निर्णय नं. ६८४ - डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८४ - डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/१७ २५३७ निर्णय नं. ६८४ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०२५ सालको फैज्दारी विविध नम्बर २६ फैसला मिति : ०२८।८।१७।६ निवेदक : पु.३ वामजे बस्ने पुटि सेर्पीनीको जाहेरी परेको वादी श्री ५ को सरकार विरुद्ध विपक्षी : पु.३ नं.सोलुसिरुवा बस्ने मकरध्वज बस्नेत क्षेत्रीसमेत मुद्दा : डाटिलाई कर्तव्य पारी मारी वेपत्ता पारे (१) लाससहित अन्य सबूद नपाइएकोमा अपराध गरेको ठहराउन र सजाय गर्न न्यायसंगत नहुने । तसर्थ प्रतिवादीहरूले डाटीलाई कर्तव्य गरी मारे मराएको भन्ने कुराको गणेशकुमारीको लेखबाहेक अन्य कुनै तथ्य सबूद प्रमाण केही देखिन नआएको गणेशकुमारीको भनाई माथि लेखिएबमोजिम कुरा फरक परी प्रमाणमा लिन शंकायुक्त देखिएको हुनाले लाससहित अन्य सबूद नपाइएको गवाहीको लेख बयान शंकारहित हुन बेगर प्रतिवादीहरूले कसूर अपराध गरेको भनी ठहराउन र सजाय दिन न्यायसंगत भएन, कसूर ठहराई सजाय दिने गरेको काठमाडौं विशेष अदालतको ०२१।५।१३।६ को र डिभिजन बेञ्चको ०२४।१।२१।५ को फैसला मिलेको नदेखिँदा अरु तपसीलबमोजिम गर्नु । (प्र.नं. ३५) वादी तर्फबाट : सरकारी वरिष्ठ अधिवक्ता जोगेन्द्रप्रसाद श्रीवास्तव प्रतिवादी तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे, अधिवक्ता गंगाप्रसाद उप्रेती फैसला न्या. झपटसिंह रावल १. मकरध्वज देवीध्वज पुजिँपती भई भाइ गेल्बुलाई बेदामे राजीनामा गराई लिई बेपत्ता पारेबाट डाटीले बिरोध गरेमा पक्री ठिग्रो ठोकी थुनी छोडी दिएपछि सो कुरामा उजूर वाजुर परी निजहरूलाई भेटेमा बेइज्जत गर्ने १६ सालमा देवीध्वजलाई हात हालाहालमा पुलिसले पक्री कारवाई चलाएकोसमेत कारणबाट डाटीलाई मनाउने षड्यन्त्र गरेको त्यसैकारण मराएको कुरा यकिन हुन आउँछ । अरु कारणबाट डाटी बेपत्ता हुने कारण छैन डाटीलाई खतम पारेको छ अपराधी पत्ता लगाई पाउँ भन्ने दर्खास्त पदमे जनकेलाई पैसा दिई बसमा पारी डाटीलाई घर गाउँमा लगेछन् १९ साल आश्विन ९ गते देखि नै देवीध्वज गई बसी १० गते डाटीलाई समेत लगी जनकबहादुरकै घरमा लगी मारे मराएको गणेशकुमारीबाट थाहा पाएकी हुँ मार्नेको सहमती मकरध्वज लोकध्वज मार्ने देवीध्वज पदमे जनकबहादुर हुँ डाटीको लास कहाँ लगे के गरे मैले नदेखेकोले खुलाउन सक्तिन भन्ने पुर्टि सेर्पेनीको निवेदन सनाखत कागज । २. डाटी भोटेनीसमेत ३ जना १९ साल आश्विन हो गतेबार सम्झना भएन मेरो घरमा आईपुगे डाटी भोटेनीले पद्मेलाई लिन जान पर्यो भनी पद्मेलाई लिन पठाए पद्मे आएपछि सो दिनको रात परेपछि जनकबहादुरले कुराउनी पकायो र पद्मेले ज्वाहारी कोटको बगलीबाट धुलो पारेको विष बटुकाको कुराउनीमा हाली सानो छेस्काले चलाएर डाँटीलाई उठ खानेकुरा ल्याई दिएको छु भनी पद्मेले भन्यो डाटीले खाई र सुती वाक वाक गरी छाद्न थालेकोले पद्मेले मेरो घरको सानो कोदालोको पासो पटीबाट डाटी सुतिरहेको ठाउँमा दाहिनेपट्टी कञ्चटमा हान्यो अर्को चोटि हानेपछि कराउन छाडी कोराको खास्टोमा डाटीलाई बेरवार पारे भुलाएको खास्टोले पनि वेराबार पारे गोडा तलतीर टाउको मास्तिर पारेर डोकामा हाली पद्मेले बोकी लास लिएर गए भन्ने गाणेशकुमारीको ठाडो कागज । ३. १९।६।१० गते बोलाउन आएकोले मलाई केही नभनी लोग्ने पद्मबहादुर गएका भोलिपल्ट ११ गते बाख«ा हुल्ने समयमा लोग्ने पद्मबहादुर र जनकबहादुर घर आएकोले आधा