निर्णय नं. ६९२ - लिखतपास जालसाजी किर्ते

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६९२ - लिखतपास जालसाजी किर्ते भाग: १४ साल: २०२९ महिना: बैशाख अंक: १ फैसला मिति :२०२८/११/१७ २२५३ निर्णय नं. ६९२ ने.का.प. २०२९ फुल बेञ्च सम्मानीय प्रधान न्यायाधीश श्री रत्नबहादुर बिष्ट माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी माननीय न्यायाधीश श्री जयदेव भट्ट सम्वत् २०२७ सालको देवानी फुलेबेञ्च नम्बर ९५ फैसला भएको मिति : ०२८।११।१७।३ निवेदक : का.प.इ.भुमलुङ मौजे पिपल तारका मुनेचौर बस्ने डम्बरबहादुर घर्तीक्षेत्री विरुद्ध विपक्षी : ऐ.ऐ.बस्ने सिद्धिभक्त उप्रेती मुद्दा : लिखतपास जालसाजी किर्ते (१) दर्खास्तबाट वादी पक्ष बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई किनारा गर्न नमिल्ने । सु.वे.कृष्णबहादुर घर्ती क्षेत्रीले गरिदिएको ०१४।१२।२७।४ को राजीनामा रजिष्ट्रेशन पास गराई पाउँ भनी निवेदक डम्बरबहादुरको फिराद परेपछि सु.कृष्णबहादुर घर्ती क्षेत्रीबाट मैले ०१५।६।२१।३ मा रु. २५०१। मा राजीनामा पास गरी लिएको घर जग्गासमेत केही किल्ला र तिरोसमेत बढी देखाई निज कृष्णबहादुर आफ्नो भाइ डम्बरबहादुर मिली मेरो पासभन्दा अघिको घरसारको जालसाजी लिखतहरू खडा गरी सो लिखतहरू पास गरी पाउँ भन्ने नालिस गरेछन् भन्ने हल्ला गाउँघरमा सुनेकोले दर्खास्त गरेको छु लिखत कायम नहोस् भन्नेसमेत डि.सिद्धिभक्तको हुलाकद्वारा दर्खास्त परी सो को आधारमा निजलाई झिकाई पक्ष गराई कारवाई भएकोमा तत्काल प्रचलित अ.बं.१८१ नं.मा वादी प्रतिवादीको पेटबोलीमा लेखिएको मानिसलाई बुझ्दा कारणी देखिन आए प्रतिवादी सरह बनाई कारवाई गर्ने सम्म लेखिएको यसरी दर्खास्तबाट वादी पक्ष बनाई कारवाई गर्ने कानूनमा उल्लेख नभएकोमा सिद्धिभक्तलाई प्रतिवादी बनाई सद्दे कीर्तेतर्फ कारवाई चलाई सद्दे कीर्तेतर्फ किनारा गरेको नमिलेकोले त्यसतर्फ वादी र सिद्धिभक्तलाई सजाय गरेको मिलेन भनी डिभिजन बेञ्चको फैसलामा उल्लेख भएकोसम्म कानूनसङ्गत नै देखिन्छ । (प्रकरण नं. २८) निवेदक तर्फबाट : अधिवक्ता कृष्णप्रसाद घिमिरे विपक्ष तर्फबाट : अधिवक्ता ठाकुरप्रसाद खरेल फैसला न्या. जयदेव भट्ट १. डि. पुष्पराजका ०८।१२।२५ का कपाली तमसुकको मो.रू.१२००। र त्यसको ब्याज रु. ७२० समेत जम्मा रु. १९२० । तिर्न र छोरी ललितादेवीको पेवा मासी खाएको मो.रु. १००। तिर्न र अरु ४८०। बेतमसुकी तिर्न र घर खर्च गर्न भनीसमेत जम्मा रु. २५००। कर्जा लिई वहाँका हकभोगको बेखवाला कुलराज अम्विकाप्रसादबाट आयस्ता खाने ना.सु.रोहिणीरमणलाई गोपाल माझी मार्फत् साल १ को तिरो रु. १। तिर्नुपर्ने घरवारजग्गाको साँध पूर्व घर माथिको तेर्सोबाट पश्चिम इच्छेद दमाई र नेवारको साँध उत्तर पं.वासुदेव थपलिया जग्गा साँध दक्षिण ठाडो बोटो यी ४ किल्लाभित्रको हद ३ को मेलो मकै बीउ पाथी ३ जाने जग्गा र सो जग्गामा बनेको ९।१५ को २ तल्ले कच्चा घरसमेत अन्यायको स्वास्नी मानकुमारीसमेत साक्षी बसी ०१४।१२।२७।४ मा राजीनामा गरी दिएको पास नगरी दिएकोले उक्त राजीनामा पास गराइपाउँ भन्नेसमेत ०१५।७।२९।६को डम्बरबहादुरको भन्ने नन्दबहादुरको फिरादपत्र । २. प्र.कृष्णबहादुरको नाउँमा १६।१।२९ मा तामेल भएको ३ महिने म्याद गुजारी बसेको । ३. मेरो पासभन्दा अघिको जालसाजको लिखत खडा गरी सो लिखतपास गरिपाउँ भनी का.प.मा नालिस गरेको भन्ने हल्ला सुनेकोले मेरो नाउँको उजूरबेगर जालसाजी कागज लेखी सो लिखत कायम सदर नहोस् भन्नेसमेत १६।१।१०।५ मा डि.सिद्धिभक्तको दरखास्त । ४. यो ४ किल्लामा पश्चिम साँध धनबारी शिवभक्तिको पर्छ अरु लेखिएको ३ किल्लासमेतका किल्लाभित्रको तिरो रू.।९४ पैसा मि.गोपाल माझीम