अन्तर्गत कुनै कर्मचारीलाई बर्खास्त गर्दा सो आधार स्पष्टरूपमा व्यक्त गरिएको हुनुपर्ने, नभए सो अपवाद अन्तर्गत सो सजाय भएको भन्न नमिल्ने। उपर्युक्त जिकिरहरू र कानूनी व्यवस्थाको सन्दर्भमा अब माथि उल्लिखित पहिलो प्रश्नमा विचार गरौं निवेदकलाई उक्त ९(१) बमोजिम सात दिने सूचना दिइएको छैन भन्ने कुरा त निर्विवाद छ । मौखिक रूपमा स्पष्टीकरण पेश गर्ने मौका दिइएको थियो भन्ने प्रतिरक्षीतर्फका विद्वान अधिवक्ताको बहस जिकिरका हकमा उक्त नियम ९ को सन्दर्भमा सो जिकिर विचारणीय देखिन आउँदैन कारखानाका कर्मचारीलाई या त उक्त नियम ९ मा रहेको अपवाद बमोजिमको अवस्थामा सफाइको मौकै नदिएर पनि बर्खास्त गर्न सकिन्छ या त सो नियम अनुसारको विधिवत सूचना दिएरमात्र बर्खास्त गर्नुपर्दछ । मौखिक सूचना मौखिक स्पष्टीकरण वा कडा कारवाईको सूचना ईत्यादिको उक्त नियम ९ को सन्दर्भमा कुनै गुन्जायश नै छैन । निवेदकको बर्खासी उक्त नियम ९(१) को अपवाद भित्र पर्दछ भन्ने पनि विद्वान अधिवक्ताले आफ्नो बहसमा जिकिर लिनु भएको छ । तर कारखानाबाट निवेदकले पाएको बर्खासी पूर्जिमा अथवा प्रतिरक्षीहरूबाट प्रस्तुत गरिएको लिखितजवाफमा निवेदकको बर्खासी उक्त अपवाद अन्तर्गत भएको हो भन्ने कुरा व्यक्त भएको पाइँदैन । सयकडौं मजदूर काम गर्ने कारखानामा निवेदकले पटक पटक अनुशासनहीनता गरेकोले निजलाई बर्खास्त गर्न अत्यन्त जरूरी हुन गएको थियो भन्ने विद्वान अधिवक्ताको बहस छ र प्रतिरक्षीहरूको लिखितजवाफमा पनि सो कुरा उल्लेख भएको पाइन्छ । जहाँसम्म निवेदकलाई बर्खास्त गर्न जरूरी थियो वा थिएन भन्ने कुरा छ, सो कुरा यहाँ विचारणीय छैन । सो कुरा रिट निवेदनपत्रबाट विचार हुने कुरा पनि होइन । तर निवेदकलाई सफाईको मौका दिनै नसकिने तत्काल बर्खास्त गर्नु पर्ने कुनै अत्यन्त जरूरी कारण परेको थियो वा थिएन भन्ने कुरा उक्त नियम ९(१) को सन्दर्भमा विचारणीय हुन आउँदछ । त्यस सम्बन्धमा निवेदकलाई दिइएको बर्खासी पूर्जिमा वा प्रतिरक्षीले पेश गरेको लिखितजवाफमा केही पनि उल्लेख भएको देखिँदैन । कारखानामा काम गर्ने मजदूरहरूको संख्या धेरै भएको कारणलेमात्र नियमको सामान्य व्यवस्थाको उपेक्षा गर्न सकिन्न र मजदूरको संख्यालाई अत्यन्त जरूरी कारण सम्झन पनि मिल्दैन । यदि त्यसैलाई अत्यन्त जरूरी कारण मान्ने हो भने उक्त नियम ९(१) को सामान्य व्यवस्था स्वतः निष्क्रय हुन जान्छ । “अत्यन्त जरूरी कारण” परेमा भन्ने अपवाद आत्मनिक आधारमा प्रयोग गर्न पनि सकिन्न । त्यसको कुनै वस्तुनिष्ठ आधार हुनु पर्दछ र सो अन्तर्गत कुनै कर्मचारीलाई बर्खास्त गर्दा सो आधार स्पष्टरूपमा व्यक्त गरिएको हुनु पर्दछ । यदि सो भएको छैन भने सो अपवाद अन्तर्गत सजायको आदेश दिइएको हो भन्ने सम्झन मिल्दैन । (प्रकरण नं. ७) निवेदक तर्फबाट : अधिव