निर्णय नं. ७७३ - उखडा जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७३ - उखडा जग्गा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/29 २०११ निर्णय नं. ७७३ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२९ सालको देवानी फुल नं. १८३ फैसला भएको मिति : २०३० ।५।२९।६ मा निवेदक : नारायणदास मानन्धरको मु.स.गर्ने गंगामाया श्रेष्ठनी, का.जि. क्षेत्रपाटीसमेत विरूद्ध विपक्षी : पारस केवटसमेत तप्पेमान मौजे वेलवा मुद्दा : उखडा जग्गा (क) उखडा जग्गा कमाउने व्यक्ति नेपाली नागरिक नभए निजका नाउँमा जग्गा दर्ता हुन नसक्ने त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्ने । (ख) जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्यक्ति सम्झनु पर्ने । प्रस्तुत मुद्दामा निवेदकतर्फका विद्वान अधिवक्ता श्री लवदेव भट्ट र विपक्षतर्फका विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेको बहससमेत सुनी आजलाई निर्णय सुनाउन तारेख तोकिएकोले निर्णयतर्फ विचार गर्दा उखडा जग्गा कमाउने व्यक्ति नेपालको नागरिक नभए निजका नाउँमा सो जग्गा दर्ता हुन नसक्ने उखडा सम्बन्धी ऐन, ०२१ को दफा ३ को प्रतिबन्धतात्मक वाक्यांश (१) मा व्यवस्था भएको सो वाक्यांशमा ०२२।३।३० सदर भएको संशोधनले त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्नेसमेत व्यवस्था गरेको देखिन्छ । उक्त ऐनले नेपालको नागरिक नभई विदेशी नागरिक हुने व्यक्तिले उखडा जग्गा कमाएको भए पनि सो जग्गामा निजको हक नपुग्ने भएकाले प्र.मध्यका अनागरिक पारस केवट जैराम कोहार दुधनाथ केवट वनारसिं मलाहा लालमन केवट खुदुर मलाहा शंकर मलाहा, भुन्नर केवट, असरफि भुत, लालचन हरिजन, सुनरिफा कोहार तिखेनी कोहार दुखलाल कोहार, फोवार केवट, गब्बु केवट मोलहु मलाहा गोली लोध सिवउ मलाहा सिता कोहार गैलहीलोध वाहु लोध राजमन लोनिया, वासुदेव चौधरी इन्नल लोनिया, राम अवल, लोनिया, जिवनी लोनिया, बलजु लोनिया, फुलचन लोनिया, सुन्नर लोनिया, नन्द लोनिया, रामलखन कोहार, रामनरेस कोहार, जोखन मलाहा, झगरु मलाहा, रामधारे लोहार, बुधिराम लोनिया, सुदामा लोनिया, राजाराम लोनिया, बहादुर लोनिया, रामरूप लोनिया, सरजु लोनिया, बन्दलाल लोनिया, वल्टु लोनिया, महेश लोनिया, छिसी थानत दुसाध, सरन लोनिया, हरिलाल लोनिया, चन्द्रीका सैधवार गुदे मलाहा, झगरु लोध मिठु केवट, राम औध केवट, राजमुनि केवट, मिठु लोनिया, हरिजनलालसा केवट, श्यामलाल लोनिया, महुज सुसाध वृजलाल लोन्यिा.औकिल सैख श्यामला कोहार, रामदेव वैजु कोहार, रामदेव लोनिया, जमुना कोहार, विष्णु मल्ला चौथे मल्ला राम देरिज मलाहासमेतको हकमा उखडा कमाएको भए पनि कानूनले निजहरूको हक नपुग्नेमा पनि झगडा परेको जग्गा भएको मौजा प्रति परी वादीहरूले कबूल गरेकोबाट निकासा हुँदा जग्गा पाउने नपाउनेसमेत ठहरे बमोजिम हुने गरी २०१४ सालमा वादीहरूलाई चलन पुर्जि दिई निकासाको काम समाप्त भई सकेपछि ०२१ साल फाल्गुण १५ गते र सो भन्दा पछि वादीहरूले जग्गामा बहाली पुर्जि पाएको देखिन्छ उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ को (क) मा जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्यक्ति सम्झनु पर्छ भनी जग्गाधनीको परिभाषा भएकोले सो ऐनको व्यवस्था अनुसार वादीवालाहरू ०२१ साल फाल्गुण १५ गते र सो पछिमात्र श्री ५ को सरकारबाट जग्गा प्राप्त गरी बहाली पाएका दर्तावाल