निर्णय नं. ७७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ७७२ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/07 २००३ निर्णय नं. ७७२ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२९ सालको रिट नम्बर ९८४ आदेश भएको मिति : २०३०।६।७।१ मा निवेदक : जि.सप्तरी पक्री गाउँ पं.वार्ड नं.३ बस्ने उमेशप्रसाद सिंह राजपुत विरूद्ध विपक्षी : ऐ.प्र.मकौवा गा.पं.झुटकी मौजे ऐ.बस्ने सिताराम यादवसमेत विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ (१) बाली भराई पाउँ भनी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निर्णय गरेको देखाई बदर हुने । माथि उल्लेख भए बमोजिम मोही सिताराम यादवले २०२४ सालको बाली नबुझाएकोले बाली भराइपाउँ फिराद दायर गरेको जग्गाधनीले सप्तरी जिल्ला अदालतमा फिराद दायर गरेकोछ । मोहीले बाली बुझाएन बाली बाँकी राखेकोले मोहियानी निष्कासन गरिपाउँ भनी मोही निष्कासन गराई माग्नका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (१) अन्तर्गत पर्न आउने उजूरी भूमिप्रशासक समक्ष र सो बाहेक शुद्ध बाली भराई माग्नका लागि दिनुपर्ने नालेस भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (क) अन्तर्गतको भई भूमिप्रशासकले हेर्न सुन्न पाउने गरी तोकिएको नहुनाले उक्त नियममा तोकिएदेखि बाहेक भू.सं.ऐन, २०२१ को दफा ६३ ले प्रचलित कानून बमोजिम हुने हुँदा प्रचलित कानूनले सम्बन्धित जिल्ला अदालतले हेर्ने सुन्ने व्यवस्था भए अनुरूप नै निवेदकको फिराद सप्तरी जिल्ला अदालतमा दायर भएकोमा जिल्ला अदालतले पठाई दिएको उक्त मुद्दा अनाधिकृत अधिकार ग्रहण गरी भूमिप्रशासनले निर्णय गरेको विवादमा आएको निर्णयबाट देखियो । अतएव बाली भराई पाउँ भन्ने वादी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्रभन्दा बाहिरको विषयमा निर्णय गरेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ वादी दावी पुग्ने नपुग्ने के हो ? कानून बमोजिम निर्णय हुनका निमित्त उक्त मुद्दाको मिसिल सप्तरी जिल्ला अदालतमा पठाई दिनु भन्ने विपक्ष भूमिप्रशासन कार्यालयका नाउँमासमेत परमादेशको आदेश जारी गरी दिने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु । (प्रकरण नं. ६) निवेदक तर्फबाट : वरिष्ठ अधिवक्ता कुन्ज विहारीप्रसाद सिंह विपक्ष तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता शोभाकर पाध्या आदेश न्या. वासुदेव शर्मा १. नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरी विपक्षी भूमिप्रशासन कार्यालय सप्तरीले गरेको निर्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति २०२९।८।६।३ मा दर्ता भएको रहेछ । २. रिट निवेदन सम्बन्धी तथ्य संक्षेपमा यसप्रकार छन् : मेरो नाउँको झुटकीको जग्गा विगाहा १–६–० एक विगाहा छ कठ्ठा जग्गाको २०२४ सालको बाली नदिएकाले विगाहा १ को धानमा ३० तिसका दरले भएको उब्जनी धनी फाँट धान मन १९।। साँढे उन्नाइसको धान मन १ को रू.४० चालिसका दरले हुने मूल्य रू.७८०। र लार परालको मोल रू.१२०। समेत जम्मा रू.९००। प्रतिवादीबाट भरी पाउँ भनी निवेदकको बाबु प्रभु सिंहले सप्तरी जिल्ला अदालतमा २०२५ साल बैशाखमा फिराद दायर गरेकोमा प्रतिरक्षी सिताराम यादवले प्रतिउत्तर दिँदा वादीको मोही होइन ठाकुरप्रसाद सिंहको जग्गा विगाहा १–१०–० एक विगाहा दश कठ्ठाको जोताहाको अस्थायी निस्सा पाएको छ वादी दावी खारेज गरिपाउँ भन