निर्णय नं. ७७५ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७५ - अंश भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2030/05/12 २६०९ निर्णय नं. ७७५ ने.का.प. २०३० फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह सम्वत् २०२८ सालको दे.फु.नं. १०७ फैसला भएको मिति : २०३०।५।१२।३ मा निवेदक : का.जि.तालाछाप बस्ने लेखबहादुर थापा क्षेत्री विरूद्ध विपक्षी : ऐ.ऐ.बस्ने बलबहादुर थापा खत्रीसमेत मुद्दा : अंश (१) वादीले लिई पाई सकेको सबूत गुजार्न प्रतिवादीहरूको नसके अंश दिनु नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव नदेखिने । यसमा वादी दावी बमोजिम वादीले अंश पाउने हो होइन पाउने भए के कति पाउने हो सो कुराको निर्णय दिनुपर्ने देखिन्छ । ८२ सालमै भिन्न भई जो भएको श्री सम्पत्ति बण्डा गरी वादीको बाबुले आफ्नो भाग लिई १११८ नं.कित्ता मध्यको निजको अंश भागको रोपनी ३। म बलबहादुरलाई ९०।१११८ मा राजीनामा पाससमेत गरिदिएकोले अंश दिन नपर्ने भन्ने प्रतिवादीहरूको मुख्य जिकिर भएकोमा १ अंशी कुलबहादुरले यो वादी लेखबहादुरसमेतका उपर यो भन्दा पहिले दिएको अंश मुद्दामा पनि प्रतिवादी कृष्णकुमारी बलबहादुरले यस्तै किसिमको इन्कार जिकिर लिएकोमा पहिले नै अंशबण्डा गरिसकेको भन्ने कुरा कायम नभई वादीको बाबु नरबहादुरसमेतको ४ भाग लगाई एक भाग कुलबहादुरलाई अंश छुट्याई दिनेसमेत गरी भक्तपुर अदालतबाट ०१६।९।२२।४ मा र सोही सदर गरी तत्कालिन जिल्ला अदालत भक्तपुरबाट ०१७।१२।२८।२ मा फैसला भएको र सो अनुसार वादीको बाबुको १ भाग वादीले लिई पाइसकेको सबूद गुजार्न प्रतिवादीहरूले नसकेकाले अंश दिन नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव देखिन आएन वादीले के कति अंश पाउने हो भन्नेतर्फ कुलबहादुरले दिएको अंश मुद्दामा प्रतिवादी बलबहादुरले कृष्णकुमारीले दिएको तायदातीमा कि.नं.१११८ को रोपनी ३।२ को १ कित्ता र रोपनीको ३। को १ कित्ताकोसमेत तायदाती दिएको र सो कित्तासमेतको जम्मा बिगो रू.३७०।७० कायम गरी ४ भागको ३ भाग रू.२६०।७७।३ परसारी १ भाग रू.८६।९२।२ को अंश कुलबहादुरलाई छुट्याई दिने गरी उस बखत फैसला भएकोले परसारिएको रू.२६०।७७।३ को ३ भागको १ भाग वादीले पाउनु पर्ने हो की भन्ने सामान्य रूपमा देखिन्छ । तर सो १११८ नं.कित्ता मध्यकै खेत मुरी ।८।१२ मेरो अंश भागको भनी वादीको बाबु नरबहादुरले बलबहादुरलाई राजीनामा रजिष्ट्रेशन पास गरिदिसकेको देखिन आएको अब फेरी सो कित्ताको पनि वादीलाई अंश दिलाई दिँदा त्यस कलममा वादीले दोहोरो अंश पाउने अवस्था पर्न जाने भएकाले ०२६।१।२६।५ को डिभिजन बेञ्चले उक्त कुलबहादुरले दिएको अंश मुद्दामा बलबहादुर कृष्णकुमारीले दिएको तायदातीमा लेखिएको सो १११८ नं.कित्ता कटाई बाँकी रू.१४१।७० को ४ भागको भाग रू.३५।४२।२ को मात्रको अंश वादीले पाउने ठहराएको वेमनासिब भन्न भएन तसर्थ उपरोक्त उल्लिखित कारणहरूबाट अंश दिन नपर्ने भन्ने प्रतिवादीको र सो १११८ नं.कित्तासमेतको अंश पाउनु पर्ने भन्ने वादीको जिकिर पुग्न सक्तैन वादीले प्रतिवादीहरूबाट बिगो रू.३५।४२।२ को अंश पाउन ठहराई ०२६।१।२६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ प्रतिवादी कृष्णकुमारी बलबहादुरबाट कोर्टफी असूल भइसकेकोले निजहरूलाई मुद्दा दोहराएमा अरू सजाय गर्नु परेन वादी लेखबहादुरबाट मुद्दा दोहराएमा लाग्ने कोर्टफी असूल गर्न छुटाएको देखिँदा निजको निवेदन जिकिर भएको १११८ नं.कित्ताको बिगो रू.२०६ को शुरुमा लाग्ने कोर्टफी रू.१०।३० को मुद्दा दोर्‍याएमा कोर्टफी ऐन, ०