निर्णय नं. ६९० - जग्गा खिचोला

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९० - जग्गा खिचोला भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२९/०२/१७ २४११ निर्णय नं. ६९० ने.का.प. २०२९ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री वासुदेव शर्मा माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान सम्वत् २०२८ सालको दे.फु.नं. १४० फैसला भएको मिति : २०२९।२।१७।३ मा निवेदक : कास्की अर्घी बडहरे बस्ने उमानाथको मुद्दा सकार गर्ने खड्गमाया उपाध्यायनी विरुद्ध विपक्षी : ऐ. अर्घा अर्चले बस्ने पार्वती उपाध्यायनी मुद्दा : जग्गा खिचोला (१) दुवै पक्षले मानिआएको लिखत सद्दे कीर्तेमा सुनाउन नपर्ने । प्रस्तुत मुद्दामा वादी दावीको तीन खोर जग्गा आधि वादीको ससुरा वेनीप्रसाद र प्रतिवादीको बाबु महेश्वर २ भाइ अघि नै छुट्टिई भिन्न हुँदा वादीको ससुरा वेनीप्रसादको भागमा परी वादीको हक भएको भन्ने कुरा प्रतिवादीले पनि स्वीकारै गरेको पाइन्छ । महेश्वरको भाग आधि निजले ६३।३।७ मा बुद्धसागरलाई भोगबन्धकी दिएको पछि प्रतिवादीले निखनी लिएको भन्ने भनाई भएकोमा उक्त लिखत प्रमाणमा लगाउन अ.बं.७८ नं. बमोजिम सद्दे कीर्तेमा सुनाउनुपर्ने भन्ने तर्क उठाइएको हकमा उक्त बन्धकी लिखतलाई दुवैपक्षले मानिराखेकैले सद्दे कीर्तेमा सुनाउनुपर्ने अवस्था देखिँदैन । (प्रकरण नं. १३) विपक्षी तर्फबाट : अधिवक्ता मुकुन्द रेग्मी फैसला प्र.न्या. रत्नबहादुर बिष्ट १. मेरो बुढा बाजे र विपक्ष प्र.उमानाथका बाजे टीका बल्लभका २ छोरामा जेठा उमानाथका पिताज्यु महेश्वर र कान्छा मेरा ससुरा बेनीप्रसाद समेत हुन् । उहाँहरू अघि नै आधि अंश गरी छुट्टि भिन्न भएपछि ससुरा बेनीप्रसाद परलोक हुनुभएकाले उहाँको अंश जति मेरा खसम मेघनाथले खाई भोगिरहनुभएको अवस्था खसम मेघनाथ विगत ६ सालमा परलोक हुनुभएकोले अहिलेसम्म आधि अंश सुपथ खाइरहेकै छु । थुमाली पौडेलका नाममा भएको लालमोहर भित्रको निज थुमेली पौडेलबाट हाम्रा अंशियार मेयाद बलभद्र पाध्याले फार्छे राजीनामा गरिलिनु भई उहाँको अपुताली परी बुढा ससुरा बाजे टीका बल्लभको हक भई विपक्ष वाला उमानाथको पिता महेश्वर र मेरा ससुरा बेनीप्रसाद समेत छुट्टिई ससुरा वेनीप्रसादका अंश भागमा परी खसम मेघनाथ छँदा उहाँले र उहाँको शेषपछि पौवा खोर भन्ने ३ खोरको आधि पाखो जग्गा मैले भोग चलान गरिरहेको अवस्था अबदेखि तिमीलाई यो जग्गामा चलन वर्तन गर्न दिन्न मैले यो जग्गा छुट्टिइसकेपछि आर्जेको हुँ पुगेको गर भनी ०१९।१२।२ गतेका दिन हटक खिचोला गरेकोले जग्गा पजनीको ३४ नं.को म्याद २ वर्षभित्र फिरादी गरेकी छु भन्नेसमेत पार्वती पाध्यानीको फिरादपत्र । २. वादीले पक्राउ गरेका जग्गा बलभद्र पौडेलका नाममा बक्सिएका लालमोहरभित्रको भई निजका सन्तान मु.शालिकराम पाध्याबाट मैले १९९१।११।१८।६ मा मोरु ५०। मा फार्छे राजीनामा गरी लिई मैले भोग गरिआएको छु । मेरो हक भएको जग्गामा निज वादी कसरी गोरु लिई गई होलिन् । मैले गोरु फुकाएँ हुँला हक इन्साफ भई वादीका झुट्टा पक्राउबाट मलाई अलग फुर्सद गराई सुरुले पाटन भन्ने विर्ता जग्गा मेरो हक सदर थामी झुट्टा वादी दिई दुःख दिएमा ऐनकानूनबमोजिम सजाय गरिपाउँ भन्नेसमेत खगमाया उपाध्यायनीको प्रतिउत्तरपत्र । ३. नक्सामा झगडा परेको भनी जनिएको न.नं.१९।२०।२१ को जग्गा वादीको आधि अंश लाग्ने जग्गा रहेनछ भन्न नभई आधि मेरो भन्ने वादीको दावी र सो सबै जग्गा वादीको नाममा दर्ता भएको छ तापनि नक्सामा लेखिएको झगडा जनिएको नं.१९।२०।२१ को जग्गाको आधि जग्गा वादीको र आधि जग्गा प्रतिवादी मुद्दा सकार गर्ने खग