निर्णय नं. ६८६ - ज्यान डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८६ - ज्यान डाँका भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/०८/०६ २३४० निर्णय नं. ६८६ ने.का.प. २०२९ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री ब्रहृमदत्त तिवारी माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०२४ सालको फौ.पु.नं. ४८९ फैसला मिति : ०२८।८।६।२ पुनरावेदक : श्री ५ को सरकार विरुद्ध विपक्ष : तप्पे खजहनी मौजे हजिगरा बस्ने सियाराम गोसाई समेत मुद्दा : ज्यान डाँका (१) एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकोलाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न नमिल्ने । ३ घरको डाँका र ज्यान मारिएको एउटा मुद्दाबाट तहकिकात गर्न मिल्ने नमिल्ने के हो भन्ने सम्बन्धमा अ.बं.का ७२ नं.ले जतिसुकै मानिसले जतिसुकै मानिस उपर एउटा झगडाका विषयको कुरा लेखी ल्याएको भए एउटा मुद्दाबाट तहकिकात गर्नु पर्ने व्यवस्था गरेको देखिन्छ । डाँकाहरुले एउटा गाउँका ३ घरमा एकै मितिमा लगातार डाँका गरेकालाई र सोही डाँका गर्दा २ जनाको ज्यान मारेकोलाई छुट्टै झगडाको विषय भन्न मिलेन एउटै झगडाको विषयको मुद्दा देखियो । (प्र.नं. १५, १६) पुनरावेदक तर्फबाट : सरकारी अधिवक्ता प्रचण्डराज अनिल विपक्ष तर्फबाट : अधिवक्ता शुशिल कुमार सिन्हा, अधिवक्ता कृष्ण कुमार बर्मा फैसला न्या. व्रम्हदत्त तिवारी १. २०२२।१०।४ गतेका राति अन्दाजी ११।१२ बजेका वखत नचिनेका १५।१६ जना हातमा टर्च र लठ्ठी बन्दुक समेत लिई आई मेरो घरको पश्चिमतिर वसारामा सुतिरहेको मेरो भतिजा राम सुमिरनलाई पक्री पिट्न लागेको पिटाई सहन नसकी रोई हल्ला गुहार गर्दा निजलाई गोली हानी मारी कराएको हल्ला सुनी निद्राबाट व्युँझी घरको उत्तरतिर भएको दरवाजाबाट निस्की गाउँमा गई हल्ला गर्न लागेको हल्ला सुनि डाँकुहरुले घरमा भएको धन माल डाँका गरिसकेपछि जान महमदको घरमा गई निजलाई गोली हानी ऐ.५ गते अस्पताल मै मरेको निज अयोध्या तेली समेतको घर डाँका गरी अयोध्याको विगो रू.९७२।८० जान महमदको २६८। मेरो रू.२९३९।२० धनमाल समेत लिई सकेपछि डाँकाहरु भागी गएकाले पत्ता लगाई पक्राउ गरी कर्तव्य गरी ज्यान मारेमा सजाय समेत गरिपाउँ भन्ने अवधराम कुर्मिको दरखास्त । २. डाँकुहरु मेरो घरमा आई वाहिर वसरामा सुतेको सुमिरनलाई पिट्न लाग्दा हल्ला गुहार गरेछ । डाँकुले बन्दुकले हानी मारी छानाबाट चढी भित्र चोकमा गई ढोका खोली डाँका गरेको म घरदेखि अन्दाजि ४०० गज फरक फूलवारीमा सुतेको थिएँ बाहिर वसरामा सुतेको जोखुर सुमिरनको सालाको छोरालाई एक डण्डा हान्दा भागी गए सुमिरनलाई पिट्न लाग्दा हल्ला गुहार गरेको सुनि म घर आउन लाग्दा डाँका भन्ने सुन्दा म घरदेखि ५०।६० गज फरक अहिरको भैंसी बाँध्ने घरमा लुकी डाँकाहरु पनि डाँका गरी तुरुन्तै दक्षिण पश्चिमतर्फ भागी गए । अगाडिकाले पनि लाइट बत्ती वालेको र पछाडिकाले पनि लाईट बत्ती वालेको उज्यालोबाट सियाराम १ अईतुल्ला पहलमान मुसलमान १ वुचंखा मुसलमान १ समेत जना ३ लाई चिनेको सो भन्दा बढी मानिस चिनिन दुरले गाउँलेले डाँकाको खेदा गर्न नसकेको गाउँलेहरुसँग मैले ३ जना चिनेको कुरा गरिन घरमा समेत अरु कसैले डाँकुहरुलाई चिनेनन् गाउँको मानिसका भनाइले अइतुल्ला पहलमान मुसलमान समेत नै ज्यानमारी डाँका गरेको हुँ भनी सर्जमिनले भनेका सर्जमिनको ९ दफामा क कसको नाउँ उल्लेख गरी लेखिएको छ सो भन्न सक्दिन जान्दिन भन्नेसमेत अवधरामले अदालतमा गरेको वयान । ३. मेरो घरबाट विपर ४।। कोष पर्दछ म सो टायममा घरैमा सुतेको छु कसले खुन डाँका गर्यो म जान्दिन मैले खुन डाँका गरेको