निर्णय नं. ७७६ - भ्रष्टचार

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ७७६ - भ्रष्टचार भाग: १५ साल: २०३० महिना: बैशाख अंक: १ फैसला मिति :2029/08/01 ३१५२ निर्णय नं. ७७६ ने.का.प. २०३० डिभिजन बेञ्च माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०२६ सालको फौज्दारी पुनरावेदन नं.६६८ फैसला भएको मिति : २०२९।८।१।५ मा निवेदक : जि.सुर्खेत जरबुटा बस्ने टोपबहादुर खडका क्षेत्रीसमेत विरूद्ध विपक्षी : श्री ५ को सरकार (विशेष प्रहरी अधिकृत) मुद्दा : भ्रष्टचार (१) भ्रष्टचार सम्बन्धी उजूरी बडाहाकिम कहाँ पर्नुपर्ने भन्ने उल्लेख भएकोमा डि.आई.जी समक्ष परी निजले तहकिकात गरी गरेको कारवाही कानूनबमोजिम भएको भन्ने नमिल्ने । उक्त लेखिएअनुसार प्र.पुनरावेदकतर्फको र वादी श्री ५ को सरकारतर्फको जिकिरतर्फहरूलाई विचार राखी प्रस्तुत मुद्दाको मिसिल हेरी विचार गर्दा राष्ट्र सेवकहरूका (भ्रष्टाचार निवारण) ऐन, २०१३ को दफा २१ मा यस किसिमको हरेक उजूरी सरकारबाट नियुक्त भएको विशेष न्यायाधीशका इजलासमा दायर हुन्छ भन्न व्यवस्था भएको र सो ऐन बहाल छँदा जारी भएको २०१५।६।१३ को प्रकाशित राजपत्रको सूचनाले भ्रष्टाचार सम्बन्धी उजूरी बडाहाकिममा पर्नु पर्ने भन्ने उल्लेख भएकोमा प्रस्तुत उजूरी श्री डि.आई.जि.समक्ष परी निजले तहकिकात गरी गराई गरेको कार्यवाहीलाई कानूनबमोजिम भएको भन्न मिल्दैन । (प्रकरण नं. १५) पुनरावेदक तर्फबाट : अधिवक्ता लवदेव भट्ट विपक्षी तर्फबाट : अतिरिक्त सरकारी अधिवक्ता गोविन्दबहादुर श्रेष्ठ फैसला न्या. वासुदेव शर्मा १. मेरो दाजु जसवीर मगर २००९ सालमा घरबाट भागी बेपत्ता भएको र सो ३ दिन बाद गाउँको दिलकुमारी कमेनीसमेत हराएकोमा खोज तलास गर्दैमा ७ बर्ष बितिसकेको जिमिदारी टोपबहादुर तिर्थबहादुरले हे.कं.गणेशबहादुरलाई ल्याई निज ३ जनाले जबरजस्ती खसी घ्यू खाई बुबा र भाइलाई कं.रू.४०००। दण्ड गरी खाए २०१६ साल श्रावण महिनामा सहवीर दर्लामीको गोरुले कुमाले सारु मगरको बाली खाँदा काटी मारेको विषयमा गाउँका रैतीसमेत बाट रू.२५००। खाए गोरुले बाली खाँदा संखुवा थारुले मारेकोमा जि.टोपबहादुरले कं.रू.७००। खाए माथिका मुद्दा मार्फत सिंले कं.रू.४०००। सर्वजजितले कं.रू.२५०। नरपतिले कं.रू.२५०। हर्कमानले कं.रू.२५०। सहवीर कुमाले र रैतीहरूबाट २५००। र सेषुवा थारुले रू.७००। दिए खाए निजहरूलाई यस अफिसमा झिकी हामीबाट खाएको बिगोसमेत असूल उपर गरी निजहरूलाई दण्ड गरिपाउँ भन्नेसमेत जि.सुर्खेत जरबुटाछाप गाउँ बस्ने गोर्खा राईफल काले ना. सहवीर थापाले मिति ०२६।८।१४।४ मा डि.आई.जि.पी.अफिस पश्चिमाञ्चलमा दर्ता गरेको उजूरीमा ऐन सवालबमोजिम कारवाई गर्न नं.८८ एस.पि.आ.मा प्रेषित भन्ने ०१६।१०।२६ मा आदेश भएको रहेछ । २. निवेदन तथा सर्जमिनसमेतमा लेखिए अनुसार मैले कुनै कुरा गरे बिराएको होइन विल्कुल झुठ्ठा हो । झुठ्ठा उजूर दिनुपर्ने कारण म.जि.टोपबहादुरको भदाहा नाता भएको र सर्जमिनका मानिसहरू सबै टोपबहादुरका इवीवाला हुँदा झुठ्ठा उजूर गरेका हुन भन्नेसमेत तिर्थबहादुर, सोधिएबमोजिम अत्याचार गरे गराएको होइन २००७ सालको क्रान्तिको बखत सर्जमिनका मानिस मध्य नैनसिंसमेतले मेरा घरमा आगो लगाई दिएकोले उजूर गरी सर्जमिनलाई सजाय भएको थियो र झुठ्ठा सर्जमिन गरेका हुन, दिलकुमारी ०१७।०१८ साल के मा हो विदेशतर्फ लागेकोले कालेको स्वास्नीले पतिया लिएको थिए । सहवीरलाई मैले चिनेको छैन भन्नेसमेत जि.टोपबहादुर, म जि.पु.ई.आ.माल गाउँको हे.कं.बाट सुर्खेत पुलिस ठानामा चेन्ज भई २०१५ सालमा गएको हुँ मसमेत भै मार्फत सिंसमेत बाट दण्ड