निर्णय नं. ८६६८ - जिउँदो बालक फालेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८६६८ - जिउँदो बालक फालेको भाग: ५३ साल: २०६८ महिना: मंसिर अंक: ८ फैसला मिति :२०६७/११/०३ ३५०० ने.का.प. २०६८, अङ्क ८ निर्णय नं. ८६६८ सर्वोच्च अदालत संयुक्त इजलास माननीय न्यायाधीश श्री तपबहादुर मगर माननीय न्यायाधीश डा श्री भरतबहादुर कार्की फौजदारी पुनरावेदन नं. ०६५–CR–०६१० मुद्दा :– जिउँदो बालक फालेको । पुनरावेदक प्रतिवादीः इलाका प्रहरी कार्यालय गुलरिया कञ्चनपुरको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी वादीः डोटी जिल्ला, दिपायल सिलगढी नगरपालिका वडा नं. १२ बस्ने धौलीदेवी विष्ट शुरु फैसला गर्नेः मा.न्या.श्री रामप्रसाद अधिकारी पुनरावेदन फैसला गर्नेः का.मु.मा.मु.न्या.श्री गोपाल पराजुली मा.न्या.श्री डम्वरबहादुर शाही § घटना वारदातको सत्यता अनुसन्धान प्रक्रियाबाटै स्थापित हुने हुँदा वारदातको वास्तविकतालाई अनुसन्धानको चरणबाट अलग गर्न नसकिने । § कसैउपर कुनै कसूरको आरोप लगाई पक्राउ गरी हिरासतमा राख्नु र निजहरूको बयान लेख्नुले अनुसन्धान भरपर्दो र विश्वासिलो हुन सक्दैन । आरोप लगाएपछि सोको सत्यताको परीक्षण अनुसन्धानको क्रममा हुनु जरुरी हुन्छ । आरोप वास्तविक भए नभएतर्फ मौका अनुसन्धानकै चरणमा विचार गरिनु पर्ने । § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ६(१) बमोजिम कुनै अपराधको तहकीकात शुरु गर्नुभन्दा पहिले तहकीकात गर्ने प्रहरी कर्मचारीले तहकीकात गर्ने कुराहरू खुलाई सम्बन्धित सरकारी वकील कार्यालयमा अपराधसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउनु पर्ने र उपदफा (२) बमोजिम त्यस्तो प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि सरकारी वकीलले तहकीकातको सम्बन्धमा तहकीकात गर्ने प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने । § कानूनी व्यवस्थामा बाध्यात्मक रुपमा कर्तव्य नतोकेको अवस्था भए पनि जिम्मेवार पदाधिकारीले उक्त कानूनी प्रावधानलाई निष्क्रियताको रुपमा लिन मिल्ने हुँदैन । सरकारी वकीलले अनुसन्धानलाई बलियो, भरपर्दो र विश्वासिलो बनाउन सम्बन्धित प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने अधिकार कानूनले दिएको कुरालाई विर्सन नहुने । (प्रकरण नं.७) § अदालतमा साक्षी उपस्थित गराउन अदालतले आदेश दिएपछि जुन प्रयोजनको लागि साक्षी झिकाइएको हो, सो प्रयोजन पूरा नहुन्जेलसम्म सम्बन्धित पक्षले अदालतले तोकेको दिनमा साक्षी उपस्थित गराउनु पर्ने हुन्छ । अदालतले पुनः पत्राचार गरिरहनु नपर्ने । § एकपटक साक्षी अदालतमा दाखिला गराउँदैमा साक्षीको वकपत्र नभएसम्म साक्षी उपस्थित गराउने दायित्व समाप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं.८) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता किरण पौडेल प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता सतिषकुमार झा अवलम्बित नजीरः सम्बद्ध कानूनः § न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) § मुलुकी ऐन, ज्यान सम्बन्धी महलको १८ नं. § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ३(३), ६(१), (२) फैसला न्या.तपबहादुर मगरः पुनरावेदन अदालत महेन्द्रनगरको मिति २०६५।३।१ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याई हेर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर निम्नबमोजिम छ :– मिति २०६३।१२।११ गते ९.३० बजेको समयमा जि.कञ्चनपुर कृष्णपुर गा.वि.स.वडा नं २ वाणी स्थित मछली पुलबाट दक्षिण ५०० मीटर टाढा खोलाको किनारमा धौलीदेवी विष्ट र तुलाराम महरा समेत जना २ ले धौलीदेवी विष्टबाट जन्मेको १२ दिनको अवैध शिशुलाई जीउँदै माटोमा गाडेको अवस्थामा फेला परेको हुँदा निज