निर्णय नं. ७७४ - तिरो जग्गा

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७४ - तिरो जग्गा भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/06/29 ३२९२ निर्णय नं. ७७४ ने.का.प. २०३० स्पेसलबेञ्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय सम्वत् २०३० सालको स्पेसल नं.१।५२ फैसला भएको मिति : ०३०।६।२९।२ मा निवेदक : अम्बरबहादुर पाण्डे क्षेत्रीसमेत विरूद्ध विपक्षी : नरबहादुर पाण्डे क्षेत्री मुद्दा : तिरो जग्गा (क) ज्यान मुद्दामा सजाय पाउँदैमा सो सजाय पाएको अपराध के कस्तो थियो, के कस्तो अवस्थामा ज्यान मारेको थियो इत्यादी कुराको विचार, नगरी नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन नमिल्ने । (ख) चोरी डाँका गरी मारेको अभियोगमा सावित भए त्यस्तो अपराध कुनै नैतिकताको विरोधको अपराध हो भन्ने कुरा कुनै विवादै गर्न नसकिने । कुनै एउटा परिस्थितिमा अनैतिकमा लिने कुनै काम अर्को परिस्थितिमा उचित ठहर्छ वा अनैतिक नमानिने पनि सक्दछ । तसर्थ समाजको नैतिक मूल्य वा आदेशलाई कुनै निरपेक्ष र अपरिवर्तनीय विषयबस्तु जस्तो गरी कुनै एउटा समाजमा कायम रहेको नैतिक मूल्य वा आदेशको आधारमा सधैं र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौज्दारी अपराधको किटुवा सूची तयार गरी तपस्परष्टकरण वा परिभाषा दिन खोज्नु उचित होइन यहि कुरालाई ध्यानमा राखी हाम्रो कानूनी व्यवस्थाले त्यस्तो अपराध छुटाउने कार्य न्यायिक विर्वुकमा छोडेको छु र न्यायकर्ताले पनि विषय र सन्दर्भलाई विचार गरेरमात्र त्यस सम्बन्धमा कुनै निष्कर्षमा पुग्नु पर्छ । (३) यो कुराहरूलाई ध्यानमा राखेर मु.रत्नबहादुर खत्री मारिएको ज्यान मुद्दामा अदालतबाट रंगध्वज कार्कीका विरूद्ध ठहराएको अपराध नैतिक पतन देखिने फौज्दारी अपराध नैतिक पतन देखिने फौज्दारी अपराध वा होइन भन्ने प्रस्तुत मुद्दामा उपस्थित मुल प्रश्नमा विचार गर्दा अञ्चल अदालतको ०२९।३।२२ को निर्णयमा त्यस सम्बन्धमा कुनै स्पष्ट विवेचना भएको देखिन्न । उक्त ज्यान मुद्दामा कसूरदार ठहरी सजाय पाएकोले रंगध्वज कार्कीले नैतिक पतन देखिने अपराधमा सजाय पाएको भन्ने निष्कर्षमा पुगी अञ्चल अदालतबाट उक्त निर्णय भएको देखिन्छ । ज्यान मुद्दामा रंगध्वज कार्की उपर के अभियोग लगाइएको थियो । निजलाई अदालतले कुन अपराधको कसूरदार ठहरायो अपराधको उदेश्य र त्यसको सन्दर्भ के कस्तो थियो इत्यादी कुनै कुरा अञ्चल अदालतको निर्णयमा खुल्दैन । ज्यान मुद्दामा कुनै व्यक्तिले सजाय पाउँदैमा सो सजाय पाएको अपराध नैतिक पतन देखिने अपराध नै हो भनिएका एक निष्कर्ष लिन मिल्दैन उक्त मुद्दाको नाम ज्यान मुद्दा भन्ने रहँदैमा सो मुद्दा सजाय पाउने प्रत्येक व्यक्तिले ज्यान मारेको वा ज्यान मार्नमा सरीक भएको हुन आवश्यक छैन त्यस माथि पनि कसैले कसैको ज्यान मारेको ठहरे पनि के कस्तो अवस्थामा ज्यान मारेको हो सो अपराधको सन्दर्भमा के कस्तो थियो इत्यादी कुराहरू विचार नगरी सोझै सो व्यक्तिलाई नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन मिल्दैन । तसर्थ रंगध्वज कार्की उपरको अभियोग निजको विरूद्ध अदालतले ठहराएको अपराधको उदेश्य र सन्दर्भ के कस्तो छ भनी उक्त ज्यान मुद्दामा अदालतबाट २००९।३।९।५ मा भएको फैसलाको नक्कल हेर्दा २००७।६।५ गते राती मु.रत्नबहादुर खत्रीको घरमा धेरै हुल भई चोरी डाँका गरी निज मु.रत्नबहादुलाई काटिकुटी मारेकोमा रंगध्वज कार्की सावित भई कैदको सजाय पाएको देखिन्छ । त्यस्तो डाँका र खुनको अपराध सामाजिक नैतिकताको विरूद्धको अपराध हो भन्ने कुरामा कुनै नैत