निर्णय नं. ६८८ - बिगो भराई चलन चलाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८८ - बिगो भराई चलन चलाई पाउँ भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२७/०९/२४ ६८४६ निर्णय.नं. ६८८ ने.का.प. २०२९ फुलबेन्च माननीय न्यायाधीश श्री रंगनाथ उप्रती माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहह माननीय न्यायाधीश श्री झपटसिंह रावल सम्वत् २०२१ सालको दोश्रो डिभिजन दे.फु.नं. २५४ फैसला मिति : २०२७।९।२४।६ मा निवेदक : ल.पु.ई. जाउलाखेल बस्ने मीनादेवी राणा, विनोदशम्शेर ज.व.रा.समेत विरुद्ध प्रतिवादी : ऐ.ऐ.घर भई हाल भारत बम्वे बसन्धारा वार्डन रोड बस्ने मे.ज.शान्तशम्शेर ज.व.रा. समेत मुद्दा : बिगो भराई चलन चलाई पाउँ (१) विदेशी कम्पनी तथा बैंकमा रहेको शेयर, फिक्स डिपोजिट, डिबेञ्चर इत्यादी चल सम्पत्तिका विदेशी कानूनअन्तर्गत सिर्जना भई विदेशमै रहेको र विदेशमै हस्तान्तरण भएकोमा अचल सम्पत्ति सर हुने मान्नुपर्ने । (२) नेपालको अदालतले विदेश स्थित उक्त सम्पत्तिका बारेमा निर्णय दिई कार्यान्वित गराउन नमिल्ने । (३) चलतर्फ वादीको हक सम्ममा नेपालको अदालतबाट निर्णय दिई ठहराउनु पर्ने, ठहरे जति नेपाल स्थित प्रतिवादीका सम्पत्तिबाट दिलाउनु भराउनु नेपालका अदालतको अधिकार क्षेत्रभित्र पर्दैन भन्न नमिल्ने । उपरोक्तबमोजम वादी दावी लाग्न सक्ने भई निर्णयात्मक पक्षमा यो मामिला पुगेको हुनाले निर्णय दिने हकमा वादीले दावी गर्दा नेपालको अचल सम्पत्ति तथा भारतको अचल सम्पत्ति र कम्पनी र बैंकहरुको शेयर फिक्स डिपोजिट डिवेन्चर नगदी गरगहना इत्यादीको दावी लिएको देखिन्छ । नेपालको अचल सम्पत्ति पनि वादीले लेखेको जति अघि नै अरु अरुका नाममा गइसकेको र विदेशमा रहेको अचल सम्पत्ति र कम्पनी तथा बैंकमा रहेका शेयर फिक्स डिपोजिट डिबेञ्चर ईत्यादी चल सम्पत्तिका हकमा त्यस्को सिर्जना विदेशी कानून अन्तर्गत भई विदेशमा नै रहेको र विदेशमा नै हस्तान्तरण भएको त्यस्तो चल सम्पत्ति पनि अचल सम्पत्ति सरह नै मान्नु पर्ने हुँदा उक्त चल पनि जुन देशमा सो सम्पति रहेको छ सोही देशको कानूनबमोजिम उसै देशका अदालत वा सम्बन्धित क्षेत्रमा उजूर दावी गरी आफ्नो हक गराई लिनु पर्ने हुनाले वादीले सो बमोजिम गरी लिनु पर्छ । नेपालको अदालतले सो विदेश स्थित उक्त सम्पत्तिका बारेमा निर्णय दिई कार्यान्वित गराउन नमिल्ने हुनाले त्यसतर्फ नेपालको अदालतको कार्य क्षेत्र भित्र नपर्ने भनी र नेपालको अचल सम्पत्ति भनी लेखेको पनि अरुहरुका नाममा श्री जुद्धशमशेर छँदैका बखत गइसकेको र श्री ३ जुद्धशमशेरको आखिरी अवस्थाको सम्पत्ति नभएकाले त्यसतर्फ समेत अघिल्लो फुलबेन्चले खारेज गर्ने गरेको मिलेकै देखियो । श्री ३ जुद्ध देहावसान हुने अवस्थामा वहाँका साथमा रहेको अरु नगदीसमेत चल सम्पत्तितर्फ अघिको फुलबेन्चले स्पष्टतया उल्लेख नगरी विदेशमा रहेका अचल सम्पत्तिका विषयमा नेपालको अदालतको क्षेत्रधिकारको विवेचना गर्दै वादीको दावी खारेज गर्दा चलमा पनि खारेजै गरिएको अघिल्लो फुल बेञ्चको मिलेको देखिएन । त्यस्तो चलतर्फको हकमा श्री ३ जुद्ध शमशेरको मृत्युवाद प्रतिवादीकी माता गम्भीरकुमारीका हात पर्न आएको गम्भीरकुमारी परलोक भएपछि गम्भीरकुमारीका हक खाने छोरा प्रतिवादीहरु नेपालमा घरबास भएका व्यक्ति उपर नेपालकै नागरिक वादीले नेपालको अदालतमा नालिस गरेको र दुवै पक्षले निर्णय लिन नेपालको अदालतमा समर्पित गरेको मुद्दा हुँदा उक्त चलतर्फ वादीको हक सम्ममा नेपालको अदालतबाट निर्णय दिई दिलाउनु भराउनु पर्ने ठहरे जति नेपाल स्थित