निर्णय नं. ६८५ - बन्धकी जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८५ - बन्धकी जग्गा खिचोला भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०२/२७ २५१९ निर्णय नं. ६८५ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्याययधीश श्री रत्नवहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२७ सालको दे.फु.नं. १२१ फैसला मिति : ०२९।२।२७।६ निवेदक : पूर्व ४ नं.भोजपुर बजार वस्ने उजिरबहादुर श्रेष्ठ विरुद्ध विपक्षी : ऐ.ऐ.काफ्ले बस्ने गंगाप्रसाद पाध्या मुद्दा : बन्धकी जग्गा खिचोला (१) भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गा धनी सरहै जग्गा भोग गर्न पाउने हक कायम हुने । भोगबन्धकीमा लिने साहूको जग्गामै हक कायम हुन नसक्ने हुनाले जग्गा तेरो मेरो भन्ने झगडा उठेकोमा बन्धकी दिने आसामीले नै नालिस गरी जग्गामा आफ्नो हक कायम गराउन सक्नुपर्ने बन्धकी लिने साहूको नालिसबाट तेरो मेरो हक बेहकको निर्णय दिन नमिल्ने भन्ने निवेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताले बहसमा जिकिर लिनुभएको हकमा भोगबन्धकी पास गराई लिने साहूको लिनु दिनु भएकै मितिदेखि भोगबन्धकी थैली नतिरेसम्म जग्गाधनी सरहै जग्गा भोग गर्न पाउने हक साहूकै कायम हुने कुरा हो मैले भोगबन्धकी पास गराई लिएको जग्गामा प्रतिवादीले कोदोको बिउ लगाई रोपी खिचोला गरेको हुँदा मेरो थैलीउपर नभएसम्म जग्गामा विपक्षको खिचोला मेटाई मेरो भोगबन्धकी हक सदर गराई पाउँ भन्ने वादीको मुख्य दावी भएको र बन्धकी दिने भनेको आनन्दे भन्ने अम्बरबहादुर तामाङ पेट बोलीबाट बुझिएकोमा आफूले भोगबन्धकी पास गरिदिएको सकार गरी मेरो दर्ताको जग्गा थैली नतिरेसम्म गंगाप्रसादको बन्धकी कायम गरी खिचोला मेटाई पाउँ भन्ने दावी लिई बयान गरेको समेत यस स्थितिमा विद्वान अधिवक्ताको उपरोक्त बहस जिकिरसँग सहमत हुन मिलेन । (प्र.नं. १४) निवेदक तर्फबाट : सुधानाथ पन्त फैसला न्या. झपटसिंह रावल १. आसरानीका घर पूर्व जंगे झाँक्रीका घर पश्चिम बलेसी सिधा सडक भनी उजिरबहादुरका बारी साँध पश्चिम खोल्सा उत्तर सडकको दक्षिणको जग्गा साफा र ६। आनन्दको नाउँमा ०१६ सालदेखि बाली तिर्ने गरी दर्ता भएको जग्गामा उनीकाजिलाई बिक्री भई बाँकी रहेको उनीकाजिका घर पूर्व जंगे झाँक्रीको घर पश्चिम बलेसी सिधा सडक भनी उजिरबहादुरका बारी साँध पश्चिम खोल्सा उत्तर सडक दक्षिणको उक्त दर्ताको रू.।६ तिरोको घडेरी जग्गा दर्तावाला आनन्दले मबाट रू.१२५०। लिई ०२०।३।१९ मा भोगबन्धकी लिखत गरी ०२०।४।१८।६ मा पाससमेत गरिदिएको जग्गामा विपक्षले ०२०।४।२० का दिन कोदोको बीउ लगाई रोपी खिचोला गरेकोले खिचौला मेटाई मेरो बन्धकी सदर गरिपाउँ भन्नेसमेत वादी । २. जंगेको घरदेखि पश्चिमपट्टि आनन्दको घर भई रत्नकुमारीले लिई बनाएको घरको र हाल लक्षु भनेको लक्ष्मीदासले हाल बनाएको २ घरको छिंडी भई सो छिंडीबाट मलजाने केही खोल्सी परेको त्यही खोल्सीलाई वादीले भल वाडी पसी सडक भत्केको खोल्सी हो त्यसै खोल्सी देखि मेरो बारीको साँध भएकोले साँध खोल्सी पूर्वको जग्गा मेरो हो सो भलसम्म पश्चिम नम्बरी भई आनन्दबाट उनीकाजिले ।६ पैसा मध्ये कति लियो बाँकीमात्र वादीले पाउने जम्मा ।६ पैसाको जग्गा पाएको भन्ने कुरा पनि कानूनले नमिल्ने उल्लेख बमोजिम मेरो जग्गा जालसाजबाट काटिन नपाई उल्लेखको जग्गा मेरो सदर गरिपाउँ भन्नेसमेत प्रतिवादी । ३. वादी गंगाप्रसादका फिराद दावीबमोजिम ०१६ सालमा मेरो नाउँमा दर्ता भएको घडेरी जग्गामध्ये उनीकाजिलाई राजीनामा बिक्री गरी बाँकी रहेको जग्गा गंग