निर्णय नं. ६८९ - जग्गा दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८९ - जग्गा दर्ता भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०२/२० २२३० निर्णय नं. ६८९ ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री राजा इश्वरी जङ्गबहादुर सिहंह माननीय न्यायाधीश श्री झपटसिंह रावल माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२६ सालको दे.फु.नं. ७२ फैसला भएको मिति २०२९।२।२०।६ निवेदक : प.३ नं.बन्दीपुर हिलेखर्क बस्ने मु.मेहरसिहं गुरुङसमेत विरुद्ध विपक्षी : ऐ. बस्ने श्रीलाल गुरुङसमेत मुद्दा : जग्गा दर्ता (१) मरिसकेको मानिसको कीर्ते वारेसनामा खडा गरी दाखिल गरेको भए त्यसतर्फ छुट्टै नालिस गर्नुपर्ने, परिरहेको मुद्दाबाट विचार गर्न नमिल्ने । प्रस्तुत मुद्दामा मुद्दा दोहर्‍याउने भनिएका विपक्षीहरू मध्ये मरिसकेका मानिस ११ जनाको कीर्ते वारेसनामा खडा गरी झुट्टा व्यहोराबाट मुद्दा चलाएको हुँदा त्यसतर्फ कारवाहीमा मुद्दा दोहर्‍याई हेर्न नमिल्ने निर्णय हुनुपर्छ भन्ने वादीतर्फका विद्वान अधिवक्ताले आफ्नो वहसमा प्रारम्भिक आपत्ति व्यक्त गर्नुभएको हकमा त्यस किसिम मरिसकेका मानिसको कीर्ते वारेसनामा खडा गरी दाखिल गरेको समेत भए त्यसतर्फ कानूनबमोजिम छुट्टै नालिस गर्नुपर्ने कुरामा यस मुद्दाबाट विचार गर्न नमिल्ने र एकैजना मात्र निवेदक भए पनि बक्स भएका हुकूम प्रमांगीबमोजिम दोहर्‍याई हेरी निर्णय दिनुपर्ने स्थितिको मुद्दा हुँदा झगडा परेको जग्गा प्रतिवादीहरूका जिकिरबमोजिम साविकमा पाखा तिरो दर्ता भएको किल्लाभित्र पर्छ पर्दैन ? सो जग्गा वादीहरूका नाममा दर्ता हुन सक्ने नसक्ने के हो ? सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ । (प्रकरण नं. १५) (२) वादी दावीभन्दा बढी कुराको निर्णय दिन नमिल्ने । माथि उल्लेख गरिएअनुसार साविक यो यति तिराको पाखामा खेत बिराएको दर्ता गरिपाउँ भनी वादीहरूले दर्खास्त दिएको र सोहीअनुसार नालिसमा दावी लिएको समेत नभई वैलानी पर्तिमा खेत दर्ता गरिपाउँ भन्ने दर्खास्त परेको र वैलानी पर्ति जग्गा हुनाले खेत दर्ता भएको सदर कायम गरिपाउँ भन्ने नालिस दावी लिएको समेत यस्तो कुरामा वैलानी पर्ति भन्ने वादी दावी झुट्टा देखिन आएपछि वादी दावी नै नभएको साविक दर्ता आवादी पाखोमा खेत बिराएको कायम गरी वादीहरूका नाममा दर्ता गरिदिने भनी वादी दावीभन्दा बढी कुराको निर्णय दिन नमिल्ने र एउटाको दर्खास्त परेको जग्गा दर्खास्तवाला आफूले दर्ता आवाद गर्न मञ्जुर नगरी छाडेपछि अरुका नाममा दर्ता हवस् भनी आफ्नो हकै पुगी नसकेको जग्गा अरुलाई हक छाडिदिन पाउने र दर्खास्तवाला बाट त्यसरी पाउने व्यक्तिहरूका नाममा दर्ता हुनसक्ने कानूनी व्यवस्था नभएको, मुख्य कुरा वादीहरूसमेत २३ जनाको नाममा पाखापट्टि सामुहिक हक दर्ता भइराखेको जग्गामा बण्डा नछुट्याएको भएपछि सो दर्ता किल्लाभित्रको सबै जग्गामा सवैको सामुहिक हक कायम रहने, दर्तावाला मध्ये केही व्यक्तिले मात्र आफूखुसी कुनै जग्गा आफ्नो नाममा खेत दर्ता गराउन पनि नपाउने समेत हुनाले तत्काल प्रचलित जग्गा विराउनेको ५ नं.को आधार समेतबाट झगडा परेको जग्गा वादीहरुको नाममा खेततर्फ दर्ता हुन सक्ने देखिँन आउँदैन । (प्रकरण नं. २१) निवेदक तर्फबाट : अधिवक्ता गंगाप्रसाद उप्रेती विपक्षी तर्फबाट : अधिवक्ता इच्छाहर्ष उल्लिखित मुद्दा :  फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. पूर्व वतासे खोला पश्चिम तामे पँधेरा उत्तर यांक्रा दोभान दक्षिण बोक्से ढुंगा यति ४ किल्लाभित्रको पर्ति जग्गा खेत